समाचार

    Showing ४१-५० of २६,७९८ items.
  • रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह

    काठमाडौं / देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी फ्ल्यास फ्लडको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी सूचना अनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका स–साना नदीहरूको जलसतह उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ । यी क्षेत्रमा तीव्र बहावसहित आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेकाले तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन सचेत गराइएको

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १८२ पटक पढिएको
  • त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त टोलीले शुक्रबार बिहान लामो खोज तथा उद्धार अभियानपछि सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालेको हो।बाढी आएको १० दिनसम्म सुरुङभित्र फसेका उनीहरूको अवस्था अज्ञात थियो। समय बित्दै जाँदा परिवार र आफन्तमा उनीहरू जीवितै भेटिने आशा कमजोर बन्दै गएको थियो। तर उद्धार टोलीले सुरुङभित्र खोजी जारी राख्दै अन्ततः दुवै जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो।उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तह

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १३१ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: ९२६ शवको व्यवस्थापन, सनाखतका लागि १,८६२ डीएनए नमुना संकलन

    काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १४८ पटक पढिएको
  • खोज तथा उद्धार कार्य जारी, ४,२०० जना अझै बेपत्ता

    काठमाडौं । परराष्ट्र मन्त्रालयले विपद्प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उल्लेख्य संख्यामा मानिसहरू अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।उनका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट १ हजार २५२ शव फेला परेका छन् भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन् ।उद्धार गरिएका व्यक्तिको संख्या ११ हजार ९९३ पुगेको छ । उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ । ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको प्रवक्ता क्षेत्रील

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • २२३ पटक पढिएको
  • सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए

    काठमाडौं । बाढीमा परि मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि सरकारलाई फेसबुकमा सुझाव दिएलगत्तै रसुवा सरुवा भएका कोशी प्रदेश सचिव कोषहरि निरौला विहीबारबाट काममा खटिएका छन् । निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवा खटाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई रसुवाको टिमुरे खटाउने निर्णय गरेको हो ।‘म अहिले धुन्चे पुगेको छु । जिल्ला प्रशासन कार्यालयमार्फत जिम्मेवारी अनुसारको काम सुरु गरेको छु । जिल्ला प्रशासनका सबै साथीहरु मिलेर सक्रियताका साथ काम भइरहेको छ,’ निरौलाले नेपाल न्यूज बैंकसँग

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ८८ पटक पढिएको
  • भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ रहेका छन् । बाढी तथा विपद्का घटनामा हालसम्म उपचार गरिएका

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १९९ पटक पढिएको
  • हिमालयको हुंकार : भोटेकोशी विपद्, जलवायु संकट र नेपालको बदलिँदो सुरक्षा चुनौती

    देशबन्धु बिश्वामित्र : नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै हिमाली क्षेत्रमा बढ्दो तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। नेपाल–तिब्बत सीमावर्ती हिमाली क्षेत्रमा अगस्ट २६ मा भएको बरफ तथा चट्टान खस्ने घटनापछि भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले उत्तरी तथा मध्य नेपालका बस्तीमा ठूलो क्षति पुर्‍याएको सरकारी विवरण छ।प्रधानमन्त्री शाहले विज्ञहरूसँगको छलफलका आधारमा यो विपद् हिमाली क्षेत्रमा भएको ‘रक–आइस एभलान्च’ अर्थात् चट्टान र बरफको ठूलो पहिरो वा हिमपहिरोका कारण उत्पन्न भएको हुन सक्ने ब

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • २६१ पटक पढिएको
  • भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

    काठमाडौँ। भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिनुभयो । “ती नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ”, उहाँले भन्नुभयो ।यसैगरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओख

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ११६ पटक पढिएको
  • भोटेकोशी बाढीः डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

    नारायणगढ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् ।चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना (रगत) सङ्कलन भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ ।बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतार

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १८७ पटक पढिएको
  • रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

    काठमाडौँ। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो । “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ । यद्यपि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने स्म्भावना छ”, उहाँले भन्नुभयो ।उहाँका अनुसार मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • २०८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.