समाचार

    Showing 25,991-26,000 of 26,780 items.
  • विदेशीलाई प्रवेशाज्ञा शुल्क छुट

    काठमाडौँ / कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमित रुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको हो ।अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छुट दिइएको जनाएको छ ।“वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३

    • प्रकाशित मितिः असार २७, २०७८
    • 85 पटक पढिएको
  • तासको अखडा बन्दै भक्तपुर, दैनिक समातिन्छन् जुवाडे

    काठमाडौँ  / देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बनेको छ ।प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको हो ।शनिबार साँझ भक्तपुरबाट प्रहरीले तास खेलिरहेका २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुरथिमि नगरपालिका –७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट २७ जनालाई पक्राउ गरेको हो ।  नगदेशका रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ व्यक्तिलाई प्रहरीले दुई लाख ६४ हज

    • प्रकाशित मितिः असार २७, २०७८
    • 59 पटक पढिएको
  • राष्ट्रिय युवा परिषद्को 'राष्ट्रिय सम्मेलन' आजदेखि शुरु

    काठमाडौँ / राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवत्र्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो ।परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिएका छन्  । उनले  सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्याउने बताएका छन्  । उनले  सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक ब

    • प्रकाशित मितिः असार २७, २०७८
    • 74 पटक पढिएको
  • मोडल निशा घिमिरेलाई हत्या प्रयाशको आशंका

    काठमाडौँ / हाल नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई भारतमा हत्या प्रयाश गरिएको आशंका गरिएको छ ।  निशालाई एक युवाले भाई हुँ भन्दै एक्कासी भेट्न आएपछि उनको परिवारका सदस्यले हत्या आशंका गरेका हुन् ।‘तीन दिन अघि एक अपरिचित पुरुष म निशाको भाई भन्दै अस्पतालमा भेटन आएछन् ।’ उनकी दिदी उषा घिमिरेले भनिन् ‘हामी परिवारका सदस्यलाई त जुनसुकै बेला भेटन दिँदैनौं । कसरि त्यो अपरिचित मान्छे निशाको बेडमा पुग्यो । हामी अचम्ममा छौं ।’ उषाले आफु क्यान्टिनमा जाँदा भारतीय मुलका जस्ता देखिने दुई अपरिचित व्यक्तिले निकै बेर फलो गरेको जानकारी दिइन् । साथै घटनाबारे प्रहरीलाई जानकारी गराउने उषाको भनाई छ ।&nbs

    • प्रकाशित मितिः असार २७, २०७८
    • 43 पटक पढिएको
  • खोटाङ बाघेढुङ्गा सब-स्टेशन सञ्चालन

    खोटाङ / खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेको बाघेढुङ्गामा नेपाल विद्युत प्राधिकरणको सब-स्टेशन सञ्चालनमा आएको छ ।स्टेशन ट्रान्सफर्मरले विद्युतिय भार दिन नसकेको अवस्थामा केन्द्रबाट प्राविधिक बोलाएर मर्मत गरेर सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिएका छन् । गाइघाट-दिक्तेल ३३ केभी प्रशारण लाइन अन्तर्गत वर्षौँअघि निर्माण भएको सब-स्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन । बाघेढुङ्गा सब-स्टेशन प्राधिकरणले खोटाङमा निर्माण गरेको दोश्रो सब-स्टेशन हो ।बाघेढुङ्गा सब-स्टेशनको सिमपानी-लिच्कीराम्चे फिडरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका,&nbs

    • प्रकाशित मितिः असार २७, २०७८
    • 79 पटक पढिएको
  • लागूऔषध सहित ४ पक्राउ

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका –६ बाट लागूऔषध सहित प्रहरीले ४ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको निजगढ नगरपालिका –१२ घर भई इटहरी उपमहानगरपालिका –५ बस्दै आएका दीपक भन्ने बिरेन्द्र राई, इटहरी –५ का १६ वर्षीय १ बालक, इटहरी –४ का विवेक खड्का र सोही ठाउँका जोन चौलागाईं रहेका छन् । सोही स्थानमा रहेको एक होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ८६ ग्राम ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न

    • प्रकाशित मितिः असार २७, २०७८
    • 58 पटक पढिएको
  • करेन्ट लागेर बालकको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङको मैवाखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका –३ का १३ वर्षीय सबिन शेर्पा रहेका छन् । शनिवार बेलुका घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

    • प्रकाशित मितिः असार २७, २०७८
    • 57 पटक पढिएको
  • नवलपरासीको पहाडी क्षेत्रमा पहिलो पटक विद्युतीकरण

    नवलपरासी / बर्दघाट सुस्ता पश्चिम स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । बर्दघाट- २ मा रहेको पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिएका छन्। लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभारम्भ गरेको नेपाल विद्युत् प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट र बर्दघाट नगरपालिकको लागत साझेदारीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिएका छन् ।उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट ८५ लाख ९१ हजार २०३ रुपैय

    • प्रकाशित मितिः असार २७, २०७८
    • 68 पटक पढिएको
  • झापा र मोरङ जोड्ने मावाखोलाको पुलमा जोखिम बढ्यो

    झापा / हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ । सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वी भागको ग्यावियन भत्किन थालेपछि सडकसमेत भासिन थालेको छ ।सडक भासिएसँग सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र याताया

    • प्रकाशित मितिः असार २७, २०७८
    • 125 पटक पढिएको
  • साँफे–मार्तडी राजमार्ग अवरुद्ध

    मार्तडी / लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ । उक्त क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरी निरीक्षक साउदले बताए ।असारको शुरुआतबाटै आएको अविरल वर्षाका कारण राजमार्गको पहिरो पन्छाएर जीप तथा मालबाहक ट्र्याक्टर सदर

    • प्रकाशित मितिः असार २७, २०७८
    • 62 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.