विराटनगर । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका-४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेको सबैजनाक
हेटौंडा— बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने विशेष बैठकका लागि प्रदेशसभा सदस्यहरूलाई बैठक प्रारम्भ हुनुभन्दा १५ मिनेटअघि नै औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।यसअघि मंगलबार अपराह्न बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्
सर्लाही— सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।खोजतलासका क्रममा तिन चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सो क्र
पोखरा— नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ ।सोमबार पोखरास्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी प्रदेश कार्यसमिति चयन गरेको हो । कार्यक्रम पूर्ण भक्ता दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारी, ईनास आबुधाबी च्याप्टरका क्षेत्रीय अध्यक्ष श्याम लाम्गातेसहित गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रमलाई सम
काठमाडौं— सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भयो ।भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए ।सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरिया
रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिका–४ रज गाउँमा महाभारत युद्धकालीन भीमसेनको गदा रहेको जनविश्वास छ ।रज गाउँको भीमसेन मन्दिरमा रहेको गदालाई स्थानीय महाभारतकालीन भीमसेनको गदाको अवशेष ठान्ने गर्दछन् । दर्शन गर्न जानेहरू यो गदा बोकेर मन्दिरको तीन फन्को मार्ने गर्छन् । दम र पेटका रोगका बिरामीले यो गदा बोकेर सास नफेरी तीन पटक मन्दिरको फेरो मार्दा निको हुने जनविश्वास छ ।भीमसेन मन्दिरमा रहेका दुइटा गदाका अवशेष मध्ये एउटा सानो छ, जुन मन्दिर भित्र त्रिशूल सँगै गाडिएको छ । अर्को ठुलो गदा भाँचिएको टुक्रा सहित मन्दिरको कुनामा ठड्याइएको छ । त्यसलाई दर्शनार्थीहरु पूजा गर्ने र बोकेर घुम्ने गर्दछन् ।स्थानीय
काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैर आवासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका
काठमाडौं— काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् ।आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उनीहरूले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेस गर्नु पर्नेछ ।प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्या
रौतहट— रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो । टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।घटनाको जानकारी पाउनासाथ प्रह
चितवन। नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा १०० हाराहारी औषधि उद्योग छन् । तीमध्ये १० बन्द भइसकेको र बाँकी ५० बन्द हुने अवस्थामा रहेको उद्योगीहरुले जनाएका छन् । सञ्चालनमा रहेका उद्योगसमेत ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएको जनाउँदै सरकारलाई उद्योग बचाउन आग्रह गरेका छन् । नेपाल औ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.