समाचार

    Showing 26,581-26,590 of 26,780 items.
  • खोलामा डुबी एकको मृत्यु

    ओखलढुंगा / ओखलढुंगा  चम्पादेवी गाउपालिका २ खोपगाउ का २० बर्षीय प्रकास सुनुवारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । बिहीबार सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेको थिए । खोलामा डुवेको स्थानिय मानिसहरुले देखि खोलाबाट निकालेर उपचारको लागी जिल्ला सिन्धुली खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो ।  उपचारको क्रममा सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 63 पटक पढिएको
  • सुन तस्करीमा जोडिएका मल्होत्रालाई प्रधानमन्त्रीद्धारा सम्मान

    बिर्तामोड / वहुचर्चित साँढे ३३ केजी सुन तस्करी प्रकरणमा तानिएका तर थप अनुशन्धान नगरीएका प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका व्यवसायी दिपक मल्होत्रालाई  विवाद कै बिच सम्माति गरिएका छन् ।नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभामा होटल सोल्टीमा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले मलहोत्रालाई अवार्ड प्रदान गरेका हुन् । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै चेम्वर अफ कमर्सले उद्यमी तथा व्यवसायीहरुलाई सम्मान गरेको हो । कोभिड १९ महामारीमा नेपाल चेम्बर अफ कमर्शले बनाएको कोभिड राहत समितिका संयोजक एवं चेम्बर उपाध्यक्ष समेत रहेका मल्होत्रालाई सम्मान गरिएको हो ।सम्मानि

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 182 पटक पढिएको
  • करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

    पोर्चुगल / अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।बुधबार भएको सर्व

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 75 पटक पढिएको
  • प्रदेश १ को प्रदेशसभा बैठक स्थगन

    विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ । नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ती गरेका थिए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिएका छन् । सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभ

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 106 पटक पढिएको
  • प्रतिनिधिसभाका चार सदस्यको पद रिक्त

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराएका छन् । उनिहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 63 पटक पढिएको
  • लागूऔषध सहित १ पक्राउ

    मोरङ / मोरङ बिराटनगर १६  हुलासचौकमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १६ का २४ बर्षीय निखिल जोशी रहेका छन् । उनलाई आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चलाउँदै गर्दा चेक जाँचको क्रममा सो ट्याम्पुबाट लागूऔषध स्पास्मो प्रोक्सीभन क्याप्सुल ३२० पिस फेला पारेको ईलाका प्रहरी कार्यालय रानीले बताएको छ ।  ट्याम्पो सहित जोशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 62 पटक पढिएको
  • पूर्व कर्मचारीको योजनामा एक करोडको चोरी

    बिर्तामोड / आफ्नै एक पूर्व कर्मचारीको योजनामा ललितपुरमा झन्डै एक करोडको चोरी भएको छ । ललितपुर महानगरपालिका–२८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राईजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५ सिचाहिटी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका–८ घर भएका ३२ वर्षीय यम कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ नरेफाट बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २७ वर्षीय प्रदिप गौतम, काठमाडौं महानगरपालिका–९ ग

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 74 पटक पढिएको
  • प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

    काठमाडौँ / प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिएका छन् । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्र

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 59 पटक पढिएको
  • पर्यटकीय गन्तव्य बनाउन अभियान

    बलेवा / बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो ।पर्यटकको आर्कषणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले रु १० लाख विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताएका

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 60 पटक पढिएको
  • रेडपाण्डा सिकारी कारागार चलान

    रसुवा / दुर्लभ रातो हाब्रे (रेडपाण्डा) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित  भएका अभियुक्त  कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका  छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।रातो हाब्रे (रेडपाण्डा) चोरी शिकारी गरेको अभियोगमा  जिल्ला अदालतबाट वि.सं. २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो । तातोपानी नजिकै गाईबस्तुको  गोठमा लुकिछिपी बसेको अवस्थामा  थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ । जिल्ला अदालतको फैसला

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.