समाचार

    Showing 25,941-25,950 of 26,780 items.
  • झापामा फेरी एक महिलाको हत्या

    बिर्तामोड / झापाको बिर्तामोडमा सिर्जना बस्नेतको हत्यामा संलग्नको खोजीमा प्रहरी परिचालित रहेकै वेला झापाकै गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादहको गेउरिया चोक नजिकै अन्दाजी ३९ बर्षिया संगीता टुडुको शव भेटिएको छ । इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक (इन्स्पेटर) अनिल माबोहाङले टुडुको शवको प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको हुनसक्ने बताएका छन् । हिजो बेलुका श्रीमान श्रीमती बिच झगडा भएको खुलेकाले उनको हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रहरीले उनका श्रीमान फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 2,748 पटक पढिएको
  • हतियार र लागूऔषध सहित एक भारतीय पक्राउ

    विराटनगर / हतियार र लागूऔषध लिएर आउँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत –९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल रहेका छन् । चेकजाँचको क्रममा पटेललाई विराटनगर महानगरपालिका –१६ स्थित भत्केको वालनजिकबाट राति १०ः२८ बजेतिर पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले जानकारी दिए ।  ठाकुरका अनुसार प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेको साथबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ । शंकास्पद रूपमा प

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 316 पटक पढिएको
  • महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुर /  महाकाली नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका - ४ सुर्खेती टोलकी ४ चार वर्षीया सम्झना सुनार रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ।सुनारको साथीहरू सँग खेल्ने क्रममा नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको र नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिएका छन्।बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमान्डमा १०

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 74 पटक पढिएको
  • हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धा गर्न नेपाली युवा लण्डन जाँदै

    काठमाडौँ / युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन जाने भएका छन् ।दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भएको थियो । डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि जाने तयारि गरेको छ । विश्वभरिबाट अन्तिम चरणका लागि पुगेका ६९ जना सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी ह

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 67 पटक पढिएको
  • बालबालिका सम्बन्धी वस्तुगत विवरण तयार हुने

    तनहुँ / जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्था सम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले विवरण तयार गर्ने निर्णय गरेको हो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मन्त्रिस्तर)को गत असार २७ गते स्वीकृत भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को परिच्छेद ४ को दफा ७ लक्ष्यअनुसार २०८७ सालसम्म नेपालका सबै स्थानीय तहलाई बालमैत्री बनाउने निर्णय गरिएको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय तहले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को सूचका

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 80 पटक पढिएको
  • कर्णाली प्रदेशसभाको अधिवेशन सम्पन्न

    कर्णाली / कर्णाली प्रदेशसभाको चालू अधिवेशन सम्पन्न भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन समापन गरेका हुन् । बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका कारण प्रदेशसभाका बजेट अधिवेशन प्रभावित भएको थियो। प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 118 पटक पढिएको
  • धरानमा स्मार्ट बसपार्क बन्दै

    धरान / प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको हो । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको उपमहानगरपालिकाको योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 250 पटक पढिएको
  • कुटपिटबाट एकको मृत्यु

    धनगढी / कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका –१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहार रहेका छन् । बुधबार राति लुहारलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लुहारले कुटपिट गरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए । छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको विवाद थियो भन्ने कुरा खुल्न सकेको छैन । कुटपिटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 72 पटक पढिएको
  • इन्टेरनेट नहुदाँ सेवा अवरुद्द

    सिमकोट / मुगु जिल्लाको खत्याडको नेटामा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिएका छन् । गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।नेट नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ । सालतमामीको सम

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 74 पटक पढिएको
  • बाढी, पहिरो र कटानले म्याग्दीमा ८५ घर भत्किए

    म्याग्दी / यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् । पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार रुपैयाँ र मृतक दुई जनाका परिवारलाई  तीन लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको स

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 72 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.