सिरहा। सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो ।यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ ।पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउनुभएको थियो । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी अनुमति लिई इलाका प्रहरी कार्यालय चोहर्वाको टोली
काठमाडौँ। गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् ।
चन्द्रपुर। बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताउनुभएको हो ।बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हँुदा बाघ मार्ने र बाघसँगको दुस्मनी कसैले पनि गर्न नहुने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो “रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ । लोपन्मुख अवस्थामा रह
कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताउनुभएको छ ।आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताउनुभयो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले गफ नगरी कार्यसम्पादनलाई जनमैत्री र उत्कृष्ट बनाइने जनाउनुभयो । उहाँले भन्नुभयो, “समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको एक्लो प्रयासले पूर्ण हुन सक्दैन । यसका लागि सबै सरोकारवालाबीच आ
पर्वत। मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ । छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो । उक्त सडक खण्डमा झण्डै २२० मिटर ढलान, एक किलोमिटर कालोपत्र गरिएको छ । त्यसैगरी, पोलम नाली, २९५ घनमिटर, जाली भर्ने कार्यलगायत संरचना निर्माण कार्य सम्पन्न भएको सडक निर्माण समितिका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो । गत फागुन महिनाबाट निर्माण सुरु गरेको सडक निर्माण व्यवसायीले तीव्र गतिमा काम गरेकाले निर्ध
काठमाडौँ। हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतको काम तीव्र पारिएको हो ।प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिइ मर्मत तथा पुनःसञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन्ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल मर्मतको काम अगाडि बढाउन प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।विवरणअनुसार पिलुवा–पथलैया
देवेन्द्र किशोर: नेपाल यतिबेला केवल हिमाल, संस्कृति र प्राकृतिक सौन्दर्यको देश मात्र होइन; दक्षिण एशियाली शक्ति–सन्तुलनको संवेदनशील भूगोलका रूपमा पनि विश्व राजनीतिमा पुनः केन्द्रित हुँदै गएको छ। उत्तरमा चीन र दक्षिणतर्फ भारतले घेरेको नेपाल इतिहासदेखि नै दुई विशाल शक्ति बीच सन्तुलन कायम गर्ने कठिन कूटनीतिक यात्रामा रहेको राष्ट्र हो। तर इक्काइसौँ शताब्दीको बदलिँदो विश्व व्यवस्थाले नेपालको राजनीतिक महत्त्वलाई झनै तीव्र बनाइदिएको छ। अमेरिका, युरोपेली शक्ति, भारत र चीनबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाले नेपाललाई केवल 'छिमेकी राष्ट्र' होइन, भू–राजनीतिक प्रभाव क्षेत्रको निर्णायक बिन्दु बनाएको छ।यह
डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता, संकट र सम्भावनादेवेन्द्र किशोर: पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ मानिन्छ। राज्यका तीन अंग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि निगरानी राख्दै जनतालाई सत्य सूचना प्रदान गर्नु पत्रकारिताको मूल दायित्व हो। तर पछिल्लो समय दक्षिण एशियामा पत्रकारिताको स्वरूप तीव्र रूपमा बदलिँदै गएको छ। डिजिटल प्रविधिको विस्तार, सामाजिक सञ्जालको प्रभाव र युट्युबजस्ता प्लेटफर्मको सहज पहुँचले पत्रकारितामा नयाँ अवसर त सिर्जना गरेको छ, तर यससँगै विश्वसनीयता, नैतिकता र पेशागत मर्यादामाथि गम्भीर चुनौती पनि थपिएको छ।नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाजस्ता दक्षिण एशिया
सर्लाही । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।शनिबार साँझ करिब ४ बजे पाँच जनाको समूह घुम्न गएका बेला नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका – ९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो बागमती नदीमा डुबेर बेपत्ता भएका थिए।उनीहरु घरमा कसैलाई जानकारी नगराई घुम्न गएको प्रहरीले जनाएको छ। घटनाको खबर राति करिब ८ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट र इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरीको टोली खटिएर खोजतलास सुरु गरेको थियो।उनीहरुसँगै नदीमा पुगेका सर्लाहीकै बरहथवा
काठमाडौं— जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् ।स्वतन्त्र नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजिएको उल्लेख गरिन् ।उनले भनिन्, ‘हामीले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजेका थियौँ । यो आन्दोलन सुशासनका लागि भएको हो भन्ने भाषा सबैका अगाडि राख्न चाहेका हौँ । दण्डहीनताको अन्त्य होस्, सार्वजनिक सेवा प्रणालीमा सुधार होस्, सरकारको काममा पारदर्शिता होस् र ‘सरकार कसैको होइन, जसको कोही छैन उसको राज्य छ’ भन्ने भाषामा अगाडि बढोस् भन्नका ला
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.