समाचार

    Showing ५११-५२० of २६,७९८ items.
  • छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

    दमौली। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ ।  आइतबार साँझ  पहिरो खसेर सडकको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ । पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।  प्रहरी टोलीले पहिरो हटाई सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेकोे छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत प्रभावित भएकाले चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २३३ पटक पढिएको
  • बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने

    बागमती। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिनुहुने भएको छ । यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली कांग्रेसले विश्वासको मतको प

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २४१ पटक पढिएको
  • आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र  प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक / दुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २४८ पटक पढिएको
  • सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

    कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् । सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा सुदूरपश्चिममा २२३  सवारी दुर्घटना भएका थिए । यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४ जना घाइते भएका थिए । दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए ।उहाँका अनुसार १८१  दु

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २५३ पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समिति

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २०५ पटक पढिएको
  • दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    भद्रपुर। गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे । गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन दशकअघि रु १० बाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको छ ।झापाको अर्जुनधारा नगरपालिका–७ सरस्वती टोल स्थित ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को यो यात्रा केवल एउटा सामाजिक संस्थाको विस्तारको कथा होइन, विपत्तिमा परेको परिवारलाई समुदायले कसरी साथ दिनसक्छ भन्ने उदाहरण पनि हो । सानो सहयोगबाट सुरु भएको अभियान अहिले आफ्नै भवन, सा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २२५ पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १११

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २६७ पटक पढिएको
  • पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद गरेको हो ।जाँचका क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २५३ पटक पढिएको
  • आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

    कञ्चनपुर। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताउनुभएको छ ।आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उहाँले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताउनुभएको हो । “आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार एकडेढ साताभित्रै आयोग गठन हुँदैछ”, मन्त्री रावलले भन्नुभयो, “उक्त आयोगले समस्या समाधानको निकास निकाल्ने छ ।”समस्या समाधानको प्रक्रिया अघि बढिसकेकाले धैर्य गरेर बस्न आग्रह गर्दै उहाँले अब माग

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २०२ पटक पढिएको
  • जङ्गलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद

    कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाइछिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । त्यसैगरी, प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहप्रवक्ता प्रहरी निरीक्षक थापाका अनुसार भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका–१ का जनक खड्का र शुक्लाफाँटा नगरपालि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २२१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.