काठमाडौँ । आज (सोमबार) देखि देशभर ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु भएको छ ।सोमबार वीर हस्पिटलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेताको सहभागितामा सरसफाई कार्यक्रमको औपचारिक उद्घाटन भएको हो ।उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले हस्पिटलमा मात्र नभएर देशभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ भनेर लागिपरेको जानकारी दिइन् ।‘यो अभियान एक हप्तासम्म सञ्चालन हुन्छ । हस्पिटलमा मात्र नभएर देशैभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ । घर, बाटो या कार्यालय हरेक स्थानको सरसफाइ कार्यक्रम दिनचर्यामा ल्याउनुपर्छ भनेर लागेको छौं । हामीले सुरुवात चाहीं हस्पिटलबाट गरेको
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।सोमबार सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अहिले बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएका हुन् ।
काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको बझाङ–बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा कम्पनी छनोट भएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रवक्ता नगेन्द्र चौधरीले यो आयोजना निर्माणका लागि निजी क्षेत्रका तीन र सरकारी क्षेत्रका तीन कम्पनी सहित ६ कम्पनी छनौट भएको जानकारी दिए ।उनका अनुसार आयोजनामा सरकारी पक्षबाट राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको २६ प्रतिशत शेयर रहनेछ । त्यसैगरी चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेडको समान १२.५/१२.५ प्रतिशत अंश रहने सुनिश्चित भएको छ ।निजीक्षेत्र तर्फबाट यसमा समृद्धि इनर्ज
बाँके । ‘त्यो रात अझै सम्झिन्छु । लगातार पानी परिरहँदा घर चर्किन थालेको थियो । केही समयमै एक भाग भत्कियो । हामी सबैले ज्यान जोगाउन भाग्नुपरयो । बच्चाहरू निकै डराएका थिए । त्यसपछि सबैभन्दा ठूलो चिन्ता फेरि घर कसरी बनाउने भन्ने थियो ।’ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी उत्तमसिंह पञ्जावीले गत वर्षको भदौमा आएको अविरल वर्षापछि आफूले भोगेको पीडा सुनाउँदै भने ।वर्षौँको मेहनत र दुःखले बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवार लामो समय तनावमा रह्यो । आर्थिक अवस्था कमजोर भएका कारण तत्काल घर मर्मत गर्ने अवस्था पनि थिएन । परिवारलाई सुरक्षित राख्ने र पुनः घर निर्माणका लागि आवश्यक रकम जुटाउने चिन्ता
काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि निष्कासन खुला गरेको साधारण सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो ।कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करो
सुर्खेत । नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो ।पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्
काठमाडौं । टर्किस एयरलाइन्सको इस्तानबुल–काठमाडौं उडान गर्ने विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएपछि आपत्कालीन उद्धार गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार आज बिहान करिब पौने ७ बजे इस्तानबुलबाट काठमाडौं आएको टिके ७२६ उडानको चक्कामा अवतरण गर्ने क्रममा आगो लागेको थियो । आगलागी भएपछि विमान धावनमार्गमै रोकिएको थियो । त्यसपछि विमानस्थलको आपत्कालीन उद्धार टोली, दमकल र सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । विमानमा रहेका यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको क्यानले जना
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी रकमबाट आएको बजेटलाई सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन् ।बराहताल गाउँपालिका–८ नं. वडाको नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा तहले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले विकास निर्माणका योजनाहरू पारदर्शी र परिणाममुखी ढंगले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।मुख्यमन्त्री कँडेलले अहिले सूचना र प्रविधिको पहुँच व्यापक बनेको भन्दै गाउँक
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित हात पारेको छ ।गए राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा गरयो ।बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले । जकोब बेथेलले २७ रन बनाए । जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन बनाए । मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।मुम्बईका तिलक वर्माले ५७ रनको अर्धश
ललितपुर । जन प्रशासन क्याम्पस त्रिभुवन विश्व विद्यालय र नेपाल जन प्रशासन संघको संयुक्त आयोजनामा आइतबार ललितपुर धोविघाटमा ‘सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम’ आयोजना गरियो ।सो अवसरमा ‘सार्वजनिक सेवा प्रवाह सुधार र नागरिक केन्द्रित शासन’ र ‘सार्वजनिक सेवाको डिजिटलाइजेशन र आधुनिकीकरण’ विषयक कार्यपत्रहरूमाथि गहन छलफल र संवाद गरियो।सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले ‘नागरिक मैत्री सेवा प्रवाह र सुशासनको मार्गचित्र’ अवधारणा पत्रमा संवैधानिक र कानुनी आधार, नागरिकमैत्री सेवाको अवधारणा, सेवा प्रवाहका औजारहरू, अन्तर्राष्ट्रिय अभ्यास, सुधारको मार्गचित्रलगायतका विषयमाथि चर्चा गरेका थिए ।महासचिव
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.