समाचार

    Showing 25,931-25,940 of 26,780 items.
  • नियमपूर्वक बितरण नगरेको भन्दै स्वास्थ्यकर्मीले फिर्ता गरे तलब-भत्ता

    काठमाडौँ / कोरोनाको समयमा अग्रभागमा रहेर कामगर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलब भत्ता फिर्ता गरेका छन् । तलब, भत्ता वितरण गर्दा नियमपूर्वक बितरण नगरेकाले सो रकम फिर्ता गरेको स्वास्थ्यकर्मीले बताएका हुन् ।स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीक

    • प्रकाशित मितिः साउन १, २०७८
    • 63 पटक पढिएको
  • झुटो विवरण पेश गरी नागरिकता बनाउने दुइ पक्राउ

    राजविराज / झुटो विवरण पेश गरी नागरिकता बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका –१५ देउरी भरुवा निवासी देवन यादव र शिवनन्दन यादव रहेका छन् । जिल्ला प्रशासन कार्यालय राजविराजमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शिवनन्दन भने भारतीय नागरिक रहेको खुलेको छ । शिवनन्दनलाई छोरो भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गएका थिए । तर वडाबाट अपरिचित व्यक्तिले फोन गरेर कीर्ते हस्ताक्षर गरी नागरिकत

    • प्रकाशित मितिः साउन १, २०७८
    • 362 पटक पढिएको
  • बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

    चितवन / जिल्ला प्रहरी कार्यालय  चितवनले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका –१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका –१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख रुपैयाँ जरिवाना तोकेको थियो । चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका –११ जिरौनाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाल

    • प्रकाशित मितिः साउन १, २०७८
    • 145 पटक पढिएको
  • झापामा एक साता थपियो निषेधाज्ञा

    बिर्तामोड /झापामा जारी निषेधाज्ञा थप एक साता लम्बाईएको छ ।  जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला संकट ब्यबस्थापन समिति (डिसीसीएमसी)को बैठकले साउन ७ गते सम्म लम्बाउने निर्णय गरिएको झापाका  प्रमुख जिल्ला अधिकारी श्रावण कुमार तिमिल्सिनाले जानकारी दिए ।झापामा कोरोना संक्रमितको संख्यामा कमी नआएकाले एक साता निषेधाज्ञा थप गरिएको तिमल्सिनाले बताए । छोटो दुरीका सार्वजनिक यातायात बस सहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ । अन्या निर्णय भने अघिल्लो पट

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 113 पटक पढिएको
  • राससका प्रधानसम्पादकमा पाठक

    काठमाडौँ / राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन् । हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उनले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागू हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन् । पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए । हाल प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका हुन् । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 69 पटक पढिएको
  • झापामा करेन्ट लागेर एकको मृत्यु

    बिर्तामोड / झापाको मेचीनगरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर –३ सिर्जना बस्तीका ३१ वर्षीय सरोज किसान रहेका छन् । आज दिउँसो साढे २ बजे गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा किसानको करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 253 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट मृत्यु

    राजविराज /  तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय सरयोग राय रहेको जिल्ला प्रहरी कार्यालय राजविराजले जानकारी दिएको छ ।स ४ प ९५४ नं को मोटरसाइकलको ठकरबाट घाइते भएका उनको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेश कुमार रायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 89 पटक पढिएको
  • वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ता चोरी

    बझाङ / बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्ता वापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मङ्गलबार राति चोरी भएको हो । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताएका छन् । वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 54 पटक पढिएको
  • मनाङ जिल्ला अदालतमा एक वर्षको अवधिमा १२ मुद्दा दर्ता

    मनाङ / हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् ।जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा छ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएको अदालतका स्रेस्तेदार तारादत्त बडुले जानकारी दिएका छन् । उनि भन्छन्, “हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७/०७८ मा १२ वटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै छ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 76 पटक पढिएको
  • पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा

    काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि पाउन बाँकी आठ करोड ३४ लाख रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ। लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुन

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 75 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.