काठमाडौं – भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजना मार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ ।भारतले नेपालबाट थप १९९.७० मेगावाट विद्युत् (बिजुली) आयात गर्न स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजन कुमार ढकालका अनुसार अब नेपालले कुल ११४०.७० मेगावाट बिजुली भारत निर्यात गर्नेछ । यो निर्णय हरियाणा राज्यलाई लक्षित मध्यकालीन सम्झौता अन्र्तगत (चार वर्ष) का लागि गरिएको हो ।नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काब
जनकपुर – जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।केन्द्रिय गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोजेका हुन् ।महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्
काठमाडौं— भिजिट भिसा प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको मंगलबारको बैठक समेत बहिष्कार गरेका छन्।करिब दुई महिनादेखि निरन्तर आन्दोलित रहेका यी दुई दलले सुरुमा संसद्भित्र नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। तर सरकारबाट माग पूरा नहुने अवस्था देखिएपछि उनीहरूले बैठक बहिष्कार गर्ने रणनीति लिएका छन्।सरकारले उनीहरूको मागप्रति हालसम्म कुनै स्पष्ट र लचिलो प्रतिक्रिया दिएको छैन। रास्वपा र राप्रपाले भिजिट भिसाका नाममा व्यापक भ्रष्टाचार र दुरुपयोग भएको दाबी गर्दै निष्पक्ष र स्वतन्त्
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आएपनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि नबढाएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ त्यसबखतसम्म लोकतन्त्रलाई दुर्घटनामा लैजाने काम हुने गरेको उनले बताए । आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको उनको दाबी थियो । उनले भने,‘जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घट
काठमाडौं— द्वन्द्वपीडितहरूका लागि न्यायको बाटो खुलेको छ। सर्वोच्च अदालतले अघिल्लो दरपीठ आदेशलाई बदर गर्दै द्वन्द्वपीडितले दायर गरेका रिट निवेदन अब दर्ता गर्न सकिने फैसला सुनाएको छ।सर्वोच्च प्रशासनले यसअघि विभिन्न द्वन्द्वपीडितहरूको रिट निवेदनहरू दरपीठ गर्दै आएको थियो। पीडित पक्षहरूले त्यसको विरुद्धमा पुनरावलोकनको माग गरेका थिए। आजको फैसलाले पीडितहरूलाई फेरि आशाको किरण देखाएको छ।द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले यसलाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्। 'सत्य र न्यायको जित भएको छ,' एक द्वन्द्वपीडितले प्रतिक्रिया दिँदै भने, 'अब हामीले न्यायको ढोका खोल्ने विश्वास गरेका छौँ।'यस फैसलासँगै द
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले रास्वपा संसद्मा प्रवेश गरेसँगै सदन अहिले सुन्न र हेर्नलायक भएको बताएका छन् ।मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा अर्यालले स्वदेशमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि रास्वपा संदनमा प्रवेश गरेपछि संसद्को गरिमा बढेको बताउने गरेको दाबी गरे ।"राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेजस्तो लाग्ला, तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्नलायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ," उनले भने ।उनले नीति नियम आध
रामेछाप— रामेछापको मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । मुगिटार घर भएका ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार बिहान नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।आफ्नो घर नजिक ढिकुरे मन्दिर छेउको नदी किनारमा उनी नुहाउन गएका थिए । उनको खोजीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट इन्स्पेक्टर विक्रम अधिकारीको नेतृत्वमा गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
उदयपुर— उदयपुरमा १६ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ साकेला टोलका २२ वर्षीय सागर परियार रहेका छन्।साउन २२ गते दिउँसो करिब २ बजेतिर पीडित बालिकामाथि दुरुपयोग भएको आरोपमा परियारलाई खोजतलास गर्दा साउन २५ गते घरमैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका परियारलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका छन्। अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।तर, निवर्तमान मुख्यमन्त्री बहादुर लामा र उनका समर्थकहरूले अझै आफ्ना माग पूरा नभएसम्म अडान नछोडेपछि बानियाँलाई कठिन परिस्थिति सिर्जना भएको छ। कांग्रेसका १४ सांसदहरू लामासहित काठमाडौंमै छन्।लामाले मुख्यमन्त्री हुँदा नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने माग राखेका छन्। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासहित भएको बैठकमा बानियाँले ती तीन मन्त्रीलाई शपथ गराउने प्रतिबद्धता जनाएपछि लामाले राजीनामा दिएका थिए।त
भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखिएको रुपन्देहीस्थित भैरहवा कारागारभित्रको भौतिक अवस्था दयनीय देखिएको छ । २५० कैदी क्षमताको भवनमा ६३० जना कोचिएका छन् भने कैदी-बन्दीहरूले न्यूनतम सुविधाहरू पनि पाएका छैनन् ।त्यसो त कारागार आफैँमा अपराधीहरूले सजाय काट्ने ठाउँ भएकाले सुविधाहरू किन दिने भन्ने एकथरि विचार पनि हुन्छ । यद्यपि, कारागारमा प्रमाणित अपराधीहरू मात्रै हुँदैनन् । मुद्दा विचाराधीन रहेको अवस्थामा पुर्पक्षका लागि थुनिएकाहरू पनि हुन्छन्, जो पछि निर्दोष साबित भएर छुट्न पनि सक्छन् । अपराधी ठहर भएकाहरूकै हकमा पनि उनीहरूको न्यूनतम मानवअधिकारसम्बन्धी मूल्य मान्य
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.