काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ ।नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ
काठमाडौं— थापाथलीमा रहेको द ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख देखिएको छ ।कलेज सञ्चालकहरूले झुक्क्याएर रकम असुलेको र दुबइमा इन्टर्नसिप भनेर कामदारका रूपमा पठाएको भन्दै आन्दोलन गरिरहेका विद्यार्थी पनि मत्थर देखिएका छन् ।विद्यार्थीहररु आफूहरूमाथि शिक्षाको नाममा ठगी भएको भन्दै सामाजिक सञ्जालमा सक्रिय रुपमा विरोध जनाइरहेका थिए । तर शिक्षा मन्त्रालयले कलेज प्रशासनलाई एक निर्देशनात्मक आदेशसहितको पत्र पठाएपछि विवाद साम्य हुँदै गएको हो ।कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलका अनुसार मन्त्रालयको परिपत्रले अवस्था सामान्य हुँदै गएको छ । मन्त्रालयले सन् २०२६ देखि टिबीसी र दुबईको एचएम कार्यक्रम बन्द
काठमाडौं— टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क अनुसार बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउने प्रक्रियामा रहेको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले टोखा नगरपालिकाले पूर्वाधारको पक्षमा ८५५ काम सकिसकेको भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।उनले भने, ‘पूर्वाधारमा हामी ८५५ काम सकिसकेका छौ र स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छौ । टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क भने जस्तै, हामीले बसपार्कको नजिकै
डडेल्धुरा— डडेल्धुरा अस्पताल विकास समितिले आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।समिति अध्यक्ष करूणाकर ओझामाथि दुव्र्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको कारण आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।अस्पतालद्वारा जारी सूचना अनुसार पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र ने।क।पा। बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए ।यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अ
काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा नेपालले ढिलाइ गरिसकेको बताएका छन् ।बिहीबार आयोजित इयु–नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता महत्त्वपूर्ण रहेको र यसको तयारीमा पहिले नै धेरै ढिलाइ गरिसकेको बताएका हुन् ।उनले प्रस्तुतीकरणमा उठाइएका पाँच मुख्य बुँदामध्ये निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता सबैभन्दा महत्वपूर्ण भएको बताए । ‘मेरो आफ्नै विचारमा, हामीले यस विषयमा तयारी गर्न निकै ढिलाइ गरिसकेका छौं,’ उनले भने, ‘व्यापार ल
सुर्खेत— कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एकरएक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।बिहिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले तीन वटा स्थानीय तहलाई एकरएक करोड बजेट दिने निर्णय गरेको हो ।सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रकम दिने निर्णय भएको भुमि व्यवस्था, कृष
काठमाडौं— अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेसन (आईएचआरएफ) ले पाकिस्तानमा हालै भएका अदालतका कारबाहीले प्रेस स्वतन्त्रता, न्यायिक स्वतन्त्रता तथा मौलिक अधिकारमाथि गम्भीर खतरा पैदा गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) मा गहिरो चिन्ता व्यक्त गरेको छ ।आईएचआरएफले जारी गरेको वक्तव्यमा पाकिस्तानको आतङ्कवादविरोधी अदालतले विदेशमा बसोबास गरिरहेका केही पाकिस्तानी पत्रकार तथा राजनीतिक विश्लेषकहरूलाई अनुपस्थितिमै दोषी ठहर गर्दै कडा जेल सजाय सुनाएकोप्रति आपत्ति जनाएको छ ।दोषी ठहर गरिएकामा पत्रकारहरु आदिल राजा, शाहिन सेहबाई, डा. मोइद पिरजादा, सैयद अकबर हुसेन, वजाहत सईद खान, साबिर शाकिर र सैयद हैदर रजा मेहदी
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन् ।उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज एकाबिहानै संवादमा, चुनावबारे कुनै आशंका छ र ! कुरा यहाँबाट सुरू भयो है
काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।नेपालगञ्जको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ-७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.