समाचार

    Showing 2,821-2,830 of 26,501 items.
  • विद्यालय जोगाउन जग्गा दान

    दोलखा— दोलखाको वैतेश्वर–३ स्थित (सामुदायिक) कालिढुङ्गा माध्यमिक विद्यालय जोगाउन स्थानीयले करिब ४ रोपनीभन्दा बढी जग्गा दान गरेका छन्। विद्यार्थी संख्या घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेपछि मिर्गे क्षेत्रका स्थानीयले नजिकै शाखा विद्यालय स्थापना गर्ने निर्णय गरेका हुन्।देविथान नजिक दान गरिएको जग्गामा अस्थायी ट्रस भवन बनाएर बाल विकासदेखि कक्षा ७ सम्म पढाइ सुरु गरिएको छ, जसले साना विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटाएको छ।विद्यालय उद्घाटन गाउँपालिका अध्यक्ष छवि लामा र वडा अध्यक्ष कमल अधिकारीले गरेका थिए। गाउँपालिकाले भौतिक संरचना र शिक्षक व्यवस्थापन गर्ने जनाएको छ। स्थानीय करिब १५ जनाले जग्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 515 पटक पढिएको
  • देशका विभिन्न भागमा फैलिएको तीव्र लुबाट १६ जनाको मृत्यु

     नयाँदिल्ली— दक्षिण भारतमा देखिएको तीव्र लु (तापलहर) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्। देशका विभिन्न भागमा फैलिएको यो गर्मीको लहरपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।भारतमा गर्मी सामान्य मौसमी अवस्था भए पनि जलवायु परिवर्तनका कारण यस्ता लुहरू पहिलेभन्दा बढी लामो समयसम्म चल्ने, बारम्बार दोहोरिने र अझ तीव्र हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। करिब १ अर्ब ४० करोड जनसङ्ख्या भएको भारतका विभिन्न शहरहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित बनेको छ।सबैभन्दा धेरै मृत्यु तेलङ्गाना राज्यमा दर्ता भएको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुस

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 659 पटक पढिएको
  • सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्।आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति अनिवार्य भएको स्पष्ट पारिन् ।उनले भनिन्,‘सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सिफारिस गरेको छ । करको मुख्य उद्देश्य राजस्व संकलन मात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु हो ।’उनले हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 485 पटक पढिएको
  • हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधारः पूर्वउपाध्यक्ष अधिकारी

    काठमाडौं— राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको उपभोग घटाउन र जनस्वास्थ्यमा सुधार ल्याउन उच्च कर दरको नीति अनिवार्य भएको बताएका छन् ।आइतबार सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै अधिकारीले व्यक्तिगत स्वतन्त्रताको नाममा समाजलाई हानि पु¥याउने वस्तुको उपभोगलाई नियमन गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे ।पूर्वउपाध्यक्ष अधिकारीले चुरोट, मदिरालगायतका स्वास्थ्यलाई हानि गर्ने वस्तुमा लगाइने करलाई राजस्व वृद्धिको औजारका रूपमा मात्र नहेरी यसलाई ‘व्यवहार परिवर्तन’को एउटा सशक्त माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।‘निजी उपभोगले सार्वजनिक लागत सिर्जना गर्छ

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 412 पटक पढिएको
  • जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग

    काठमाडौं— जातीय विभेदका कारण समाजमा देखा परिरहेको संरचनागत असमानता, हिंसात्मक घटनाहरू तथा ऐतिहासिक रूपमा कायम रहँदै आएको उत्पीडनप्रति आपत्ति जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।जात व्यवस्था उन्मूलन मोर्चा नेपाल अन्तर्गत प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको समन्वयमा आयोजित उक्त प्रदर्शनमा देशका विभिन्न भागबाट आएका प्रभावित समुदायका सदस्य, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।प्रदर्शनलाई सहभागीहरूले सामाजिक न्याय, समानता र मानवअधिकारका सवालसँग जोड्दै प्रतीकात्मक प्रतिरोध दिवसका रूपमा प्रस्तुत गरेका थिए। छ वर्षअघि रुकुम जिल्लाको सोतीमा प्रेम सम

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 558 पटक पढिएको
  • बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

    झापा— पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापा अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोस भएर लडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको थियो ।उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 503 पटक पढिएको
  • वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडकः मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

    काठमाडौं— चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम मरुभूमि सडकले हरित ऊर्जा उत्पादनमा एक नयाँ कोशेढुङ्गा पार गरेको छ ।चीनको सरकारी तेल कम्पनी पेट्रोचाइनाका अधिकारीहरूका अनुसार, सन् १९९५ मा यो सडक सुरु भएदेखि हालसम्म यहाँ जडान गरिएका सौर्य प्यानलहरूबाट १ करोड ५० लाख किलोवाट–घण्टा स्वच्छ ऊर्जा उत्पादन भएको छ । ५२२ किलोमिटर लामो यस सडकको किनारमा राखिएका सौर्य प्यानलहरूले यो उपलब्धि हासिल गरेका हुन् ।यस सौर्य ऊर्जाको मुख्य प्रयोग सडकको दुबै किनारमा लगाइएको विशाल हरित पर्खालमा सिँचाइ गर्नका लागि पानी तान्ने पम्पहरू चलाउन गरिन्छ । मरुभूमिको विस्तार रोक्न र सडकलाई बालुवाको कटानबाट ज

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 539 पटक पढिएको
  • साइबर ब्यूरोको सुस्त कार्यशैली: उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही

    जनकपुर— जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् ।आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।उनले एक वर्ष अघि कसैले जानकी मन्दिरको नाममा र एउट आफ्नो व्यक्तिगत नामको फेक फेसबुक प्रोफाइल बनाएर आफ्नो र मन्दिरको नाम बदनाम गर्ने सामग्री तथा स्टाटसहरु पोस्ट हुँदै गरेको बताए ।सो कुराको जानकारी भएपछि जिल्ला प्रहरी कार्याल

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 542 पटक पढिएको
  • मन्त्री पोखरेल भन्छन विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् ।आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट सुरु गरिएको जानकारी दिएका हुन् ।कार्यक्रममा मन्त्री पोखरेलले देशभरका २७ हजार सामुदायिक विद्यालयमा राज्यको लगानी भइरहे पनि नतिजामा एकरूपता न

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 491 पटक पढिएको
  • सीमा विवाद प्रकरणः अनिश्चितकाका लागि बन्द भयो कर्णाली करिडोर

    हुम्ला— बाजुरा सीमा विवादका कारण कर्णाली करिडोर फेरि बन्द गरिएको छ। जेठ ५ गते च्याचौरमा भएको झडपसँग सम्बन्धित विषयलाई लिएर बाजुरातर्फका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कुवाडी सडकखण्ड पुनः अवरुद्ध गरेका हुन्।स्थानीय स्रोतका अनुसार लाम्पाटा–च्याचौर क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न लागेको प्रहरी चौकीको विषयमा विवाद उत्पन्न भई झडप भएको थियो। सो घटनामा घाइते भएकाहरूको उपचार, घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही, तथा क्षतिपूर्ति लगायतका माग राख्दै हिमाली युवा समूहले जेठ ७ र ८ गते सडकमा टायर बालेर प्रदर्शनसहित आवागमन ठप्प पारेका थिए।सडक बन्द हुँदा हुम्ला, मुगु तथा कैलाश मान

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 465 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.