समाचार

    Showing 21-30 of 19,699 items.
  • मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात

    भद्रपुर। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो छ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरको सामान विभिन्न मुलुक निर्यात

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 166 पटक पढिएको
  • आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

    कर्णाली। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो । नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँले उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको जनाउँदै अहिले अवस्थामा सामान्य रहेको बताउनुभयो । प्रमुख सेना

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 141 पटक पढिएको
  • निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ ।उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार व

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 163 पटक पढिएको
  • फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

    काठमाण्डौं—  विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ ।यस सिरिजमा चारवटा मोडेलहरू रेड्मी नोट १५ प्रों ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रों ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ । जसमा १०५ एसआईसी सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।रेड्मी नोट सिरिजमा पहिलोपट

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 310 पटक पढिएको
  • शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री आवेदन खुला

    काठमाण्डौं— शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्ष

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 316 पटक पढिएको
  • बाजुरामा रुख बाट लडेर एक जनाको मृत्यु

    बाजुरा— जिल्लामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो।बेलुकी रुखमा चढेर डाँले घाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।घर नजिकैको रुखबाट डाँले घाँस भैंसीका लागि काट्न गएका कार्की रुखबाट लडेर गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याएको थियो ।अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 316 पटक पढिएको
  • काठमाडौं–५ को टिकट विवाद: राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन्।राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् ।उनले क्षेत्रीय कमिटीले युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दा पनि ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका कमल थापालाई टिकट दिनुले पार्टीभित्र स्वेच्छाचारिता र अदृश्य सेटिङ देख

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 319 पटक पढिएको
  • सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा रा

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 311 पटक पढिएको
  • रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन् ।ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् ।उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धि

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 313 पटक पढिएको
  • रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

    रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज रौतहट सहित देशभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गरिँदैछ।रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेका छन्।जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार, उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन आवश्यक सबै प्रबन्ध मिलाइएको छ।उम्मेदवारहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आफ्नो मनोनयन पत्र दर्ता गराउन सक्नेछन्।निर्वाचन अधिकृत

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 310 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा