काठमाडौं— नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ ।पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको भएको छ । भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको बताइएको छ ।साथै, संघर्षशील शक
काठमाडौं— नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सुन आइतबार प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको थियो । यता आज असली चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार त
बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आफूलाई बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गर्दै दर्ता गरेको निवेदनमा आज अदालतमा सुनुवाइ हुने भएको छ।लामिछानेले आफूले सहकारीमा भएको रकम हिनामिनाको बिगो बराबरको बैंक ग्यारेन्टी अदालतमा बुझाइसकेको भन्दै उक्त मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न अनुरोध गरेका हुन्।उनले पेस गरेको निवेदनमा बिगो दाबीका रूपमा देखाइएको रकम बराबरको ग्यारेन्टी उपलब्ध गराइ सकेकोले अब आफूविरुद्ध कारबाही अघि बढाउनु नपर्ने दाबी गरिएको छ।सुप्रिम सहकारी प्रकरणमा लामिछानेमाथि समेत संलग्नता रहेको भन्दै पीडितले निरन
काठमाडौं— हिमालयन जाभाका संस्थापक तथा युवा उद्यमी गगन प्रधानलाई पितृशोक परेको छ । ८१ वर्षको उमेरमा गगनका पिता गौरी प्रधानको निधन भएको हो । शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।ट्राभल र व्यापारमा लामो समय सक्रिय गौरी प्रधानको उपचारकै क्रममा निधन भएको थियो । २००१ सालमा जन्मिएका प्रधानका एक छोरा र दुई छोरी रहेका छन् । पर्यटन क्षेत्रमा लामो योगदान रहेका स्वर्गीय गौरीको पारिवारिक पृष्ठभूमि पनि व्यवसाय नै रहेको थियो ।बुबाको कपडा उद्योग र व्यापारको लगावका कारण गौरी पनि व्यापार व्यवसायमा सक्रिय थिए । गौरीका बुबाले थालेको व्यवसाय उनी र उनका भाइहरुले निरन्तरता दिएका थिए
काठमाडौं— सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धरौटीमा छुट्न पाऊँ भन्दै जिल्ला अदालत रूपन्देहीमा दायर गरेको निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ ।कानूनविदरूले उक्त निवेदन दर्ता नै गर्न नहुने खालको रहेको भनिरहेका बेला अधिवक्ता रमेशबहादुर रावलले सोमबार न्यायपरिषदमा उजुरी दर्ता गराएका हुन् ।निवेदनमा ‘मुद्दालाई अनावश्यकरूपमा लम्ब्याउने या अनुचित प्रभाव पार्ने मनसायले काम गरेको देखिएकाले सोही ऐनको दफा १२ (ङ) बमोजिम माथिल्लो अदालतले दिएको आदेश अवज्ञा हुने गरी दर्ता नै हुनु नपर्ने निवेदन दर्ता गरिएकाले छानबिनको गरी दोषीलाई हदैसम्मक
म्याग्दी— म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर खुलाउने प्रयास भइरहेको बताए ।वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उनले बताए । सडक अवरुद्ध हुँदा म
सुर्खेत— जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज बिहान भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमा नै मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।भेरी नगरपालिका–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं— प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल गएका छन् ।कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।प्लालेस्टाइनी विद्रोही समूह
सुनसरी— सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् ।काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार निधनहुनेको पहिचान हुन सकेको छैन ।घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिका
सिरहा— सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।सिरहा – ६ का प्रवीण यादव भन्छन्,“पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.