समाचार

    Showing 26,221-26,230 of 26,780 items.
  • पूर्वानुमान महाखाशा : चक्रवातका कारण भोलीदेखि हावाहुरी सहित वर्षाको सम्भावना

    काठमाडौँ / पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भू–भागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं. १ का उच्च हिमाली÷पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । महाशाखाले उच्च हिमाली भ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 117 पटक पढिएको
  • श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

    काठमाडौँ / नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष माग गरेको हो । युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताएका छन् । “कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पिपिइलगायत स्वास्थ्य

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 55 पटक पढिएको
  • कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता

    काठमाडौँ / कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ । “महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने ।  उनका अ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 90 पटक पढिएको
  • सीमा नाकामा भिडन्त हुँदा सशस्त्र प्रहरी सहित नौ जना घाइते

    जलेश्वर / महोत्तरी जिल्लाको मटिहानी नगरपालिका –८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भन

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 622 पटक पढिएको
  • झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

    झापा / कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताएका छन् । उनले सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 179 पटक पढिएको
  • उच्च अदालतको आदेश : विपन्नलाई भोजन देउ

    विराटनगर / उच्च अदालत विराटनगरले सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई समस्या भएको भन्दै उनीहरुलाई भोजनको व्यवस्था गर्न आदेश दिएको छ । अधिवक्ता पेशलकुमार न्यौपानेले दायर गरेको रिटको सुनुवाइ गर्दै आइतबार  उच्च अदालतका न्यायाधीश प्रेमराज ढकालको इजलासले विपन्न नागरिकको पहिचान गरी भोजनको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारका नाममा अन्तरीम आदेश जारी गरेको हो ।खान नपाएका कारणले मर्न सक्ने अवस्था आउन नदिनु राज्यको कर्तव्य भएको हुँदा निषेधाज्ञाको कारणले ज्याला मजदूरी समेत गर्न नपाई जीवन जोखिममा परेका नागरिकको पहिचान गरी  त्यस्ता नागरिकलाई भोजनको

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 204 पटक पढिएको
  • चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने स्पष्ट गरेका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले  यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधान बमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आध

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 315 पटक पढिएको
  • राष्ट्रपतिद्धारा नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेका हुन् ।अध्यादेश जारी भएपछि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन मिल्ने भएको छ । अहिले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए । उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 176 पटक पढिएको
  • निर्वाचन अगाडि सबैलाई खोप लगाइने छ : प्रधानमन्त्री

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरस विरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी  छन् । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको द

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 179 पटक पढिएको
  • मन्त्री गुरुङद्वारा पद तथा गोपनीयताको शपथ

    गण्डकी  / गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूद मन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उहाँलाई शपथ  गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।गुरुङ यही जेठ ५ गते  गराइएको शपथ ग्रहण समारोहमा काठमाडौंमा भएका कारण उपस्थित हुनसकेका थिएनन् । नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गु

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.