समाचार

    Showing ४६१-४७० of २६,७९८ items.
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

    काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका-३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका-१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् । पक्राउ मध्ये सुष्माले चेक र

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १६९ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : धादिङका जोखिमयुक्त बस्ती खाली गरिँदै

    धादिङ । रसुवाबाट आएको बाढीको बहाव बढ्दै गएपछि धादिङ प्रशासन उच्च सतर्कतासहित ‘रेस्क्यु मोड’मा पुगेको छ। त्रिशूली नदी तथा अन्य खोला किनारका जोखिमयुक्त बस्तीलाई धमाधम सुरक्षित स्थानमा सार्न थालिएको छ। बाढीको बहाव गल्छी क्षेत्रसम्म आइपुग्दा एउटा झोलुङ्गे पुल बगाइसकेको छ। थप जोखिम बढ्न सक्ने भन्दै प्रशासनले विशेषगरी गल्छी र मलेखु क्षेत्रका तटीय बस्तीलाई प्राथमिकतामा राखेर स्थानान्तरण गरिरहेको छ।मानवीय क्षति हुन नदिन सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीलाई फिल्डमै परिचालन गरिएको छ। स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा लैजाने काम तीव्र पारिएको छ।बाढीको जोखिमलाई मध्य

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २०० पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: धादिङसम्म आइपुग्यो बाढी गल्छीको झोलुङ्गे पुल बगायो राजमार्ग समेत थप्प

    धादिङ । रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीको प्रभाव धादिङसम्म पुगेको छ। बाढीको बहाव बढेसँगै गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुल बगाएको छ भने नदी तटीय बस्तीहरू उच्च जोखिममा परेका छन्।धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार जिल्लामा अहिलेसम्म ठूलो मानवीय क्षतिको विवरण आएको छैन। तर बाढीको सतह बढ्दै गएकाले गल्छी, मलेखुलगायतका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।जोखिममा रहेका खोला तथा नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीहरू नदी किनारमा परिचालन गरिएका छन्।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९५ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: रसुवा बाढीपछि उद्धारमा ‘एयर अप्रेसन’को तयारी, सबै हेलिकप्टर स्ट्यान्डबाइमा

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखेको छ।प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार तत्काल उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्न तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको छ।बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। थप जनशक्ति अन्य जिल्लाबाट समेत प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।त्यसैगरी, प्रभावित क्षेत्रमा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १४६ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : उद्धार तथा क्षतिको निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन

    काठमाडौं । तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले तल्लो तटीय क्षेत्रका जलविद्युत् आयोजना, बस्ती तथा प्रहरी कार्यालयमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी छ। उद्धार तथा क्षतिको निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।बाढीका कारण नदी तटीय क्षेत्रमा थप जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ७३ पटक पढिएको
  • सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि

    जनकपुरधाम। माडरस्थित सिरहा भन्सार कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व सङ्कलमा उल्लेख्य प्रगति गरेको छ ।कार्यालयका सूचना अधिकारी विमलकुमार श्रेष्ठका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १८ करोड छ लाख ३४ हजार राजस्व असुलीको लक्ष्य राखेकामा रु १४ करोड ९४ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । यो निर्धारित लक्ष्यको ८३ प्रतिशत हो ।त्यसैगरी, अघिल्लो आव २०८१/८२ मा रु १२ करोड १२ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य लिएको सो कार्यालयले लक्ष्यको १२२ प्रतिशत अर्थात रु १४ करोड ८३ लाख ६१ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव २०८०/८१ मा सो कार्यालय लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको थि

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २२४ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : ५ जिल्लामा उच्च सतर्कता,तीन प्रमुख सडकमा यात्रा नगर्न गृहको आग्रह

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको आकस्मिक ठूलो बाढीपछि गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका भोटेकोशी तथा त्रिशूली नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो।बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान गृहले अनुरोध गरेको छ।यसैबीच, गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ। जोखिमप

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५५ पटक पढिएको
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मङ्गलबार अपराह्न गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङ गरी राखेको लु१ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा पैदलयात्री विकलाई अचानक ठक्कर दिएको थियो ।दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि गए राति नै बुटवलस्थित चौराहा हस्प

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १८३ पटक पढिएको
  • ‘ट्रयाक्टर’ले किचेर मृत्यु

    वीरगन्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ ।  ट्याक्टरबाट खसेका उनीलाई सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । फरार चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।  

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १६६ पटक पढिएको
  • रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ, उनले लेखेका छन्, ‘सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ६५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.