रौतहट— पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो कस्टकर मौसममा पनि सर्वसाधारण नागरिक आफ्नो अत्यावश्यक प्रशासनिक कामका लागि घरबाहिर निस्कनै पर्ने बाध्यता छ ।नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा सामान्य सिफारिस बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट आइपुग्ने वृद्धवृद्धा, नाबालक बोकेका आमाहरू र सर्वसाधारण नागरिक घण्टौँसम्म लाममा उभिन विवश थिए । चर्को घाम र पसिनाले निथ्रुक्क भिजेका सेवाग्राहीहरूलाई कार्यालय परिसरमा पालो पर्खेर बस्नु निकै कष्ट भइरहेको थियो ।नागरिकको यही सास्ती र छटपटीलाई नजिकबाट न
काठमाडौं— नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउबा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको मागसहित दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट पहिलो नम्बरमा पेसीमा राखिएको छ। यसअघि गत ५ जेठमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। तर निवेदक पक्षले भने सम्पत्ति शुद्धीकर
काठमाडौं— गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको गीतको प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् ।गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ ।पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् । पुरानै कल्पना र योजनालाई अझै पनि जिवितै राखेर त्यसकै यादमा भूलिरहेको बताउने गीतले आफ्नो मायालाई पछ्याइहेको कुरा गर्छ ।अझै पनि आफ्नो मनलाई बुझेर निश्चल प्
रामेछाप— रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ ।जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो सो सडकको ट्र्याक खोलेपछि गाउँपालिकाले स्तरोन्नतिको काम सुरु गरेको छ ।गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन् । एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ ।गाउँपालिकाको केन्द्र रहेको व
काठमाडौं— सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीत ‘चोखो मायाको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ।यसअघि अडियो मात्रै सार्वजनिक गरिएको गीतको म्युजिक भिडयो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।भिडियोमा गायिका संगीता राणा प्रधानको फिचर देख्न सकिन्छ। साथै संगीता राणा प्रधानकै स्वरमा रहेको गीतको संगीत संयोजन तथा एरेन्जर जुगल डंगोलले गरेका छन्।यस्तै गीटारमा दीपेश सिंह, बासमा विजय बज्राचार्य, ड्रममा अनुप महर्जन, तबलामा कुल प्रसाद महर्जन र बाँसुरीमा कृष्ण गुरूङ रहेका छन्।प्रेमका आग्रह गरिएको गीतको छायांकन नारायण गुरूङ र कृष्ण राणाले गरेका छन् भने भिडियोको सम्पादन तथा
काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।सोमबार सुनको मूल्य तोलामा १९०० सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ५ हजार १५० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।
काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा बहुमूल्य धातुको मूल्य बढेको हो ।आज सुनको मूल्य ०.७९ प्रतिशत अर्थात् ३६.३२ डलरले वृद्धि भएर प्रतिऔंस ४ हजार ५६१ डलर पुगेको छ । डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन सस्तो पर्ने भएकाले माग बढेको विश्लेषकहरूले बताएका छन् । त्यस्तै, कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिको दबाब कम हुने अपेक्षाले पनि सुनको मूल्यलाई समर्थन गरेको छ । अमेरिका–इरान शान्ति वार्तामा सम्भावित प्रगतिका संक
हेटौंडा— जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु गरेको छ । बजार क्षेत्रसँगै राजमार्गमा समेत विशेष निगरानी बढाइएको प्रहरीले जनाएको हो ।पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढ्दै गएको र यसले सर्वसाधारणको ज्यानमा गम्भीर जोखिम सिर्जना गरिरहेको निष्कर्षपछि प्रहरीले अभियानलाई थप प्रभावकारी बनाएको हो ।अभियानअन्तर्गत राजमार्ग तथा व्यस्त सडक खण्डहरूमा गुड्ने बस, अटो, मयूरी, मोटरसाइकल, स्कुटरदेखि सरकारी सवारी साधनसम्म सबैलाई अनिवार्य रूपमा जाँच गरिएको छ । प्रहरीले कुनै पनि स
काठमाडौं— सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए ।सोमबार ‘एलिफेन्स अफ फग’ चलचित्र टिमलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताका हुन् ।उनले भने, ‘नेपाल केही नभएर पछि परेको होइन । भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर ,त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो । हाम्रो संस्कृति भित्रको विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु,
काठमाडौं— वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको आयोजनामा सडकमा उत्रिएका स्थानीयले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।सडक पीडित संघर्ष समितिको अगुवाइमा निस्किएको विरोध र्यालीले मेनरोडको विभिन्न भाग परिक्रमा गरी घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारका अनुसार यसअघि नै मन्त्रिपरिषद्को निर्णयबाट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.