काठमाडौं— एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ खुला गरिएको हो ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दालाई, ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहे
काठमाडौं— देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने गणक तथा सुपरीवेक्षकहरू देशभरि सम्बन्धित क्षेत्रमा खटिइसकेका छन् ।निर्धारित कार्यतालिकाअनुसार आगामी असारको पहिलो साताभित्र स्थलगत तथ्यांक संकलन सम्पन्न गरिनेछ । यसका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ । यस गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत आर्थिक क
बाजुरा— दुर्गमका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्य सहित बाजुराको पूर्वी उत्तरी क्षेत्रको बुढी नन्दा नगरपालिका २ कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।मंगलबार गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख काली प्रसाद पराजुलीले औपचारिक रूपमा कार्यालयको उद्घाटन गरेका हुन्।माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा लिनका मार्तडीमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो।कोल्टी मा नागरिकता सहित मालपोत र नापीको कार्य सञ्चालन समेत हुने भएपछि यहाँका चार पालिकाका नागरिकले सहज रूपमा सेवा पाउने भएका हुन्।यस अघि माथिल्लो क्षेत्रका नागरिक न्यूनतम १५ हजार खर्चेर नागरिकता लगायतका
रामेछाप— रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ ।निर्माण व्यवसायीले समयमा काम नगर्दा सो सडक किनारका बस्ती तथा सडकमा गुड्ने यातायात साधन र यात्रीले हैरान खेपेका छन् ।सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने स्थानीयले धुलो र हिलो खेप्नु परेको छ ।सडकमा उड्ने धुलोले घरमा बसिन सक्नुको अवस्था आएको रामेछाप नगरपालिका–६ का राजु श्रेष्ठ बताउँछन् । यसै गरी सडक खनेर छाड्दा झर्ने पहिरोले बस्तीहरू जोखिममा परेका छन् भने सडकबाट फालेको ढु
काठमाडौँ। आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानि
सर्लाही— सर्लाहीसहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व उत्साह र उमङ्गका साथ मनाइँदै छ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको यो पर्वलाई मधेश तथा प्राचीन मिथिला क्षेत्रमा नयाँ वर्षको रूपमा विशेष महत्वका साथ मनाइन्छ ।गर्मीयामको सुरुवातसँगै शरीर, घरपरिवार तथा वातावरणलाई शीतल बनाउने उद्देश्यले यो पर्व मनाउने परम्परा रहेको छ । जुडशीतलका अवसरमा बिहानैदेखि घरपरिवारमा ज्येष्ठ सदस्यहरूले साना सदस्यहरूको टाउकोमा पानी राखेर आशीर्वाद दिने चलन छ ।यसरी ‘जुड’ अर्थात् जुराउने र ‘शीतल’ अर्थात् चिसोपन प्रदान गर्ने सांस्कृतिक विश्वासलाई व्यवहारम
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको हो ।टस हारेर ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाई १९२ रन बनाएको थियो ।चेन्नईका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर एवं कप्तान रितुराज गायकवाड ७ रनमै आउट भए ।आयुष महात्रेले ३८ रन बनाए । उनले १७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। डेवाल्ड ब्राभिसले २९ बल खेल्दै ४ चौका र २ छक्कासहित ४१, सरफराज खानले १८ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।१९३ रनको लक्ष्य पाएको कोलकाताले
घोडाघोडी। कैलालीको घोडाघोडी नगरपालिका–१, सुख्खडकी विमला बुढाथोकीको घरछेउमै सामुदायिक वन छ । उहाँ उक्त वनको सदस्य पनि हुनुहुन्छ । त्यसैले पनि उहाँलाई नयाँ घर निर्माण गर्दा काठ पाउनका लागि समस्या नहोला भन्ने लागेको रहेछ । निर्माण सुरु भएपछि भने उहाँले सोचे जस्तो भएन । घरछेउमै सामुदायिक वन हुँदा पनि आफूले झ्याल–ढोकाका लागि आवश्यक काठ पनि सहज रूपमा नपाएको गुनासो गर्दै बुढाथोकी भन्नुहुन्छ, “आफू सदस्य रहेको वनमा काठ छ, त्यसैले समस्या नहोला भन्ने ठानेकी थिए, तर निकै झण्झटिलो हुँदो रहेछ, त्यसैले महँगो मूल्य तिरेर सःमिलबाट काठ ल्याउनुप¥यो ।” बुढाथोकीले मात्रै होइन, घोडाघोडीलगायत जिल्लाका अधिकांश
काठमाडौँ। आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन
झापा। राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाई गर्न थालेको छ ।सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि यहाँ कडाई गरिएको हो ।यहाँ सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत सीमा नाकामा रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ । भन्सार महसुल नुबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.