समाचार

    Showing 2,741-2,750 of 26,501 items.
  • विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

    काठमाडौं—  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेका छन् ।प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै बैठक अघि बढाएका छन् । प्रधानमन्त्री जवाफ दिन छिटै आउने भन्दै उनले आसनमा बस्न आग्रह गर्दा विपक्षी पछि नहटेपश्चात् बैठकका काम–कारबाही अघि बढाएका हुन् ।अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 472 पटक पढिएको
  • घरमै राहदानी वितरणको जिम्मा हुलाकलाई, सेवाग्राहीलाई राहत

    खोटाङ— खोटाङमा अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमै पुर्‍याएर वितरण गर्न जिल्ला हुलाक कार्यालयलाई जिम्मेवारी दिएको हो ।नेपाल सरकारको निर्देशनअनुसार वैशाख १५ गतेपछि आवेदन दिएका सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घरमै पुर्‍याउने प्रक्रिया सुरु गरिएको राहदानी शाखा प्रमुख दिनेश आचार्यले बताएका छन् ।प्रशासन कार्यालयले बायोमेट्रिक विवरण संकलन गरी राहदानी विभाग पठाउने र छापिएर आएपछि हुलाक कार्यालयलाई बुझाउने व्यवस्था गरिएको छ । त्यसपछि हुलाक कार्यालयले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्नेछ ।घरमै

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 454 पटक पढिएको
  • श्रम संस्कृति पार्टीका सबै कार्यक्रममाहर्क साम्पाङको तस्बिर राख्न आग्रह

    काठमाडौं— श्रम संस्कृति पार्टीले आफ्नो संगठनात्मक संरचनाअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ।पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा जारी पत्रमार्फत यस्तो व्यवस्था कार्यान्वयन गर्न मातहतका सबै तहलाई निर्देशन दिइएको हो।निर्देशनअनुसार १ नम्बर प्रदेश अन्तर्गतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोलस्तरसम्मका कार्यक्रमहरूमा प्रयोग हुने ब्यानर, प्रचार सामग्री तथा अन्य दृश्य सामग्रीमा पार्टी अध्यक्षको तस्बिर समावेश गर्नुपर्ने उल्लेख गरि

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 524 पटक पढिएको
  • जंगली च्याउ खाएपछि महिलाको मृत्यु

    अर्घाखाँची— जिल्लामा जंगली च्याउ खाएर एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेकी शितगंगा नगरपालिका–१३, जौंबारीकी ४७ वर्षिया मनकला भुसालको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानाकारी दिए ।यही जेठ ६ गते जंगलबाट च्याउ ल्याएर खाएपछि मनकला बिरामी परेकी थिइन् । लगातार बान्ता भएपछि उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।मंगलबार प्रादेशिक अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 463 पटक पढिएको
  • झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छः सांसद ओली

    काठमाडौं—  राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्।सांसद ओलीका अनुसार कनकाई नगरपालिका–२ मा ’कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर महिला व्यवस्थापन कम्पनी लिमिटेड’ को नाममा उक्त प्रोजेक्ट निर्माण गरिएको थियो।तिनै वटा नगरपालिकाको आर्थिक सहभागिता, वल्र्ड बैंक र वैकल्पिक ऊर्जाको सहयोगमा ७४५ जना उपभोक्ताले सम

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 498 पटक पढिएको
  • कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन् । मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।सांसद तामाङले सरकारसँग जोडदार माग गर्दै भनिन्, ‘सम्माननीय सभामुख मार्फत म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको गम्भी

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 516 पटक पढिएको
  • सांसद केसी भन्छन संविधान संसोधन बहस ’सरकारी कार्यदल’ मा मात्र सीमित हुनुहुँदैन

    काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संसोधनको विषयलाई केवल सरकारी कार्यदलमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले संविधान संशोधन जस्तो संवेदनशील विषयमा फराकिलो र समावेशी छलफलको आवश्यकता औंल्याएका हुन्।सांसद केसीले संविधान संशोधन प्रक्रियालाई निष्पक्ष र सर्वस्वीकार्य बनाउनका लागि एक शक्तिशाली संयन्त्रको माग गरेका छन्।उनले भने, ‘संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित रहनुहुँदैन। यसका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रति

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 458 पटक पढिएको
  • काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना घाइते

    काठमाडौं— कपिलवस्तुको बरइपुरमा कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको सोही बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हो।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 507 पटक पढिएको
  • गंगादशहरा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

    जनकपुर— पूर्वी तराईका हिन्दू धर्मावलम्बिहरुले आज गंगादशहरा पर्व मनाउँदैछन् । जनकपुरधामसहित मधेश प्रदेशमा यो पर्व विशेष उत्साहका साथ मनाईन्छ । नेपाल र भारतभरिनै मनाईने गंगादशहरा पर्व गंगाघाट, जनकपुरधामको गंगासागर र दशरथ तलाउ, भारतको पटना घाटमा विशेष पूजा अर्चना गरी मनाईन्छ ।गंगा आजकै दिन पृथ्वीमा अवतरीत भएको मानिन्छ । यो पूजा गर्दा १० वटा फूल, १० वटा दियो, १० वटा फलफूल र १० वटा नैवेद्य चढाउने परम्परा रहेको छ । गंगा उत्पत्तिको विभिन्न धार्मिक कथा र किम्बदन्तीहरु भएपनि मुख्यतः आजको दिनमा गंगा पृथ्वीमा आएको कारणले नै गंगादशहरा मनाउने गरिएको हो ।हिन्दू पौराणिक ग्रन्थका अनुसार, सूर्यवंशी महाराज सगरल

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 434 पटक पढिएको
  • उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन् । उनले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे ।उनले भने, ‘उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् यसमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारले द

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 377 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.