समाचार

    Showing 2,851-2,860 of 26,501 items.
  • मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका छन् ।मन्त्री श्रेष्ठले शनिबार साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको अवस्थाबारे जानकारी लिएका थिए ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 537 पटक पढिएको
  • लाम्पाटा क्षेत्र विवाद प्रकरण घटनामा संलग्न अराजक समूहमाथि कारबाहीको माग

    बाजुरा— बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेत्रमा भएको अमानवीय व्यवहारको सत्य,तथ्य छानबिन गरी घटना संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।उक्त क्षेत्रको भएको विवादपछि नेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालय बाजुराले शनिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरिएको हो ।हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका २ थाली गाउँका करिब तीन सय स्थानीयहरू संलग्न भई लाम्पाटा क्षेत्रमा अराजक तवरले गरिएको अमानवीय व्यवहारको घोर निन्दा गरिएको छ । हुम्ली जनताले पु¥याएको क्षतिको निष्पक्ष रूपमा छानबि

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 453 पटक पढिएको
  • चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

    काठमाडौँ। चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो ।नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले तीनदिने अन्तरराष्ट्रिय पर्यटन मेलामा ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ अर्थात् ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थि

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 341 पटक पढिएको
  • नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    धुञ्चे। नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गर्नुभएको थियो ।  दुई देशका अधिकारीबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ । नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा बैठक फलदायी भएको सहभागी अधिकारीहर

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 284 पटक पढिएको
  • व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    भजनी। जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।    रु बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवनको कामत्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाइ छ । उहाँका अनुसार २०८२ असार २२ गते भवन निर्माणका लागि भएक

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 238 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा शनिबार वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।  कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 258 पटक पढिएको
  • पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

    कास्की। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्वसूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।“महानगरले यसअघि २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलघरभ

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 243 पटक पढिएको
  • १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

    वीरगन्ज। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताउनुभयो । उहाँले चालु आवको पेटोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताउनुभयो । जबकि गत आवको १० महिनामा भने रु छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो । चालु आवको १० महिनाम

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 244 पटक पढिएको
  • कोक्रोज कविता आन्दोलन : 'ह्यासट्यागको आगोमा जलिरहेको गणतन्त्र'

    कोक्रोज  कविता आन्दोलन :देवेन्द्र किशोरचोर जब भोकै हुन्छउसले चोर्छ—एउटा रोटी,एउटा पुरानो मोबाइल,कहिलेकाहीँसडकछेउको पसलबाटदुई मुठी चामल ।उसलाई समातिन्छ।भीड कराउँछ—“देश बिगार्ने यही  चोर हो!”तरजब चोर महलमा बस्छ,टाइ बाँध्छ,राष्ट्रगान गाउछ,र क्यामेराअघिदेशभक्ति झार्छ—त्यो मन्त्री हुन्छ,नेता हुन्छ,ठेकेदार हुन्छ,नीतिको भाषण दिन्छ।उसले चोर्छ—नदी,पहाड,बजेट,युवाको भविष्य,आमाको औषधि,बुबाको पसिना,विद्यार्थीको सपना।तर ऊ पक्राउ पर्दैन।किनकिउसको चोरीलाई“विकास” भनिन्छ।सडकमा उभिएकोएउटा जेन जी केटोरिल बनाउँदै कराइरहेको छ—“यो देश हाम्रै हो!”उसको आवाजमार्‍यापको रिस छ,टिकटकको गति छ,र बेरो

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 211 पटक पढिएको
  • एमालेभित्र नेतृत्व संकट, अवसरवाद र राष्ट्रवादको राजनीतिक मूल्य धरापमा

    देवेन्द्र किशोर: शुक्रबार गुण्डूस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठक केवल नियमित आन्तरिक छलफल थिएन; त्यो एमालेभित्र लामो समयदेखि थन्किएको असन्तुष्टि, वैचारिक अस्पष्टता र नेतृत्व केन्द्रित राजनीतिक संस्कृतिको विस्फोटजस्तै बन्यो। अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच भएको चर्काचर्कीले एमालेभित्रको शक्ति–संघर्ष सतहमै आएको संकेत गरेको छ।पार्टी आन्दोलन संकटमा परेको बेला नेतृत्वको प्रतिरक्षा गर्नुको सट्टा केही नेताहरू पुनर्गठनको अभियानमा लागेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि जनाए। “नेतृत्वको रक्षा गर्न नसक्नेहरूलाई जिम्मेवारी दिन सकिँदैन” भन्ने उनको अभिव्यक्त

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.