बुटवल— पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उमेदवारी चयनमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उमेदवार बनाएपछि यज्ञजित असन्तुष्ट बनेका थिए । यसअघि, उपचुनावमा पनि उनी आकांक्षी थिए । कांग्रेस र मधेसवादी दल हुँदै नौ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर उनी एमाले प्रवेश गरेका थिए ।कुनै अवसर नपाएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । सबै पार्टीमा उपनिर्वाचनका आकांक्षीबाटै उमेदवार छानिँदा आफू भने नपरेको भन्दै पार्टीमा बस्नुको कुनै औचित्य नभएको उनको भनाइ छ । शाहले पार्टीमा अव
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा टिकट प्रदान गरिएको हो।पार्टीका तर्फबाट गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका थिए। रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङले अब धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गर्नेछिन्।यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन्। तर अन्ततः उनी रास्वपाको तर्फबाट धादिङ–१ मा उम्मेदवार बनेकी हुन्।
काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लामो समयपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्। काठमाडौं उपत्यका बाहिर जान लगाइएको प्रतिबन्ध हालै फुकुवा भएसँगै उनी सोमबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्।गत भदौमा भएको युवा नेतृत्वको ‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसापछि गठित जाँचबुझ आयोगले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो। आयोगको हालैको निर्णयपछि उक्त प्रतिबन्ध हटाइएको हो।भद्रपुर विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले ओलीको भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रमपछि उनी सिधै दमकतर्फ प्रस्थान गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा
राजविराज— मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट मात्र नभई जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको जानकारी दिएका छन् ।प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराएका छन् । सोही पार्टीबाट उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् ।
काठमाडौं— नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै प्राप्त गरेको दाबी गरेका छन् ।लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट गरेका छन् ।सार्वजनिक रूपमा जारी गरिएको आफ्नो धारणा (स्टाटस) मार्फत अन्सारीले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै खर्चिएको उल्लेख गर्दै राजनीतिका अनेक उतार–चढाव कांग्रेसमै रहेर पार गरेको बताए ।तर पछिल्लो स
विराटनगर— झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ।माघ ४ गते प्राप्त विशेष सूचनाका आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–८ का महमद सहवाज र वडा नं. ७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–९ स्थितबाट सुन्दरहरैचा–१० का योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागू औषध गाँजासहित पक्राउ गरेको छ।यसैगरी, सुनसरीको प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको टोलीले भोक्राहा नर्सिङ गाउँप
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने भएको छ। पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउने उद्देश्यले केहीबेरमै बैठक बस्ने तयारी भइरहेको कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामाले जानकारी दिए।उनका अनुसार बैठकमा निर्वाचनमा उठाइने उम्मेदवारबारे छलफल गरी अन्तिम निर्णय लिने तयारी छ। पार्टीभित्रबाट आएका विभिन्न सिफारिस र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उम्मेदवार तय गरिने बताइएको छ।निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ।
काठमाडौं— नेपाल प्रहरीका आठ प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा भएका छन् । सरुवा हुनेमा डिआइजी अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालयमा, कार्य विभागका जयराम सापकोटा कर्णाली प्रदेश प्रहरी कार्यालयमा र गण्डकी प्रदेश कार्यालयका दिनेश कुमार आचार्य प्रहरी प्रशिक्षण महाराजगञ्जमा सरुवा भएका हुन्।यसैगरी अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालयमा, प्रहरी प्रशिक्षण प्रतिष्ठानका दीपेन्द्र घर्ती क्षेत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा, केन्द्रीय अनुसन्धान ब्युरोका भुपेन्द्र खत्री लुम्बिनी प्रदेश प्रहरी कार्याल
काठमाडौं— नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् ।बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए ।उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उहाँ बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुन
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्। निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्। आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्यालीसहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ। मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।आज निर्वाचन अधिकृतको कार्या
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.