समाचार

    Showing 2,721-2,730 of 26,501 items.
  • हेटौंडाबाट लागूऔषधसहित युवक पक्राउ

    काठमाडौं— मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका गढन्त घर भई हाल हेटौंडा–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कुमार लामालाई प्रक्राउ गरेको हो ।प्रहरीले उनको शरीर तथा डेराकोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३०० मिलिग्राम गाँजाको धुलो (पोलार) जस्तो देखिने पदार्थ बरामद गरेको हो ।बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति प्राप्त गरेको छ ।यसब

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 394 पटक पढिएको
  • बाजुराको रानीसैनमा सीमा विवाद नभई जडिबुटी तस्करीको चलखेल भएको एमाले नेता रोकायाको दाबी

    काठमाडौं— बाजुरा र हुम्लाबीच सीमा विवाद भएको भन्दै बाहिर आएका चर्चाको वास्तविकता जडिबुटी तस्करीसँग जोडिएको बताइएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य नरेश रोकायाले बाजुराको रानीसैन क्षेत्रमा देखिएको विवाद सीमा सम्बन्धी नभई त्यहाँ हुने अवैध जडिबुटी तस्करी नियन्त्रण गर्ने प्रयासविरुद्धको गतिविधि भएको बताएका छन् ।नेता रोकायाले रानीसैन क्षेत्रमा बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी भइरहेको र त्यसमा संलग्न समूहले आफ्नो स्वार्थ जोगाउन सीमा विवादको विषय उचालेको दाबी गरे । उनका अनुसार प्रहरी प्रशासनले अवैध जडिबुटी संकलन तथा तस्करी नियन्त्रणमा सक्रियता बढाएपछि तस्कर समूहले स्थानीयलाई उचालेर सिमा विवाद

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 439 पटक पढिएको
  • सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता

    काठमाडौं— काठमाडौं महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।महानगरपालिकाको वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज १ लाख ५० हजार रुपियाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो । यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिएका हुन् । सहकारी संस्थाका उपाध्यक्ष रविन लामाका अनुसार अरुको कुरा सुनेर केही बचतकर्ता आज आएनन् । उनीहरुलाई फिर्ता लिन भोलि पनि आग्रह गर्छौँ ।सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । ठुला

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 611 पटक पढिएको
  • नेपाल प्रेस युनियनको स्थापना दिवस मनाइँदै, विधान महाधिवेशन पनि हुँदै

    काठमाडौं— नेपालका लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठनका रूपमा रहेको नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ । दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ ।विधान महाधिवेशनको पूर्व सन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिने र त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा।रामवरण यादवले गर्ने तय भएको पनि उनले बताए ।विधान महाधिवेशनका लागि सबै शाखाबाट अध्यक्ष, स

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 406 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 421 पटक पढिएको
  • माङसेबुङमा गाउँपालिकामा कामकाजी लिम्बू भाषा !

    इलाम— इलामको माङसेबुङ गाउँपालिका ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ ।मंगलबारदेखि माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । कोसी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रूपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।माङसेबुङ गाउँपालिकामा बहुसंख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए । २०८३ वैशाख ११ गतेको ६६

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 421 पटक पढिएको
  • समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

    काठमाडौं— सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ती जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरुको बचत फिर्ताको कार्य चरणबद्ध रुपमा भईरहेको छ । तर हालसम्म चक्रिय कोष स्थापना भने भएको छैन ।समितिका

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 625 पटक पढिएको
  • दशगजा क्षेत्रमा एक जना मृत अवस्थामा फेला

    सर्लाही— सर्लाहीको पर्सा गाउँपालिका–१ सितलपुर टोल नजिक नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३ः१० बजे इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले उक्त क्षेत्रमा गस्ती गर्ने क्रममा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका पुरुषलाई बाटो छेउमा मृत अवस्थामा फेला पारेको हो । मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनापछि प्रहरीले घटनास्थललाई सुरक्षित राखेको थियो ।थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको कमाण्डमा सोको टोलीसहित प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी का

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 475 पटक पढिएको
  • चौँतिस जना बचतकर्ताको बचत रकम फिर्ता

    काठमाडौँ। काठमाडौँ महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कामपा–६ मा सञ्चालित सहकारी संस्थाले आज रु एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता गरेको कामपा सहकारी विभागले जानकारी दिएको छ ।  सहकारीले आगामी १ महिनाभित्र रु पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ । विभागका प्रमुख ध्रुवकुमार काफ्ले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्नुहुन्छ, “म

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 488 पटक पढिएको
  • जलजलामा हिमाल र बादलको लुकामारी

    म्याग्दी। पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।धवलागिरि गाउँपालिका–७ की शान्ति थापाले जलजलाको समथर फाँटमा बसेर आँखैअगाडि हिमालको लर्कन हेर्दा चित्रकारले कोरेको क्यानभासजस्तो अनुभूति

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 251 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.