समाचार

    Showing 2,861-2,870 of 17,177 items.
  • विकास र कृषि समस्याका विषयमा कांग्रेस झापाको प्रतिनिधि मण्डल काठमाडौंमा

    विर्तामोड— विकास निर्माण र कृषि क्षेत्रका समस्याहरू समाधान गर्न ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस झापाको प्रतिनिधि मण्डलले बुधबार काठमाडौंमा तीन मन्त्रालयका जिम्मेवार मन्त्रीहरूसँग भेटवार्ता गरेको छ।जिल्ला सभापति देउकुमार थेबे नेतृत्वको प्रतिनिधि मण्डलले पहिलो भेट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग गरेको थियो। भेटमा प्रतिनिधि मण्डलले एसियन हाईवे निर्माणका क्रममा बिर्तामोड बजार क्षेत्रको सौन्दर्य र व्यापारमा असर नपुग्ने गरी व्यवस्थित फ्लाइओभर निर्माण गर्न सुझाव दिएको छ। कलंकीको जस्तै बाइपास निर्माण गरी बजार क्षेत्रको सन्तुलन कायम गर्नुपर्ने सुझाव प्रतिनिधि मण्डलले दिएको हो

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 490 पटक पढिएको
  • कण्डममा कोकिन: त्रिभुवन विमानस्थलमा ब्राजिलियन युवतीको अचम्मको तस्करी प्रयास

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागू औषध कोकिन तस्करीको प्रयासमा एक विदेशी युवती पक्राउ परेकी छिन्। विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका यात्रुमाथि निगरानीका क्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले ती युवतीलाई पक्राउ गरेको हो।पक्राउ परेकी युवती २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरा हुन्। उनी ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी थिइन्। उनी भुटान जाने तयारीमा रहेको अवस्थामा विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ परेकी प्रहरीले जनाएको छ।सुरक्षाकर्मीले जाँच गर्ने क्रममा उनको स्वेटरको कालो ब्राभित्र कण्डममा भरेर

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 466 पटक पढिएको
  • रबि लामिछानेद्वारा रुपन्देही कारागारमा २१ थान पंखा सहयोग

    रुपन्देही— जनताको सेवा भावनासहित सक्रिय रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्व गृहमन्त्री रबि लामिछानेले रुपन्देही कारागारमा रहेका कैदीबन्दीका लागि २१ थान पंखा उपलब्ध गराएका छन्।२५० कैदी क्षमता भएको रुपन्देही कारागारमा हाल करिब ६०० कैदीबन्दी रहेका छन्। अत्यधिक गर्मी (४० डिग्री सेल्सियस हाराहारी) को बीचमा पंखाको अभावमा बसेका कैदीहरूले लामो समयदेखि कारागार प्रशासनसँग सहयोगको माग गर्दै आएका थिए। कैदीहरुले आफुहरुले माग गरेपनि प्रशासनले सो बारे बेवास्ता गरेको उनीहरूको गुनासो छ।पूर्व गृहमन्त्री समेत भएका लामिछाने कारागार निरीक्षणका क्रममा कैदीबन्दीहरूले पंखाको माग गर्दै

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 516 पटक पढिएको
  • मापसे गरेर अधिवक्ताको परीक्षा दिन पुगेपछि एक परीक्षार्थी पक्राउ

    सुर्खेत— नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति दैलेखको दुल्लु नगरपालिका–५ का ४५ वर्षीय नगेन्द्र बहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार थापा वीरेन्द्रनगर नगरपालिका–१३ स्थित गुप्तीपुरको श्री अमर ज्योति नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अधिवक्ता तहको ३३औँ परीक्षामा सहभागी हुन आएका थिए। तर, उनी मादक पदार्थ सेवन गरेको अवस्थामा परीक्षा केन्द्रमा पुगेका थिए।परीक्षा सञ्चालन भइरहेको ब

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 474 पटक पढिएको
  • वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं— लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गजुरी गाउँपालिकास्थित जहरे खेत नजिकै खसेको ठूलो पहिरोले राजमार्गको दुबैतर्फको सवारी आवागमन ठप्प पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिए।पहिरो पन्छाउने काम जारी रहेको उनले बताए । लगातार पानी परिरहेकाले काममा कठिनाइ भइरहेको छ। पहिरो विस्तारै बगिरहेकोले सुरक्षाको दृष्टिकोणले पनि सावधानी अपनाइएको जनाइएको छ।राजमार्ग अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौंबाट बिहान छुटेका सवारीसाधन र राजधानी प्रवेश गर्न लागेका रात्री बसहरू सडकमै रोकिएका छन्। थप सवारी जाम हुन नदिन प्रहरीले

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 430 पटक पढिएको
  • सप्तरीमा ४ सय किलो गाँजा बरामद

    सप्तरी— जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ स्थित महादेवाबाट करिब ४ सय किलो गाँजा प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार साँझ उक्त गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गाँजा झाडीमा बेवारिसे अवस्थामा लुकाएर राखिएको थियो।सुरक्षाकर्मीहरूले १७ वटा पोकामा प्याक गरिएको अवस्थामा जम्मा ३ सय ९७ केजी गाँजा फेला पारेका हुन्।हाल गाँजा आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 434 पटक पढिएको
  • वितरण योग्य नरहेका ५१ वटा जार जफत, १७ कम्पनीको पानी ल्याबमा परीक्षण गरिदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाभित्र वितरण भइरहेको जारको पानीको गुणस्तरप्रति व्यापक शंका उत्पन्न भएपछि महानगरपालिकाले अनुगमन र चेकजाँचलाई तीव्र बनाएको छ। यसै सिलसिलामा माछापोखरी क्षेत्रमा काठमाडौं महानगरपालिका, कृषि तथा पशुपक्षी विभाग, र महानगर प्रहरी बलको संयुक्त टोलीले पानी आपूर्तिकर्ता कम्पनीहरूमा छापा मारेका छन्।उक्त चेकजाँचको क्रममा कुल ५१ वटा पानी जार वितरण योग्य नदेखिएको भन्दै जफत गरिएको छ। यी जारहरूमा पानीको गुणस्तर मापदण्ड अनुसार नभएको, उचित फिल्ट्रेसन प्रक्रिया नअपनाइएको वा म्याद नाघेको पानी हुन सक्ने अनुमान गरिएको छ।त्यसैगरी, शंकास्पद देखिएका १७ वटा पानी आपूर्ति कम्पनीका नमूनाहरू ल्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 463 पटक पढिएको
  • ४५ शैक्षिक परामर्श केन्द्रमा ताला लगाउन प्रशासनको आदेश

    काठमाडौं— शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने, “जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौँ । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।” बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 504 पटक पढिएको
  • भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते

    काभ्रे– काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । गएराती चौँरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो भुम्लु गाउँपालिका– ८ पौवास्थित उकालोमा दुर्घटना भएको हो ।दुर्घटनामा चौँरीदेउराली गाउँपालिका– ६ का वडाध्यक्ष किशोरराज गिरी, पदमकुमार दुलाल, डिल्लीप्रसाद गौतम, हाटुज राज गिरी र तेजबहादुर पन्थ घाइते भएका छन् ।घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्किएका छन् भने वडाध्यक्ष गिरीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ । उनको देब्रे खुट्टा फ्याक्चर भएको छ । चालक पाँचखाल नगरपालिका– ५ का युनिस गौतम भने सकुशल छन् ।ब्रेक फेल भएर बोलेर

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 407 पटक पढिएको
  • कालीकोटमा फाेर्स गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

    कालीकोट – कालीकोटकाेमा फाेर्स दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। फाेर्स गाडीमा सवार अन्य दुई जना सामान्य घाइते भएका छन्।जुम्लादेखि सुर्खेतकाे लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फाेर्स गाडी तिलागुफा र खाँडाचक्रकाे सिमाना गाेलुवा खाेलामा दुर्घटना भएको प्रहरी जनाएको छ।घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकाेट पठाइएको छ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 462 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा