ओखलढुङ्गा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले समयअगावै काम सक्ने दुई निर्माण व्यवसायीलाई सम्मान गरेको छ । नगरपालिकाले आठौँ नगरसभाको अवसरमा नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो। निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड निर्माणको काम सम्पन्न गर्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने मोहन कार्कीलाई सम्झौता भएको समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकोमा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएक
बिर्तामोड / झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका –५ घर भई शिवसतासी नगरपालिका –९ बस्ने २२ वर्षीय निगम लिम्बु, धरान उपमहानगरपालिका –८ का ३५ वर्षीय विमल भुजेल र धरान –१५ का ४१ वर्षीय आइतराज लिम्बू रहेका छन् । निगम लिम्बुलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नियन्त्रित औषधी डाइजापाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद गरेको छ । त्यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भुजेल
काठमाण्डौ / प्रेस काउन्सिल नेपालले गलत र झुटो विवरण राखेर समाचार प्रकाशन गरेको भन्दै ६ वटा अनलाइनको प्रशारण बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।काउन्सिलले संचारकर्मी रुपा सुनारले गरेको उजुरी माथि छानविन गरी नेपाल सरकारको अनुमति विना संचालनमा रहेका र भ्रमपुर्ण समाचार प्रकाशन गर्ने छ वटा अनलाईन बन्द गर्न निर्देशन दिएको हो ।भ्रमपुर्ण समाचार प्रकाशन गर्ने खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टीपोस्ट, ग्यालेक्सीसेभेनएक्प्रेस, आजकोनयाँ र साजामिडियालाई नेपालभित्र प्रशारण हुन नसक्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।रूपाले आफ्नो विषयमा भ्रामक समाचार
काठमाडौँ / लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा निर्माण भएको नयाँ भवनमा सर्ने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत लोकसेवा आयोगको नयाँ भवन ७२ करोड २३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । साउन ३ गतेदेखि हुने स्वास्थ्य सेवाको नवौँ तह र न्याय सेवाको राजपत्रांकित तृतीया श्रेणीको अन्तवार्ता पनि नयाँ भवनमानै निर्धारण गरीएको र त्यसअघि नै नयाँ भवनमा सरीने पनि लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिएका छन् । पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा भएको लोकसेवा आयोगको केन्द्रीय कार्यालय राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि अना
बिर्तामोड / भारतबाट चोरी गरी ल्याईएका कार नेपालमा बिक्री वितरणमा संलग्न गिरोहका नाईके कमलबाबु भट्ट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध अनुशन्धान महाशाखाले चोरीमा संलग्न गिरोहका सदस्यलाई भारतीय कार सहित पक्राउ गरेको हो ।पक्राउ परेकाले भारतबाट चोरी गरी ल्याईएका सवारीसाधनलाई नक्कली कागजात प्रयोग गरी नेपालमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । गिरोहमा संलग्नले यातायात विभागको जस्तै हुबहु देखिने गरी नक्कली ब्लुबुकसमेत बनाउने गरेको पाईएको छ ।महाशाखाले सोमबार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलमा छापामारी ठुलो परिमाणमा नक्कली ब्लुबुक र
पर्सा / चट्याङ लागेर मंगलबार पर्सामा तीनको मृत्यु भएको छ । चट्याङमा परी अन्य एकजना गम्भीर घाइते र तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो । मंगलबार बिहान ७ बजेको चट्याङबाट मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली -१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी -३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन्। सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका हुन्।घाइतेलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ।
बिर्तामोड/ प्रदेश १ का अझै ८१ वटा स्थानिय निकायले बजेट ल्याएका छैनन् । हालसम्म ५६ वटा स्थानिय निकायले मात्रै बजेट ल्याएको संघिय मामिला मन्त्रालयले जनाएको छ । प्रदेश २ मा पनि ४० स्थानीय तहले बजेट ल्याएको भएपनि ९६ स्थानिय तहले भने बजेट नल्याएको मन्त्रालयले जानकारी गराएको छ ।मन्त्रालयका अनुसार कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ७५ स्थानिय तहले मात्रै बजेट ल्याएका छन् भने ४ सय ७८ स्थानिय निकायले ल्याएका छैनन् । बाग्मती प्रदेशमा पनि ३८ स्थानिय तहले बजेट ल्याएका छन् भने ८१ वटा ल्याउन बाँकी नै रहेको छ ।त्यसैगरि गण्डकी प्रदेशमा ५० स्थानिय तहको बजेट आएको छ भने ३५ तहको आउन बाँकी
बिर्तामोड / प्रहरीले झापाको दमकबाट ५ लाख रुपैंया नगद सहित लागुऔषध कारोवारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।लागुऔषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरीले झापाको गौरादह ५ का २६ बर्षीय विवेक लिम्बु, २२ बर्षीय सौरभ राई र इलामको चुलाचुली ४ का ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स उपनामले चिनिने खगेन्द्र सावाँलाई पक्राउ गरेको हो ।प्रहरीले दमक ६ को थाना रोड क्षेत्रबाट विवेक र सौरभलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । पक्राउ परेकाले आफुहरुको साथमा भएको ब्राउन सुगर दमक ५ बस्ने बिक्रम र खगेन्द्रबाट खरिद गरेको बयान दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बिक्रम र
काठमाडौँ / कोरोना संक्रमण रोक्न लगाईएको निषेधाज्ञा काठमाडौँ उपत्यकामा खुकुलो भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायातका साधन जोरविजोर प्रणालीमा संचालन गर्ने निर्णय समेत गरेको छ । मंगलबार अर्थात् असार १५ गतेदेखि निजी सवारी साधनमा जोर विजोर प्रणाली यथावथ रहेको छ भने, २५ सिटमाथिका सार्वजनिक सवारी साधन पनि जोरविजोर प्रणालीमा संचालन हुनेछन् । त्यस्तै खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ । अन्य पसल ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।बैठकको निर्णय –
इटहरी / सरकारले सुनसरीको राजावास क्षेत्रमा कोशी नदीको वैकल्पिक पुल निर्माणको तयारी सुरु गरेको छ । आयु सकिएको हाल प्रयोगमा रहेको कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल निर्माणको तयारी भएको सडक विभागले जनाएको छ ।सडक विभागले सुनसरीको पकली हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष भन्दा माथिल्लो भागबाट आरक्षलाई समेत असर नपर्ने गरी वैकल्पिक सडक र पुल निर्माण गर्न तयारी थालेको हो । सन् १९६२ मा भारतीय कम्पनी ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ ले बनाएको पुलको आयु ५० वर्ष मात्रै रहेको भएपनि हालसम्म सोही पुल प्रयोग भइरहेको छ ।सडक विभागले पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा पुल सहित चार लेन सडक बनाउन तयारी थालेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.