समाचार

    Showing 26,031-26,040 of 26,780 items.
  • ठमेलबाट ४ चिनियाँ नागरिक पक्राउ

    काठमाण्डौ / तस्करीको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । कस्तुरीको विना तस्करी गरेको आरोपमा उनीहरु लाई  महानगरीय प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।तस्करी सँगै जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको गोप्य सूचनाको आधारमा उनीहरु लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 102 पटक पढिएको
  • १ सय ५० केजी गाँजा र १ थान पेस्तोल सहित दुई पक्राउ

    सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका –८ बाट एक सय ५० केजी गाँजा सहित प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका भुपेन राय र सुनसरी रामधुनी –७ का अमिर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले आज बिहान १ बजे बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भेन चेकजाँच गर्ने क्रममा भेनबाट १५० के.जि गाँजा र १ थान नक्कली रिवलबल पेस्तोल बरामद गरेको हो । प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 213 पटक पढिएको
  • सुजिताको मृत्यु शंकास्पद : युनियन

    काठमाण्डौ / समाजवादी विद्यार्थी युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै भण्डारीले आफू अपहरणमा परेको भनी सहयोग माग्दा समयमा उद्धार गर्न नसकेकाले घटनामा शंका उत्पन्न भएको बताएका छन् ।युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले थप छानविन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनी कारबाही गर्न विज्ञप्ति मार्फत माग गरेको छ।असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । आइतबार साँझ च्याउ टिप्न गएका स्थानीयले ब्रह

    • प्रकाशित मितिः असार २२, २०७८
    • 102 पटक पढिएको
  • बाढीले बगाएर युवतीको मृत्यु

    सप्तरी / सप्तरीको महुली खोलामा आएको बाढीले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ । बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा खोलाले महाकुमारीलाई बगाएको थियो । इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर मृतावस्थामा उनको शव भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 83 पटक पढिएको
  • मौसम पूर्वानुमान : आज यी स्थानमा पानी पर्ने

    बिर्तामोड / जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा भरी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।महाशाखाले दिएको जानकारी अनुसार कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भु – भागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः असार २२, २०७८
    • 179 पटक पढिएको
  • कालिकोट जिप दुर्घटना : एकको मृत्यु, ४ घाइते

    सुर्खेत / कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मंगलबार बिहान रास्कोटबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।चन्दका अनुसार दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका –३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । भएको दुर्घटनामा अन्य  ४ जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बा

    • प्रकाशित मितिः असार २२, २०७८
    • 60 पटक पढिएको
  • झापामा निषेधाज्ञा १० दिन थप, होटल र रेष्टुरेन्ट पनि खुल्ने

    बिर्तामोड / झापामा  कोभिड –१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा दश दिन थप गरिएको छ ।जिल्ला संकट व्यवस्थापन समिति(डिसिसिएमसी)को सोमबार बसेको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार ३१ गते राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई अझ सहज बनाएको छ ।संक्रमणको दरमा केही कमी आएपनि खतरा यथावत रहेकाले निषेधाज्ञा थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए । खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामग्री, इलेक्ट्रोनिक्स, टेलरिङ, ड्राइक्लिनर्स, लत्ता

    • प्रकाशित मितिः असार २१, २०७८
    • 271 पटक पढिएको
  • सेनाद्धारा नेपाल प्रहरीलाई १० हजार हतियार हस्तान्तरण

    काठमाडौँ  / नेपाली सेनाले नेपाल प्रहरीलाई आवश्यक हुने विभिन्न प्रकारका करिब १० हजार हतियार हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि हतियार हस्तान्तरण गर्न लागेको हो । मन्त्रिपरिषद्को १७ जेठको निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ राइफल र मेसिनगन उपलब्ध गराउन लागेको हो । सेनाका अनुसार राइफल, सब मेशिन गन, लाइट मेशिन गन गरि जम्मा १० हज

    • प्रकाशित मितिः असार २१, २०७८
    • 72 पटक पढिएको
  • सुजिता प्रकरण : पूर्वपश्चिम राजमार्ग अबरुद्द

    चितवन /  राप्ती नगरपालिका - ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको हराएको १० दिन पछि शव भेटिएपछि स्थानीयले घटनाबारे विस्तृत छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले भण्डारी हराएको १० दिन सम्म गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका हुन् ।प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।आइतबार साँझ च्याउ टिप्न गएका स्थानीयले ब्रहमस्थानी सामुदायिक वनमा भण्डारीको शव वनको बीचमा रहेको एउटा झाङमा अडकिएको अवस्थामा भेटेका थिए ।असार ११

    • प्रकाशित मितिः असार २१, २०७८
    • 92 पटक पढिएको
  • सट्टेबाजी गराएको आरोपमा ३४ लाख ६२ हजार नगद सहित ८ पक्राउ

    काठमाडौं / काठमाडौँबाट जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –४ सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका –१९ ढोकाटोलका जीवन लामा, वीरगञ्ज महानगरपालिका –७ घर भई काठमाडौंको कुलेश्वर बस्ने सुरज टिवडेवाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।  यसैगरी भारतको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस

    • प्रकाशित मितिः असार २१, २०७८
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.