समाचार

    Showing 2,831-2,840 of 26,501 items.
  • काठमाडौंमा दिउँसै युवकमाथि खुकुरी प्रहार

    काठमाडौं— काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा १० जेठ दिउँसो १८ वर्षीय करणकुमार साहमाथि धारिलो हतियारले आक्रमण भएको छ । आक्रमणबाट उनी हात, ढाड, घाँटी र टाउकोमा घाइते भएका छन् ।उनले अभिषेक यादव, धनराज यादवसहित ५–६ जनाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरमा ज्यान मार्ने उद्योग र डाँका सम्बन्धी उजुरी दिएका छ न्।प्रहरीका अनुसार आक्रमणमा संलग्न भनिएका व्यक्तिहरू करणकुमारका मामा–भान्जा नाताका हुन् ।यसअघि भएको विवादको बदला स्वरूप आक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।फरार रहेका अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 524 पटक पढिएको
  • खानीबाट २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

    काठमाडौं—  खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर रु २५ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ ।खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 479 पटक पढिएको
  • अवतरण गर्दै गर्दा विमानको इन्जिनमा आगो लागेपछि...

    दिल्ली— भारतको बेंगलुरुबाट राजधानी दिल्ली आइरहेको एयर इन्डियाको जहाज एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगो लागेको छ। यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। विमानमा १६० यात्रु थिए।एयर इन्डियाले विज्ञप्ति जारी गरी भनेको छ, ‘दिल्लीमा अन्तिम अवतरणका क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाएका थिए। चालक दलले सबै मानक सञ्चालन प्रक्रिया पालना गरे र विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराए। सबै यात्रु र चालक दल सुरक्षित छन् र सामान्य रूपमा विमानबाट बाहिर निस्किएका छन्।’एयर इन्डियाले घटनाबारे तुरुन्तै अनुसन्धान थालिने पनि बताएको छ। अनुसन्धान सम्बन्धित निया

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 710 पटक पढिएको
  • कांग्रेसमा फेरि विवादः गगनलाई सानेपाबाट निकाल्ने मोहन बस्नेतको चेतावनी

    काठमाडौं— कांग्रेस नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाले इमान्दार नेता कार्यकर्तामाथि कारबाहीको डण्डा चलाइरहे सानेपाबाट गलहत्याएर बाहिर निकाल्ने चेतावनी दिएका छन् ।कांग्रेसको शेरबहादुर देउवा पक्षको गण्डकी प्रदेश स्तरीय भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै बस्नेतले थापाले वडा समिति सभापतिदेखि जिल्ला सभापतिसम्मलाई आफूले भनेको नमानेबापत प्रतिशोध साँधेर कारबाही गरिरहेको बताए ।‘तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई हटाउनुभएको छ’, आफूले भनेको नमाने बापत उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, गगनजी ती सबै मान्छे सानेपा आएर तपाईंलाई पार्टी कार्यालयबाट गलहत्याएर निक

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 516 पटक पढिएको
  • नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

    रौतहट— भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो ।बैठकमा मुख्य रूपमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो ।विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्करी,

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 506 पटक पढिएको
  • बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार

    विराटनगर—  मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ।हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको हस्पिटलले जनाएको छ। विभागमा अर्थो तथा स्पोर्ट्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत सेवा प्रदान हुँदै आएको छ।विभागले शल्यक्रिया अघि र पछिको थेरापी, स्पोर्ट्स रिहाबिलिटेशन, पक्षघात, हेड इन्जुरी, मेरुदण्ड

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 456 पटक पढिएको
  • उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

    काठमाडौं—  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ।प्रदेशसभामा विनियोजन विधेयक २०८३ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै धनेन्द्र कार्की ले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधारलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाइने बताए ।प्रदेशभित्रै रोजगारीका अवसर बढाउन युवामुखी सीप विकास तालिम, स्वरोजगार कार्यक्रम र स्टार्टअप प्रवर्द्धन योजनालाई प्राथमिकता दिइने जनाइएको छ। साथै, उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयो

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 481 पटक पढिएको
  • रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् ।भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री  एस। जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ । उनले भारतीय जनता पार्टी (भाजपा)का पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । भारतले विगतमा सत्तारुढ दलका अध्यक्षको नाताले तत्कालिी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कां

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 475 पटक पढिएको
  • बागमती नदीमा डुबेर बेपत्ता भएका दुई जना युवकको सनाखत

    रौतहट— बागमती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका दुई युवकको सनाखत भएको छ। बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो रहेका प्रहरीले जनाएको छ । पाँच जनाको समूहसँग नदीमा गएका उनीहरू नुहाउने क्रममा गणेश र रोशन डुबेर बेपत्ता भएका हुन्।स्थानीयका अनुसार उक्त समूह महेन्द्र राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ मकवानपुर र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा पर्ने बागमती नदीमा पुगेको थियो। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 456 पटक पढिएको
  • सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 520 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.