काठमाडौं— यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो ।गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यसवर्ष मधेशमा हाल सम्म ७६.५४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशमा भने यसवर्षको धान रोपाइँ सकिएको छ । हाल सम्म सूदूरपश्चिममा शत प्रतिशत रोपाइँ सकिएको हो । यस प्रदेशमा १ लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । कर्णाली प्रदेशमा ह
एजेन्शी । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । मार्चपास लोकसभामा विपक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो । यसअघि सबै सांसद धर्नामा बसेका थिए ।गान्धीले हिरासत जाँदै गर्दा संविधान बचाउन आफूहरू सडकमा आएको प्रतिक्रिया दिएका छन् । उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आ
काठमाडौं— गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिएका हुन् । उनले भने, ‘सन्तानको पहिलो संरक्षक आमा नै हुन । आमाले यो मेरो सन्तान हो, बुवाको पत्तो छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा सन्तानलाई नागरिकता उपलब्ध गराउने मुलध्
काठमाडौं— जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगो विकासबारे क्षेत्रीय समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन आगामी भदौ २ र ३ गते काठमाडौंमा आयोजना गरिने भएको छ।सम्मेलनमा नेपालसहित अफगानिस्तान, पाकिस्तान, भारत, भुटान, बङ्गलादेश, म्यानमार र चीनका संसद् सदस्यहरूको सहभागिता रहनेछ। आयोजनाको नेतृत्व सासंदीय मामिला समिति र अन्तर्राष्ट्रिय केन्द्र (ICIMOD) ले गरिरहेका छन्।सम्मेलनमा जलवायु परिवर्तनका असर, जल स्रोतको व्यवस्थापन, पारिस्थितिकीय प्रणालीको संरक्षण, हिमाली समुदायको जीवनस्तर उकास्ने उपायलगायतका विषयमा छलफल गरिनेछ। साथै, सदस्य राष्ट्रबीच नीति
काठमाडौं— काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो ।एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । त्यस्तै, महानगरले असार तथा साउन महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ ।यसका साथै पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । चालु आर्थिक वर्ष प्रारम्भ भएपछि महान
मुस्ताङ— ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। घरपझोङ गाउँपालिका३ स्याङस्थित सडकमा ग.१ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बाग्लुङ निसीखोला गाउँपालिका–५ बस्ने ३० वर्षीय शेर बहादुर घर्ती मगरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुली— सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–२ स्थित नाङ्गे डाँडाको जंगलमा एक महिलाको शव फेला परेको छ। शव फेला पर्ने महिलाको पहिचान घ्याङ्लेक–२, चन्दनपुर निवासी ४० वर्षीया सन्चमाया वाइबा लामा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।सन्चमाया साउन ११ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारजनले साउन १५ गते इलाका प्रहरी कार्यालय वस्तिपुरमा उनको बेपत्ताको जानकारी गराएका थिए। त्यसयता प्रहरीको टोलीले खोजतलास जारी राखेको थियो।सन्चमायाको शव नाङ्गे डाँडाको जंगलमा फेला परेको हो। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध
खोटाङ— लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराई जानेरआउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् ।करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता ९दिक्तेल०बाट जानेलाई दुर्छिममा रोकिएको जिल्
बुटवल— राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको बताएको छ ।राष्ट्रिय मानव अधिकार आयोगले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको हो । अनुगमनपछि आयोगकी आयुक्त लिली थापाले रवी बसेको कारागारमा क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।आयुक्त थापाले कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । उनले भनिन्
एजेन्सी— चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ । सेल्फ–सर्भिस किओस्क र ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू अपनाइएका कारण पूर्वी चीनको झेजियाङ प्रान्तबाट यात्रा गर्न उल्लेखनीय रूपमा सरल भएको छ ।हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलको सीमा निरीक्षण क्षेत्रमा, मानवरूपी रोबोटहरू टर्मिनलमा घुम्ने गरेका छन् ।‘हामी रोबोटहरूको क्षमतालाई निरन्तर स्तरोन्नति गर्नेछौं । ताकि तिनीहरूले विभिन्न जटिल निरीक्षणहरू ह्यान्डल गर्न सकून् र आपतकालीन अ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.