समाचार

    Showing 481-490 of 26,407 items.
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 198 पटक पढिएको
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

    चितवन। पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 292 पटक पढिएको
  • सरकार र अभियन्ता रानाभाटबीचमा १९ बुँदे सहमति

    काठमाडौँ। विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियन्ता ज्योति रानाभाटले अनसन अन्त्य गर्नुभएको छ । सरकारी वार्ता टोली र अभियन्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियन्ता रानाभाटले अनसन अन्त्य गर्नुभएको हो । नर्ससमेत रहनुभएका रानाभाटाले यही साउन १४ गतेदेखि अनसनमा बस्नुभएको थियो ।सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।सहमतिका बुँदाहरूमा सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 209 पटक पढिएको
  • तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

    जनकपुरधाम। जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर गए राति एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ । साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको विहार राज्यको हाजीरपुर निवासी २० वर्षीय आदर्शकुमार झाले अचानक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । पोखरीमा हामफालेपछि स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटना

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 436 पटक पढिएको
  • पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

    चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो । यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ । 

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 306 पटक पढिएको
  • सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

    चितवन। चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो ।निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उहाँले बताउनुभयो । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन ।संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 235 पटक पढिएको
  • भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

    चितवन। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहककामा विद्युत लाइन जोड्न थालनी गरेको छ । मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो ।  आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहिको घरमा लाइन जोडिसकेको छ ।आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिसकेको जनाएको छ । ग्राहकको घरमा लाइन जडानको काममात्र बाँकी रहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सेवाग्राहिका घरमा जडान गर्ने कामसमेत तीव्र पारिएको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म तीन सय जना ग्राहकको घरमा भूमिगत प्रक्रियाबाट लाइन जडानको काम सकिएको छ ।” भरतपुर महानगरपालि

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 237 पटक पढिएको
  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाक

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 352 पटक पढिएको
  • लागूऔषध सहित पाँच जना पक्राउ

    काठमाडौं / लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका—९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका—५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५—००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा।प्र।०२—०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका—७ घर भएका २

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 146 पटक पढिएको
  • ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ ।त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो । “हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ”, सापकोटाले रास

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 263 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.