समाचार

    Showing 2,691-2,700 of 26,500 items.
  • रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनामा रास्वपाका दर्जनबढी सांसदहरूलाई कारबाहीको सिफारिस गरेको छ।आज सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाबाट सदन पुगेका दर्जनबढी सांसदहरूको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो।यी हुन् प्रतिवेदनमा उल्लेख भएका सांसदहरुपुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संगौला, सुधन गुरुङ, आशिका तामाङ

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 274 पटक पढिएको
  • डीडीसीको केन्द्रीय कार्यालयमा सीआईबीको छापा, ५ कर्मचारीका मोबाइलसहित ३ वर्षका फाइल जफत

    काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा छापा मारेको छ।लैनचौरस्थित डीडीसीको कार्यालयमा बुधबार बिहानै सीआईबीको टोली पुगेको थियो। डीडीसीभित्र वित्तीय अनियमितता वा अन्य कैफियत भएको विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ।डीडीसीसँग सम्बन्धित केही गम्भीर सूचना आएकाले सीआईबीको टोलीले अनुसन्धान सुरु गरेको हो। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले घटनाको विस्तृत विवरण भने खुलेको छैन।प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि सीआईबीले डीडीसीका महत्वपूर्ण आर्थिक तथा प्रशासनिक कागजातहरू नियन्त्रणमा लिएको छ। संस्थानभित्र लामो समयदेखि

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 242 पटक पढिएको
  • नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपीलाई कारबाही गर्न सिफारिस

    काठमाण्डौ  ।  राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपीलाई कारबाही गर्न सिफारिस गरेको छ ।आईजीपीद्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल दुवैजनालाई मानव अधिकार उल्लंघन कसुरमा विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।कार्की र पौडेल भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा एआईजी थिए । हाल भने दुवैजना आईजीपी बनेका हुन् ।

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 374 पटक पढिएको
  • जेन-जी- आन्दोलन दमन प्रकरणमा ओली, लेखक र गुरुङ दोषी ठहर: कारबाहीको सिफारिस

    काठमाडौं—  राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनको कसुरमा कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।गत वर्ष भएको 'जेन-जी (Zen-G) आन्दोलन'का क्रममा राज्य पक्षबाट अनावश्यक बल प्रयोग र मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै आयोगले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 493 पटक पढिएको
  • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन

    वीरगञ्ज— किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगञ्जमहानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ । मेयर सिंहलाई  पक्राउ गर्न प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ ।मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए । मंगलबार मेयर सिंहसहित ४ जनाको नाममा पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र (पुर्जी) प्राप्त हुनासाथ प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो ।मेयर सिंह अदालतमा हाजिर हुन जाँदा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 463 पटक पढिएको
  • जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो । उक्त समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।राष्ट्रिय मानव अधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिहरूमाथि दुरुत्साहनमा छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ ।‘जेनजी’ आन्दोलनको प्रदर्शन, त्यसअघिको घटना र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 937 पटक पढिएको
  • लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छः पूर्व राष्ट्रपति यादव

    काठमाडौं— पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् ।बुधबार नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक संस्थाभित्र पनि पूर्ण लोकतान्त्रिक अभ्यास आवश्यक रहेको बताए । उनले भने, ‘लोकतन्त्रविना प्रेस जगत चल्दैन र प्रेसविना लोकतन्त्र चल्दैन । त्यसैले लोकतान्त्रिक संस्थालाई अझ मजबुत बनाउन आवश्यक छ ।’पूर्वराष्ट्रपति यादवले नेपालमा लामो संघर्षपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै यसको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए । र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 544 पटक पढिएको
  • उखु किसानको अनुदान र भुक्तानी रोक्न पाइँदैन, तत्काल भुक्तानी गरः नरेन्द्र साह

    काठमार्डौ— सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नरेन्द्र साहले संसदमा उखु किसानहरूले भोगिरहेका समस्याबारे आवाज उठाएका छन।सर्लाहीसहित तराई क्षेत्रमा मुख्य नगदे बालीका रूपमा चिनिने उखु अहिले किसानका लागि “उधारो बाली” बन्दै गएको भन्दै उनले किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए। किसानहरूले समयमा उखुको भुक्तानी नपाउनुका साथै सरकारले घोषणा गरेको अनुदान रकमसमेत अझै प्राप्त गर्न नसकेको अवस्था अत्यन्त दुःखद रहेको उनले बताए।उनले आर्थिक वर्ष २०८१/०८२ को बाँकी प्रति क्विन्टल रु. ३५ अनुदान तथा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रति क्विन्टल रु। ७० अनुदान रकम अविलम्ब किसानलाई उपलब्ध गराउन म

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 514 पटक पढिएको
  • आज नेप्से परिसूचक ५ अंकले बढ्यो

    काठमाडौं— धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अंकले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ ।कारोबार भएकामध्ये १५१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १०५ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।नेप्सेका अनुसार, कूल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर रु छ अर्ब तीन करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।कारोबारका आधारमा आँखु खोल

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 675 पटक पढिएको
  • प्रमुख प्रतिपक्षको विरोधपछि प्रदेशसभाको बैठक अवरुद्ध

    काठमाडौं— कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधका कारण आज पनि अवरुद्ध भएको छ।सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिएका थिए। तर उनी हुनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रियो। सोही क्रममा प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न लागेपछि उनलाई मर्यादापालकहरूले रोकेका थिए।यसरी परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगन गरेका थिए। उक्त स्थगित बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन। सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि नै प्रमु

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.