समाचार

    Showing 2,791-2,800 of 15,465 items.
  • वृद्ध उमेरको त्रासदीः ९० वर्षका वृद्धले ७६ वर्षीया पत्नीको हत्या गरे

    नवलपरासी— नवलपरासी पूर्वको देवचुली नगरपालिका—३ आम्बासका एक वृद्धले आफ्नी वृद्धा पत्नीको हत्या गरेका छन्। ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।ती वृद्धले आफ्नी पन्तीको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ। उनीहरुबीच घरायसी विवाद हुँदा हत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए। पतिले फलामको रड टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। पत्नीको हत्यापछि फरार भएका थापालाई प्रहरीले खोजीका क्रममा पक्राउ गरेको हो। उन

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 236 पटक पढिएको
  • अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी

    काठमाडौं -  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ । उक्त संगठनको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । महासचिवमा भने दीपक धामी निर्वाचित भए ।अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा कडरियाले ७३२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी प्रकाश पौडेलले भने ७२५ मत पाए ।उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए । उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।विद्युतीय मेसिनमार्फत भएको मतदान १५५१ मतदातामा रहेकोमा १४५० मत खसेको थियो । निर्वाचन समितिले सम्पूर्ण नतिजाको अन्तिम तयारी गरेक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 151 पटक पढिएको
  • सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

    काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन् । बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन् । उनले भने,‘ हामी लिखित सहमती गर्ने ठाउँ तिर गयौ । आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथिहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन । जनमत जसरी गएको छ विषयको गम्भिरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन । यो विगतदेखी

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 156 पटक पढिएको
  • अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन् । ‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मनवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 204 पटक पढिएको
  • चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरुमा क्षति

    मुगु -  विहीबार परेको अविरल वर्षासँगै चट्याङ लागेर मुगुमा एक जना किसानले पालेका १४ बाख्रा मरेका छन् । विहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेकाह हुन् । अन्य चारवटा बाख्रा घाइते छन् । एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ । उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताए । तीन घण्टा लामो भएको भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्किएको छ ।झ्यारी गाउँका अन्य धेरैजसो घरभित्रै बाढी पसेको छ । केही गाउँले विस्तापित समेत भएका

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 283 पटक पढिएको
  • ‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले  छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् । विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा एमाले गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको पाँचबुँदे प्रस्तावबारे छलफल अघि बढिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेताले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग समेत वार्ता गरेका छन् । छलफलको मूल बिन्दु छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा अ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 226 पटक पढिएको
  • ओम हस्पिटललाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

    काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै चाबहिलस्थित ओम हस्पिटललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।यो फैसला अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासबाट सुनाइएको हो। फैसला अनुसार, लापरबाहीबाट भएको क्षतिको ८०% ओम हस्पिटलले र बाँकी २०% उपचारमा संलग्न चिकित्सकहरूले व्यहोर्नुपर्नेछ। चिकित्सकहरूलाई छुट्टै ६ लाख १० हजार रुपैयाँ तिर्न पनि आदेश दिइएको छ।यो मुद्दा बुढानीलकण्ठ–९ निवासी बसन्त गौतमले २०८० चैत २ गते दर्ता गरेका थिए। उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा भर्ना भएक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 240 पटक पढिएको
  • दुई निर्माण कम्पनी कालोसूचीमा, कुन कुन कम्पनी परे ?

     काठमाडौं— खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 253 पटक पढिएको
  • तीनकुने घटना: प्रसाईँ थुनामा, क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

    काठमाडौ— तीनकुने घटनासम्बन्धी थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। साथै, क्यान्सर पीडित प्रसाईँको अस्पतालमा उपचारको व्यवस्था गर्न समेत अदालतले निर्देशन दिएको छ।अदालतले यो आदेश बिहीबार मध्यराति न्यायाधीश ध्रुबराज कार्कीको इजलासबाट दिएको हो।प्रसाईँको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले अदालतको इतिहासमा पहिलो पटक थुनासँगै उपचारको व्यवस्था गर्न आदेश आएको बताएका छन्।थुनछेक बहसमा संलग्न ३९ जनामध्ये प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने निर्णय भएको छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 222 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाण्डौ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आजका लागि पनि बोलाइएको छ । बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको हो । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 194 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा