समाचार

    Showing 2,871-2,880 of 26,501 items.
  • रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज

    काठमाडौं— रवि लामिछानेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज सामूहिक छलफल गर्ने भएका छन् ।रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापतिले छलफलको तालिका बनाएको जानकारी दिएका छन् ।उनका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म तथा मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल तय गरिएको छ ।विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार बैठक अवरोध गरिरहेका बेला रास्वपाले पार्टीभित्र छलफललाई तीव्र बनाएको हो ।त्यस्त

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 452 पटक पढिएको
  • नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

    काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।ठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो ।उक्त समझदारीमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभयो ।  न

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 306 पटक पढिएको
  • आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज केही जिल्लामा भारी वर्षा समेत भएको छ । आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशक

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 320 पटक पढिएको
  • कामपामा एक सय चौबन्न जना मेलमिलापकर्ता सूचीकृत

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ । कामपाका  निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षासहित १५४ जना तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति सङ्ख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो नतिजा होइन । सत्रबाट कतिवटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।” स्थानीय सरकारमा न्यायिक निरुपणको गहन जिम्मेवारी भएको उल्लेख गर्दै वडा तहबाटै विवाद समाधान गराउने लक्ष्य पूरा गर्न वडा कार्यालयहरूमा मेलमि

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 264 पटक पढिएको
  • कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

    कास्की। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो ।अनुगमन समितिका संयोजकसमेत रहनुभएका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थपन मापदण्ड, २०७७ बमोजिम निर्णय गरिएको बताउनुभयो । “बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 240 पटक पढिएको
  • मन्त्री पोखरेल भन्छन राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकेको छैन

    काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रमा राज्यले अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन् ।बिहीबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आत्मआलोचनासहित राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन नसकिएको बताए । उनले सीमित स्रोत र साधनकाबीच भए पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउने प्रयास जारी रहने प्रतिबद्धता जनाए ।उनले भने, ‘राज्यले आत्मआलोचनाबाट जति खेलाडीहरूको लागि गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । खेलकुद क्षेत्रला

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 565 पटक पढिएको
  • खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

    काठमाडौं— राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ ।महासंघका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित भएको संकल्प प्रश्तावलाई वर्तमान सरकारसंग तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।आफूहरुले विगत लामो समयदेखि शहरी खानेपानी क्षेत्रको सुधारका लागि पहल गर्दै आएको जनाउँदै भने, ‘खानेपानी क्षेत्रमा लगाइँदै आएको २५ प्रतिशत आयकर छुट गर्नेलगायतका विषयमा सरकार गम

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 529 पटक पढिएको
  • भूमिहीनमाथि अमानवीय व्यवहार भएको दुई संसदीय समितिको निष्कर्षः सम्बन्धित मन्त्रालयसँग छलफल गरिने

    काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको ’होल्डिङ सेन्टर’ बाट हटाएर आश्रममा सारिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।बिहीबार सिंहदरबारमा बसेको ’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ’सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को संयुक्त बैठकमा उक्त होल्डिङ सेन्टरको अनुगमनपछिको समीक्षा गर्दै समितिका पदाधिकारीहरूले सरकारको कदमलाई ’अमानवीय’ भन्दै कडा आलोचना गरेका हुन्।बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्ती राईले भूमिहीनहरूलाई होटेल र त्यसपछि आश्रममा सारिनु झन् जटिल समस्या भएको बताइन्। उनले भनिन्, ‘वैक

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 593 पटक पढिएको
  • विपक्षीको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं— प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदहरूको अवरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।आजको बैठकमा पनि प्रधानमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 511 पटक पढिएको
  • अमेरिकाको संसद् भवनबाहिर ट्रम्पविरुद्ध पूर्वसैनिकले गरे प्रदर्शन

    एजेन्सी— अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्वसैनिक र उनीहरूका समर्थकले वासिङटन डीसीमा रहेको अमेरिकी संसद् भवनबाहिर प्रदर्शन गरे।विरोध प्रदर्शनमा ठुलो संख्यामा पूर्वसैनिक र युद्धविरोधी कार्यकर्ता सहभागी भएका थिए।सो प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरू ट्यामी डकवर्थ र टिम केन पनि उपस्थित थिए।हालैका दिनमा अमेरिकी कंग्रेस र पूर्वसैनिक समूहभित्र ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढेको छ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 1,186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.