समाचार

    Showing 2,701-2,710 of 26,500 items.
  • चीनलाई १९ रनले हराउँदै नेपाल विजयी

    काठमाडौं— महिला टि-२० एसियाली खेलकुद छनोट अन्तर्गत आज भएको समूह चरणको चौथो खेलमा नेपालले चीनमाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ।मलेसियाको वायुमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो।१२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।नेपालका लागि ओपनर पूजा महतोले सम्हालिएको इनिङ्स खेल्दै सर्वाधिक रन बनाइन्। उनले ५७ बलको सामना गर्दै ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलिन्। त्यस्तै, रुबी पोद्दारले २५ बलमा नटआउट २२ रन जोड्दा सोनी पाख्रिनले २४ बलमा १८ रनको योगदा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 491 पटक पढिएको
  • चन्द्रमामा स्थायी मानव बस्ती बसाउने नासाको योजना

    एजेन्सी— संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले चन्द्रमाको दक्षिणी ध्रुवनजिकै दिगो मानव बस्ती स्थापना गर्ने योजनाको रूपरेखा प्रस्तुत गरेको छ।वासिङ्टनमा रहेको आफ्नो मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिहरूलाई सहयोग गर्न चन्द्र पूर्वाधारको विकासका लागि एजेन्सीको रणनीति कार्य योजना प्रस्तुत गरेका हुन्।नासाका अनुसार चन्द्र आधार योजनालाई तीन चरणमा विकास गरिनेछ।सन् २०२९ सम्म चल्ने पहिलो चरण रोबोटिक अन्वेषण र प्रविधि प्रदर्शनमा केन्द्रित छ। दोस्रो चरण, सन् २०२९ देखि २०३२

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 553 पटक पढिएको
  • स्थानीय तह हाम्रो पहिचान हो : अग्नी सापकोटा

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताएका छन् ।जनप्रतिनिधिहरुको प्रशिक्षण भेलामा जनप्रतिनिधिहरू सांसद वा शासक नभई जनताका सेवक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुर्जीवादी, एकाधिकार बादी, संस्कृतिका विरुद्ध वैचारिक लडाइको मोर्चा हो । हाम्रो जनप्रतिनिधि सासम होइनन् जनताका सेवाक हुन् र रूपान्तरणका संम्वाद हुन् भन्ने तथ्य छ । हामीले व्यवहारीत बाटै प्रमाणित गर्नु पर्दछ ।’सापकोटाले बाँकी कार्यकाल

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 217 पटक पढिएको
  • घुस लिएका प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्धा दायर

    काठमाडौं— जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले उनलाई ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको थियो ।अनुसन्धानका क्रममा उनले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ नगरी मिलाइदिने र सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उक्त रकम ५० हजार नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा अघि बढाइएको अख्तियारले

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 406 पटक पढिएको
  • नेपालीको प्रतिव्यक्ति आय तीन डलरले घट्यो

    काठमाडौं— चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्रमा एउटा फरक र चिन्ताजनक चित्र प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार यस वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार ५१६ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा तीन डलरले घटेर एक हजार ५१३ डलरमा सीमित हुने देखिएको छ । डलरमा आय घट्नुको मुख्य कारण आन्तरिक उत्पादन मात्र नभएर अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन हुनु हो, जसका कारण रुपैयाँलाई डलरमा रूपान्तरण गर्दा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 378 पटक पढिएको
  • मर्मतको नाममा जोखिमपूर्ण बन्दै बानेश्वरको फुटपाथ

    काठमाडौं— राजधानीको व्यस्त क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण तथा मर्मतको काम अस्तव्यस्त बन्दा पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पटक–पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा फुटपाथ क्षेत्रमा जथाभावी छाडिएका इटा, ब्लक तथा ठूला खाल्डाका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।विशेषगरी ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा दृष्टिविहीन व्यक्तिहरूलाई आवतजावत गर्न थप कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । रातिको समयमा पर्याप्त व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम अझ बढेको उनीहरूको गुनासो छ ।निर्माण सामग्री व्यवस्थित नगरी सडक किनारमै छरपस्ट राखिँदा पैदल यात्रुहरू बाध्य भएर सडक

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 560 पटक पढिएको
  • बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

    काठमाडौं— प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको छ । बैठकमा मलको मौज्दात, वितरण प्रणाली तथा आगामी आर्थिक वर्षको तयारीबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिएको हो ।उक्त समितिको बैठकमा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता कुमार राजभण्डारीले रासायनिक मल आपूर्तिको तयारी समयमै गरिएको स्पष्ट पारे । उनले सबैभन्दा ठूलो समस्या बजेट व्यवस्थापन रहेको उल्लेख

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 438 पटक पढिएको
  • मच्छेनारायण मन्दिरमा पुरुषोत्तम मास मेला

    काठमाडौं— मच्छेनारायण मन्दिरमा पुरुषोत्तम मास अर्थात् अधिक मास मेला चलिरहेको छ । किर्तिपुरको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा एक महिना सम्म यो मेला लाग्छ । यस मेलामा काठमाडौं उपत्यकासहित विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्छन् ।मेला व्यवस्थापन समितीका सदस्य सुरेन्द्र मल्लले १ देखि ३१ गते सम्म सुरू भएको पुरुषोत्तम मास मेलामा अघिल्लो वर्ष भन्दा धेरै मान्छे आएको बताए । उनले यस मेला व्यवस्थापन समितिले हरेक पक्षमा राम्रो व्यवस्थापन गरिरहेका बताए । मेलामा आउनेहरुलाई कुनै समस्या परेमा समितीका सदस्यहरुलाई सम्पर्क गर्न पनि आग्रह गरे ।उनले भने, ‘यस मेलामा व्यवस्थापन समितिले हरेक चीजमा राम

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 450 पटक पढिएको
  • निजी अस्पतालहरुमा स्वास्थ्य बिमा सेवा स्थगन

    काठमाडौं— निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवा स्थगन गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा बन्द गर्ने निर्णय गरिएको हो ।बोर्डको निर्णयमा भनिएको छ,‘स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 460 पटक पढिएको
  • क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह

    काठमाडौं— नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद राईले मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्दकपुर गाउँपालिका–१ निवासी उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको निधन भएको जानकारी दिए ।उनले घटना भएको लामो समय बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको उल्लेख गर्दै यसलाई कूटनीतिक असफलताको उदाहरणका रूपमा टिप्पणी गरे । राईका अनुसार उक्त विषय अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्दै आएको छ ।उनले भने, ‘मे ६ तारिखक

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 437 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.