काठमाडौं – काभ्रेपलाञ्चोक जिल्लाका ११ स्थानीय तहले निर्धारित समयमा जग्गाको वर्गीकरण नगर्दा साउन १ गतेदेखि जिल्लामा जग्गा कारोबार पूर्ण रूपमा रोकिएको छ। जिल्ला मालपोत कार्यालय धुलिखेलका अनुसार वर्गीकरण नहुँदा नामसारी, अंशबण्डा, रजिष्ट्रेशनपास लगायतका सेवा समेत प्रभावित भएका छन्।जिल्लाका १३ स्थानीय तहमध्ये तेमाल र रोशी गाउँपालिकाले मात्र भूउपयोग नियमावली, २०७९ अनुसार आवश्यक मापदण्ड पूरा गरी वर्गीकरण कार्य सम्पन्न गरेका छन्। बाँकी ११ तहका नागरिक अहिले मालपोत तथा नापी कार्यालयबाट सेवा लिन असमर्थ छन्।मालपोत कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालका अनुसार तीन वर्षसम्म पटक–पटक आग्रह
कैलाली— कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका ९ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्न तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको बताएका छन्।
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सशस्त्र प्रहरी बलका एक जवानलाई १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। भारतबाट भन्सार छली गरी अवैध रूपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट, मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेका छन्। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, खत्रीले सीमापारिबाट अवैध सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिर
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले मंगलबार निर्देशन दिएको हो।केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको बताए।‘पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य एकै दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनैपनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगती गर्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरुको औसत उमेर नै ५५ देखि छ । यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला, जन्मेको भए नयाँ मान्छे किन छैन् त रेडियो नेपालमा ? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन । । थाकेका रिटाएर हुन लागेका मान
पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उनले बताए।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत एक बिरामीले डाक्टरले सिफारिस गरेको प्रेस्किप्सन लिएर फार्मेसी पुगे। प्रेस्किप्सनमा केही औषधिहरूका साथमा धेरै संख्यामा मल्टिभिटामिन र फुड सप्लिमेन्टहरू थिए। जब फार्मेसीले सबै सामग्रीको मूल्य जोडे, रकम ४८ हजार रुपैयाँ पुग्यो — जुन बिरामीका लागि अत्यन्तै ठूलो बोझ थियो, जसले घर फर्किने भाडासमेत जुटाउन सकेन।फार्मेसी सञ्चालकले ती बिरामीलाई सहुलियत दिँदै हाललाई एक महिनाको मात्र औषधि लैजान सुझाए र आवश्यक परेमा पठाइदिने आश्वासन दिए। फार्मेसी सञ्चालकले कुरा गर्दै क्यान्सर अस्पतालका केही डाक्टरहरू औषधिभन्दा बढी फुड सप्लिमेन्ट सिफारिस गर्ने गर
काठमाडौं— गण्डकी प्रदेश सरकारले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने गरी विधेयकको मसौदा तयार पारेको छ। प्रस्तावित प्रावधान अनुसार खेती, प्रशोधन, बिक्री–वितरणदेखि निर्यातसम्मका सम्पूर्ण गतिविधि इजाजतपत्र प्रणालीमार्फत मात्र गर्न सकिनेछ।मसौदामा नेपाली नागरिकलाई मात्र खेतीको अनुमति दिने प्रावधान छ। विदेशी लगानीसहितको व्यवसायमा नेपाली पक्षको न्यूनतम ५१ प्रतिशत स्वामित्व अनिवार्य हुने उल्लेख छ। १८ वर्ष नपुगेका व्यक्तिलाई गाँजा कारोबारमा संलग्न गराएमा अनुमति पत्र सोझै खारेज हुने प्रस्ताव गरिएको छ।उत्पादित गाँजा प्रदेश सरकारको मातहतमा रहने बोर्ड, बोर्डले तोके
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।आइतबार राति भक्तपुरको न्यातापोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ।उक्त भिडिओ बाहिरिएपछि ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले बताए।‘झडप गरेको भिडिओबारे हाम्रो ध्यानाकर्षण भएको छ। हामी यस घटनामा संलग्नहरूको खोजी गरिरहेका छौं,’ उनले भने, ‘तीन जना नियन्त्रणमा छन्।’उनले यसमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताए। युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको छैन।भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रहार ग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.