समाचार

    Showing ३०१-३१० of २६,७९८ items.
  • भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन

    सुनसरी। रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन् ।रामधुनी नगरपालिका–५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन्।दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–९ की मीना बजगाईँ, बराहक्

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २४७ पटक पढिएको
  • पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    कास्की। त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ ।भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताउनुभयो ।बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उहाँले तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २२९ पटक पढिएको
  • भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी

    जनकपुरधाम। प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेको छ ।प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेका हुन् ।मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १६६ पटक पढिएको
  • भोटेकोशी बाढीः बाँकेका २७ जना सम्पर्कविहीन

    राँझा। कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार वेपत्ता भएकाहरूले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँच जना अन्य जिल्लाबाट आएका तथा दुई जना भारतीय नागरिक हुन् ।रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय र जलविद्युत् आयोजना, गोसाइकुण्ड क्षेत्रमा व्यवसाय तथा कैलाश मानसरोवर तीर्थयात्रामा रहेका बाँकेका सर्वसाधारण सम्पर्कविहीन छन् ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १६२ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

    बारा। मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियामा बिहीबार राति भएको दुर्घटनामा ३३ वर्षीय पाण्डेको मृत्यु भएको हो । यसैबीच, जनमत पार्टी बारा जिल्ला समितिले पाण्डेको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको जनाउँदै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ । 

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १५५ पटक पढिएको
  • मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व

    महोत्तरी। मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने यो मिथिला परम्पराको महत्वपूर्ण पर्व हो।पर्वका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको यश, पराक्रम र परोपकारी भावको कामना गर्दै दाहिने हातको नाडीमा ‘राखी’ (धागोको कलात्मक डोरा तथा रक्षासूत्र) बाँध्ने गर्छन् । मधेशका सबै जिल्लामा यो पर्व मनाइन्छ।हिन्दू परम्परामा साउन पूर्णिमाका दिनलाई रक्षाबन्धन पर्व भनिन्छ। सनातन परम्परामा रक्षाबन्धन भनिने पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । रक्षाबन्धनका अवसरमा गुरु–पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र यजमान

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १४९ पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३१ पटक पढिएको
  • आज जनैपूर्णिमा पर्व मनाइँदै

    काठमाडौँ। देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारी

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १७९ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग

    इलाम। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सात दिनको र वडाध्यक्ष तथा सदस्यद्वारा पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १९० पटक पढिएको
  • गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

    काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ ।गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा स्थानीयवासी एवं छिमेकका विभिन्न जिल्लाबाट आएका भक्तजन जात्रामा सामेल भएका छन् ।बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड हुने गर्दछ । विभिन्न छिमेकी जिल्लाबाट यहाँ आउने भक्तजन पैदलयात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । उक्त स्थानमा हिन्दू र बोनधर्म परम्पराअनुसार पूजा

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १४६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.