समाचार

    Showing ५०१-५१० of २६,७९८ items.
  • मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

    जनकपुरधाम। मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ ।मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका लागि एक÷एक वटा, सर्लाहीका लागि दुई वटा सवारीसाधन प्रदान गरेको हो । यस्तै, रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयका लागि एक÷एक गरी १२ वटा पिकअप हस्तान्तरण गरेको हो ।गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशको शान्ति, सुरक्षा तथा नागरिकको जीउधनको संरक्षण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनु प्रदेश सरकारको दायित्व र प्राथमिकता भएको उह

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २३४ पटक पढिएको
  • ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    खोटाङ। ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना सञ्चालनमा आएपछि ३७० घरधुरी लाभान्वित भएका छन् ।गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नं २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आयोजना र झाँक्रीबास खानेपानी आयोजना तथा वडा नं ७ माक्पामा रोलुखोला नेरुङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।तीनवटै आयोजनामार्फत घर तथा सार्वजनिक स्थानमा ३७२ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेककेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।“तीनवटै खानेपानी आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गरी सञ्चालनम

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १८५ पटक पढिएको
  • पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    सुनसरी। आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय ।देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्‍याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिनुभएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।उहाँले दुई बिघा क्षेत्रफलमा उक्त खेती गरेर वार्षिक रु ५५ लाखदेखि ६० लाखसम्म आम्

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २२९ पटक पढिएको
  • बलात्कारविरुद्ध शून्य सहनशीलता : न्याय, राज्य र नेपाली समाजको भविष्य

    देवेन्द्र के ढुङगाना \ नेपालमा महिला तथा बालिकामाथि हुने बलात्कार र यौन हिंसा अब  व्यक्तिगत वा पारिवारिक पीडाको विषय रहेन। यो राज्यको कानुनी क्षमता, प्रशासनिक जवाफदेहिता, सामाजिक चेतना र राजनीतिक नैतिकताको गम्भीर परीक्षण बनेको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाली समाजलाई जुन गहिरो आघात दियो, त्यसको न्यायिक टुङ्गो अझै नलाग्नुले राज्य संयन्त्रप्रतिको विश्वासमै प्रश्न उठाएको छ। घटनाको अनुसन्धानमा देखिएका कमजोरी, अभियुक्त पहिचानमा भएको ढिलाइ र प्रमाण संरक्षणप्रतिको उदासीनताले एउटा गम्भीर अपराधलाई राष्ट्रिय बहसको विषय बनायो।निर्मला पन्त प्रकरण आफैँमा एउटा घटना

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २५१ पटक पढिएको
  • आलु रोक्ने नाकाबाट कसरी गयो १० किलो सुन ?

    काठमाडौं । नेपाल–भारत सीमामा सामान्य उपभोग्य वस्तु बोकेर आवतजावत गर्ने सर्वसाधारणमाथि कडा निगरानी हुन्छ । तर, नेपालसँग जोडिएको भारतीय क्षेत्रमा नेपाली नागरिकसहित दुई जना १० किलोभन्दा बढी सुनसहित पक्राउ परेपछि सीमा सुरक्षाको प्रभावकारितामाथि प्रश्न उठेको छ।उत्तर प्रदेशको कन्नौजमा दुर्घटनामा परेको एउटा ब्रेजा कारबाट १०.०२६ किलो २४ क्यारेट सुन बरामद भएको छ । भारतीय प्रहरीका अनुसार बरामद सुनको बजार मूल्य करिब १५ करोड ३९ लाख भारतीय रुपैयाँ छ ।घटनामा भारतको महाराजगञ्जका २९ वर्षीय सन्दीप जायसवाल र नेपालका ३३ वर्षीय सरोज पन्त पक्राउ परेका छन् । उनीहरूले सुनको बिल, लाइसेन्स वा वैध कागजात देखाउन नसकेको

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ५९९ पटक पढिएको
  • नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुल्यो, आजदेखि कार-जीप-भ्यान चल्न पाउने

    काठमाडौं । काठमाडौं–धादिङ आवागमनलाई सहज बनाउने लक्ष्यसहित निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि निजी सवारीका लागि खुला गरिएको छ। भदौ ८ गते बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यान सुरुङमार्गबाट आवतजावत गर्न पाउने भएका छन्। यसअघि उद्घाटन भएको करिब एक महिनासम्म सुरुङमार्ग आपत्कालीन सवारीका लागि मात्र प्रयोग हुँदै आएको थियो। हाल सुरुङमार्गलाई परीक्षणका रूपमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको छ। परीक्षण अवधिमा चालकको अनुभव, सवारी सञ्चालनमा देखिएका समस्या तथा सुरक्षाका विषयमा अध्ययन गरिने सुरुङमार्ग सुरक्षा युनिटले जनाएको छ।अहिले शुल्क छैनपरीक्षण अवध

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १६८ पटक पढिएको
  • दुर्गा प्रसाईंको घर खानतलासीमा सर्वोच्चको चासो : प्रहरीलाई लिखित जवाफ, बरामद सामानसहित उपस्थित हुन आदेश

    काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको घरमा गरिएको खानतलासीको कानुनी आधारमाथि सर्वोच्च अदालतले प्रश्न उठाएको छ।प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रहरीसँग बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।सर्वोच्चको आदेशसँगै अब प्रसाईंको घरमा प्रहरी किन पुग्यो ? खानतलासीका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो कि थिएन ? र खानतलासीका क्रममा नियन्त्रणमा लिइएका विद्युतीय सामग्री कुन आधारमा बरामद गरिए ?

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ३६२ पटक पढिएको
  • बाढीको जोखिममा काठमाडौंसहित ११ जिल्ला, आज विशेष सतर्कता अपनाउन आग्रह

    काठमाडौं । लगातारको वर्षाका कारण आज देशका विभिन्न क्षेत्रमा आकस्मिक बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी ११ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना छ।सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी र बागलुङमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।यी जिल्लाका खोला तथा नदीमा बहाव बढ्दा तटीय क्षेत्र, नदी किनारका बस्ती, सडक तथा पुलहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता आवश्यक देखिएको छ।यसैबीच दूधकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीलगायत ठूला नदीमा सम

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १३६ पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

    बाँके। पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर नियमित तथा प्रभावकारी उडान गर्न आग्रह गरेका छन् ।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा सातबुँदे घोषणापत्र जारी गर्दै यसबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपालगन्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिने उल्लेख गर्दै बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एकापसमा जोडेर धार्मिक पर्यटन सर

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २४० पटक पढिएको
  • पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सिए टिएस’ प्रमाणीकरण सुरु

    जनकपुरधाम। पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तरराष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ । सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको सङ्ख्या ७१ पुगेपछि संरक्षण उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय व्यवस्थापनमा रूपान्तरण गर्न सिए टिएस प्रक्रिया अघि बढाइएको हो । यसै क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा सम्पन्न सिए टिएस कार्यशालामा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, निकु

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २२१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.