काठमाण्डौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गरिरहेका छन् ।रास्वपाको करिब दुई तिहाई नजिकको सरकारले ल्याउन लागेको बजेटप्रति चौतर्फी चासो छ । मध्यम वर्गलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा १८ खर्ब ९० अर्ब तोकेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि १९ खर्बको बजेट ल्याएका थियो । आयोगले यसपटक गत वर्षको भन्दा सीमा घटाएको हो ।तर, आयोगले तोकेको भन्दा करिब ३ खर्ब बढाएर २२ खर्बभन्दा बढीको बजेट
काठमाडौं— सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।
काठमाडौं— आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन् ।प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठकका लागि वाग्ले हालै अर्थ मन्त्रालयबाट निस्किएका हुन् ।मन्त्रिपरिषदको उक्त बैठकले अर्थमन्त्रीले पेश गरेको बजेटलाई अन्तिम रूप दिँदै पारित गर्नेछ । मन्त्रिपरिषद्बाट बजेट पारित भएलगत्तै अर्थमन्त्री वाग्ले सिधै संसद बैठकमा पुग्नेछन् ।संवैधानिक व्यवस्था अनुसार आज जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री वाग्लेले आज अपराह्न ४ बजे संघीय संसदको संय
काठमाडौं— मन्त्रिपरिषद् बैठक सुरु भएको छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ ।संवैधानिक
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बजेट प्रस्तुत गरिनुअघि शुक्रबार दिउँसो २ः३० बजेका लागि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका छन। सरकारले शुक्रबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । अपराह्न ४ बजे बस्ने दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्न लागेका हुन् । उक्त बजेट पारित गर्नका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।संसद्मा दुईतिहाइ बहुमत भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकार भएकाले यसपटक आउने बजेट हेर्न सबै उत्सुक छन्।अर्थमन्त्री वाग्
काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो ।विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ । साथै सो तेलको बिक्री वितरण नगर्न पनि आदेश जारी गरिएको विभागले जनाएको छ ।फिर्ता
विराटनगर । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १४ गते लागू औषध सहित १५ जनालाई पक्राउ गरिएको छ ।झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित, पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका-५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका-७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी
काठमाडौं— राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरेका थिए भने पौड्यालको पक्षमा २ मत परेको थियो । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको जिम्मेवारीमा थिए । जेठ १३ गते नवनिर्वाचित सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको
काठमाडौं— मठमन्दिरमा आगो लगाउने चेतावनीपूर्ण अभिव्यक्ति दिएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थायी घर भएका २७ वर्षीय परियारलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका एसपी पवन भट्टराईका अनुसार परियारलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको हो।अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै परियारले ‘मठमन्दिरमा आगो लगाइदिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै उनले समान अधिकार सुनिश्चित नभए देशव्यापी विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए।दलित समुदायमाथि लामो समयदेखि विभेद हुँदै आएको र ग्रामीण क्षेत्रमा उनीहरूको
धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र राजनीतिक उपलब्धि मात्र नभइ विकास र समृद्धि हासिल गर्ने माध्यम हुनुपर्नेमा जोड दिएका छन् ।गणतन्त्र दिवसको अवसरमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले गणतन्त्र जनतालाई अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्ने जीवन प्रणाली बन्नुपर्नेमा जोड दिए ।प्रदेश सरकार नागरिकका अधिकार सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणमा कटिबद्ध भएर काम गरिरहेको उनको भनाई छ ।त्यस्तै, पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले गणतन्त्र नागरिकलाई घरवारविहीन बनाउन न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.