समाचार

    Showing 2,721-2,730 of 17,172 items.
  • डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान, प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध

    ललितपुर— ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आव्हान गरेको छ । सामाजिक समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनको अध्यक्षतामा सोमबार बसेको डेंगी नियन्त्रणसम्बन्धी बैठकमा घर कम्पाउण्डभित्र पानी जम्न नदिन विज्ञहरुले अनुरोध गरेका हुन् ।  टायर, ट्यूब र प्लाष्टिकका भाडाहरु जथाभावी फ्याँँक्दा त्यसमा पानी जम्ने र त्यो पानीमा डेंगी फैलाउने लामखुट्टेको विकास हुने भएकाले टायर र ट्युब घर वरपर नराख्न महानगरले अनुरोध गरेको छ । महानगरका प्रवक्ता राजु महर्जन सामान्य जस्तो लाग्ने सजगताले डेंगी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 534 पटक पढिएको
  • कपडा लोड भएको ट्रकमा आगलागी हुँदा ३६ लाखको क्षति

    झापा— झापाको दमकमा कपडा लोड भएको ट्रकमा अचानक आगलागी भएको छ । गएराति १२ः४५ बजे दमक । ३ बेलडाँगी बस्ने २७ वर्षीय महेन्द्र तामाङले आफ्नै घर अगाडी सडकछेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगलागी भएको हो । प्रहरी चौकी बाघखोर र भुटानी शरणार्थी सुरक्षा बेस बेलडाँगीबाट खटिएको टोली, स्थानीयबासी, दमक नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो राति १ः४० बजे नियन्त्रणमा लिएका थिए ।उक्त आगलागीबाट ७–८ जना ब्यापारीहरुको कपडा पूर्णरुपमा जल्दा अन्दाजी ३० लाख र ट्रक आंशिक रुपमा जल्दा ६ लाखसमेत गरी जम्मा ३६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 444 पटक पढिएको
  • आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने

    काठमाडौँ – अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आजदेखि सुरु भएको छ ।  अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षीत गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो । फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधीहरुकै उपस्थितीमा कुन शहरका कुन विश्वबिद्यालयमा जाँदा बिद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने तथा हरेक अप्ठ्यारा परिस्थितीहरुको सामना कसरी गर्ने भन्ने विषयमा समेत विश्वबिद्यालयका  प्रतिनिधि र काउन्सलरहरुले जानकारी दिने  गोरेटो एजुकेशन कन्सलट्यान्सीका सिनियर काउन्सलर प्रकाश रेग्मीले जानकारी दिए ।५ दिन

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 343 पटक पढिएको
  • 'सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरुले आफूलाई उभ्याउनु पर्छ’

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । मंगलबार अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिदैँ उनले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताए ।यस्तै, उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 342 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई बिर्तामोडमा स्वागत गरिँदै

    झापा— चार महिनापछि कारागार मुक्त भएका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई बिर्तामोडमा स्वागत सम्मान गरिने भएको छ ।आगामी भदौ १५ गते बिर्तामोडमा कार्यक्रम आयोजना गरी स्वागत सम्मान गरिने भएको हो । विभिन्न ठाउँहरुमा स्वागत सम्मान गर्ने क्रममा भदौ १५ गते बिर्तामोडमा स्वागत सम्मान कार्यक्रम राखिएको राष्ट्र राष्ट्रियता धर्म संस्कार संस्कृति नागरिक बचाउ अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितले बताए ।साउन १९ गते धरौटी तिरेर कारागार मुक्त भएका प्रसाईले नयाँ तरिकाबाट राजनीति गर्न भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन् ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 398 पटक पढिएको
  • आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

    काठमाडौं –  संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना ÷तयारी सम्बान्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे ब

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 273 पटक पढिएको
  • काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा

    काठमाडौं –  वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ ।खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 275 पटक पढिएको
  • अन्तर्राष्ट्रिय युवा दिवसमा भक्तपुरमा ५०० भन्दा बढीको छिकोङ प्रदर्शन

    भक्तपुर— अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिकाले एक भव्य छिकोङ शारीरिक व्यायाम प्रदर्शन सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित भाजु पोखरीमा आयोजित सो कार्यक्रममा नगरपालिकाका १० वटै वडाका ५०० भन्दा बढी प्रशिक्षार्थीहरुले सामूहिक रूपमा छिकोङ अभ्यास गरेका हुन्।कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवाल रहेका थिए। सांसद सुवालले शारीरिक र मानसिक स्वास्थ्यका लागि नियमित व्यायाम आवश्यक रहेको उल्लेख गर्दै युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न र राष्ट्र निर्माणमा अग्रसर हुन आग्रह गरे।नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीको स्वास्थ्य सुध

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 459 पटक पढिएको
  • माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुदैँ

    काठमाडौं –  म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुने भएको छ ।प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । प्रतियोगितामा विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 292 पटक पढिएको
  • तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

    काठमाडौं –  काजाकिस्ताको अस्तानामा हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि १) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक त्यसतर्फ प्रस्थान गरेको छन् ।अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा विक्रम खड्गी र विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । दुवैलाई एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएको बताइएको छ । खड्गी र विडारी काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष हुन् । खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारीमा पनि छन् ।उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंक

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 284 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा