काठमाडौं— महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् ।मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आम नागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरेकी हुन् ।यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगतास् म
काठमाडौं— मानव धर्मका प्रणेता एवं भारतको उत्तर प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए । साथै सम्पूर्ण उत्तराखण्ड र भारत सरकार नेपाललाई आवश्यक पर्ने हरेक सहयोगका लागि तयार रहेको स्पष्ट पार्दै उनले यो दुःखको घडीमा सबैलाई संयमित रहन र पीडितसँग ऐक्यबद्धता जनाउन अपिल गरेका थिए । यसअघि उत्तराखण्डका मु
पर्सा— पर्साको पकहामैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारी साधन चेकजाँच गरेको थियो ।प्रहरीका अनुसार तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई रोकेर जाँच गर्ने क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।ती पोकाहरू खोलेर जाँच गर्दा प्लाष्टिकसहित कुल ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएक
काठमाडौं— भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइँदैछ । भोटेकोशी बाढी गएको ११ औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो ।
काठमाडौं— नेपालको रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि चिलिमे सुरुङमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ।टोलीले सुरुङभित्र जमेको पानी निकास गर्नुका साथै सुरुङको गहिराइमा पुगेर उत्खनन तथा जोखिमयुक्त संरचनालाई सुरक्षित बनाउने काम अघि बढाएको छ।यो संयुक्त प्रयासले विपद्का बेला भारत र नेपालबीच भइरहेको सीमापार उद्धार, प्राविधिक सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भारतले प्राविधिक विज्ञता तथा मानवीय सहय
काठमाडौं— नेपाली रंगमञ्चको संस्थागत विकास तथा नाट्यकर्मीको पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै नाट्यकर्मी महासंघ नेपालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ।महासंघका अध्यक्ष राजेन्द्र रिमाल नेतृत्वको टोलीले प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो। महासंघले प्रतिष्ठान र नाट्यकर्मीबीचको सम्बन्धलाई व्यक्तिगत नभई संस्थागत आधारमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।ज्ञापनपत्रमा रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ–संस्थासँग परामर्श गर्नुपर्ने माग गरिएको छ। प्रशिक्षण, अनुसन्धान, अभिलेखीकरण, महोत्सव तथा अन्य रं
काठमाडौँ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याइएको थियो । “सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए”, कार्यालयले भनेको छ, “क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो ।” जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलट
काठमाडौँ। नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै मानिसहरू फसेको अवस्थामा रहेका हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढीसम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अपर त्रिशूली-१, अपर त्रिशूली-३ ‘ए’, अपर त्रिशूली-३ ‘बी’ तथा अन्य आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेना
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेलापरेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२
ख्वप (भक्तपुर)। साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ । गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्ले कार्ड प्रदर्शन गर्दै नगर परिक्रममा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.