कास्की। पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहनुभएको छ । बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको १९६ रोपनी जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब नौ रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको १८७
म्याग्दी। मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरप
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरी गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अध्ययन थालेको हो । वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरी अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको जान
देवेन्द्र किशोर: नेपाल यतिबेला केवल हिमाल, संस्कृति र प्राकृतिक सौन्दर्यको देश मात्र होइन; दक्षिण एशियाली शक्ति–सन्तुलनको संवेदनशील भूगोलका रूपमा पनि विश्व राजनीतिमा पुनः केन्द्रित हुँदै गएको छ। उत्तरमा चीन र दक्षिणतर्फ भारतले घेरेको नेपाल इतिहासदेखि नै दुई विशाल शक्ति बीच सन्तुलन कायम गर्ने कठिन कूटनीतिक यात्रामा रहेको राष्ट्र हो। तर इक्काइसौँ शताब्दीको बदलिँदो विश्व व्यवस्थाले नेपालको राजनीतिक महत्त्वलाई झनै तीव्र बनाइदिएको छ। अमेरिका, युरोपेली शक्ति, भारत र चीनबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाले नेपाललाई केवल 'छिमेकी राष्ट्र' होइन, भू–राजनीतिक प्रभाव क्षेत्रको निर्णायक बिन्दु बनाएको छ।यह
देवेन्द्र किशोर: नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक शक्ति नेपाली कांग्रेस अहिले फेरि एकपटक आन्तरिक शक्ति-संघर्ष, अविश्वास र नेतृत्वगत टकरावको गम्भीर मोडमा उभिएको देखिन्छ। बाहिरबाट हेर्दा पार्टीभित्र संवाद, समन्वय र एकताको प्रयास भइरहेजस्तो देखिएता पनि भित्री रूपमा भने असन्तुष्टि, प्रतिशोध र गुटगत ध्रुवीकरणको आगो भुसभित्र सल्किरहेको अवस्थाको चित्र पछिल्ला घटनाक्रमले प्रस्तुत गरेका छन्।विशेष महाधिवेशनपछि उत्पन्न शक्ति-सन्तुलन, केन्द्रीय समितिमा गरिएको मनोनयन, संस्थापन र इतर समूहबीचको अविश्वास तथा नेताहरूको सार्वजनिक अभिव्यक्तिले कांग्रेसभित्रको संकट संगठनात्मक मतभेद
काठमाडौं— डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताएका छन्।अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित 'आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा' विषयक अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन।अर्थतन्त्र र व्यवसायबीच स्पष्ट नीतिगत बुझाइ नहुँदा उद्योग तथा व्यवसायीहरू निरन्तर दबाबमा परेको उनको भनाइ थियो। उनले सरकारहरूले उद्योग र व्यवसायको वास्तविक योगदान बुझ्न नसकेको टिप्पणी गर्दै अनुगमन तथा कर नीतिहरूले प्रोत्साहनभन्दा बढी दबाब सिर्जना गरेको दाबी गरे।धमलाका अनुसार उ
काठमाडौं— नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यले औषधिमा भन्सार कर्मकारीको तजविजका आधारमा लगाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा आचार्यले औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने कानुनी ब्यवस्था भएपनि भन्सारका अधिकारीहरुले तजविजका आधारमा २८ प्रतिशतसम्म जरिवाना लगाउने गरेको गुनासो गरे ।‘औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्छ भनिएको छ, औषधिमा आयात गर्दा नै एमआरपी तय भएको हुन्छ, तर भन्सारमा बिजकलाई आधिकारिकता नदिएर २८ प्रतिशतसम्म जरिवाना लगाउने गरिएको छ, भ
काठमाडौं— कन्सल्टेन्सी व्यवसायी पुजन चाम्लिङले पछिल्लो समय सरकारले कन्सल्टेन्सी क्षेत्रमाथि गरेको अनुगमन र कारबाही प्रक्रियाप्रति आपत्ति जनाउँदै नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनको माग गरेका छन् ।मंगलबार अर्थ बजार डटकमद्वारा आयोजित आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले पछिल्ला दिनमा कन्सल्टेन्सीहरूमा गरिएको छापा र पक्राउ प्रक्रियाले व्यवसायिक वातावरणमा त्रास सिर्जना भएको बताए ।उनका अनुसार अनुसन्धान र नियमन आवश्यक भए पनि पूर्वअध्ययनबिनाको एकाएक कारबाहीले वैध व्यवसायसमेत प्रभावित भएको छ ।चाम्लिङले केही समयअघि विभिन्न कन्सल्टेन्सीमा गरिएको छा
काठमाडौं— नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताएकी छन् ।मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताइन् । उनले प्रतिपक्षीले उठाएका मागलाई सत्तापक्षले जुवारी खेलको रूपमा लिन नहुने धारणा राखिन् ।अर्यालले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै रहेको उल्लेख गर्दै सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र विरोध जनाएको स्पष्ट पारिन् । उनले प्रधानमन्त्री संसदप्रति उत्तरदाय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.