काठमाडौं— आज बिहनैदेखि काठमाडौंलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्याम) वर्षा भएको छ। तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिनुभयो। उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ। दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताए। अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनले बताए।पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। ब
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रु
काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो ।‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैंले स्पष्टिकरण दिइसकेको थिएँ । कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’ उनले भनिन् ।उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन
पोखरा । पोखराको लेकसाइड क्षेत्रमा गैरकानुनी रुपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट पक्राउ गरिएको हो ।पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ । उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा महुमुद्दिन एम अहमद वर्ष ४५ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा हु
सुर्खेत । हरेक बर्ष बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बनाएको ७१ बुँदे मार्गदर्शन अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका एक करोड भन्दा माथिका आयोजना र अन्य मन्त्रालयका ५० लाख भन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र ठेक्का गरिसक्नुपर्नेछ । योसंगै समपूरक र विशेष अनुदानका स्रोतबाट सञ्चालित हुने आयोजनाहरूको ठेक्का पत्रको सूचना साउन मसान्तभित्र आह्वान गरिसक्ने गरि असार २५ गते नै क्यालेन्डर बनाएर कार्यान्वयनका लागि सबै मन्त्रालयमा पठाइएक
काठमाडौं— संघीय लोकतान्त्रिक मोर्चाले बैठक आह्वान गरेको छ।मोर्चाको बैठक सोमबार अपराह्न ४ बजे बस्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। चक्रिय प्रणालीअनुसार मोर्चाको प्रमुख अहिले उपेन्द्र यादव छन्।बैठकमा मोर्चाको निर्धारित कार्यक्रमहरूबारे छलफल हुनेछ।त्यस्तै मोर्चामा कुमार लिङ्देन तथा केपी पालुङवाको पार्टीबीच सहकार्यबारे पनि छलफल भइरहेको छ। बैठकले त्यसलाई निष्कर्षमा पुर्याउने यादवले बताए।मोर्चामा जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील पार्टी, तमलोपा सहभागी छन्।
काठमाडौं— हप्तौँदेखि टर्कीलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहरलाई खतरामा पारेको छ । आगलागीका कारण सयौँ मानिसलाई आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।उत्तरपश्चिम टर्कीको बुर्सा वरपरका जङ्गली पहाडहरूमा रातभरको आगो द्रुत गतिमा फैलिएपछि सहरको पूर्वी उपनगरहरूमा रातको आकाशलाई रातो बनाएको थियो ।बुर्साका गभर्नरको कार्यालयले आइतबार एक विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट एक हजार सात सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । एक हजार एक सयभन्दा बढी दमकलकर्मीले आगो निभाउने प्रयास गरिरहेका थिए । बुर्सालाई राजधानी अङ्कारासँग जोड्ने राजमार्ग वरपरका जङ्गलहरू जलेको कारण बन्द गर
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसमा आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक सोड (लोड) बढेपछि समस्या उत्पन्न भएको हो र यसलाई समाधान गर्न काम भइरहेको छ।चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनदेखि चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यो पूरा भएपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने प्रा
काठमाडौं — स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्।सिंहले विगत ३० वर्षदेखि देशमा सहकारी रकम हिनामिना गर्ने मुख्य दोषी नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको दाबी गर्दै, तीन वर्षअघि मात्रै राजनीतिमा आएका लामिछानेलाई फसाउन खोजिएको बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा समर्थन जनाउन पार्टी कार्यालय पुगेका सिंहले सञ्चारकर्मीहरूसँग भने, "राज्यले प्रतिशोध गरिरहेको छ, यो पूर्णरूपमा राजनीतिक प्रतिशोध हो।"उनले लामिछा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.