समाचार

    Showing ५२१-५३० of २६,७९८ items.
  • खुला सीमामा बढ्दो लागूऔषधको जालो

    देवेन्द्र के. ढुङगाना \ नेपाल–भारत सीमा दुई देशबीचको ऐतिहासिक सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धको सेतु हो। तर यही खुला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषधको अवैध ओसारपसार र कारोबार अहिले नेपाली समाजका लागि गम्भीर चुनौती बन्दै गएको छ। सीमा क्षेत्रमा लागूऔषध बरामद हुने, कारोबारी पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रम बढ्नु केवल प्रहरीको अपराध तथ्यांकमा थपिएको संख्या होइन, यसले नेपाली समाजमा फैलिँदै गएको एउटा गम्भीर सामाजिक संकटको संकेत  पनि गर्छ।कोशी प्रदेशमा लागूऔषधसम्बन्धी अवस्थाले यसको गम्भीरता स्पष्ट पार्छ। आर्थिक वर्ष २०७९/८० मा प्रदेशभर विभिन्न अपराधसँग सम्बन्धित ८ हजार ७ सय १९ मुद्द

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ३१० पटक पढिएको
  • होस्टेल सुधारका लागि प्रशासनले दियो एक महिनाको समय

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा सञ्चालन भइरहेका निजी छात्रावास (होस्टेल)लाई मापदण्ड पूरा गर्न एक महिनाको समय दिएको छ । छात्रावासमा विद्यार्थीमाथि दुर्व्यवहार, यातना, मनपरी शुल्क असुली, सरसफाइको कमी तथा लागूऔषध प्रयोगजस्ता गुनासो बढेपछि प्रशासनले सुधारका लागि समयसीमा तोकेको हो ।प्रशासनले सबै होस्टेललाई सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्न र शुल्क तथा दररेट सार्वजनिक रूपमा देखिने गरी राख्न निर्देशन दिएको छ । छात्रावासभित्र लागूऔषध, मादक पदार्थ र सूर्तीजन्य वस्तुको प्रयोगमा रोक लगाउनुपर्नेछ । साथै, पर्याप्त भौतिक पूर्वाधार, पुस्तकालय तथा अध्ययन कक्ष, स्वच्छ पानी

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४७४ पटक पढिएको
  • सुनसरीमा रास्वपा नेताहरूसँग ऊर्जामन्त्री श्रेष्ठको भेट

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताहरूसँग भेटघाट गरेका छन् । उनले दुहबी नगरपालिका–३ स्थित प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीको सम्पर्क कार्यालयमा पुगेर जिल्लाका पार्टी नेताहरूसँग भेटवार्ता गरेका हुन् ।भेटमा रास्वपाको सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति यादव कोइराला, सचिव आनन्द हलुवाई, दुहबी नगर अध्यक्ष मित्र निरौलालगायत करिब ४० जना सहभागी थिए । भेटका क्रममा जिल्लाका स्थानीय विषय तथा जनतासँग सम्बन्धित समस्याबारे छलफल भएको बताइएको छ ।सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन गर्न तथा परियोजनाबाट प्र

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४६५ पटक पढिएको
  • मुख्यमन्त्री थापाविरुद्ध कांग्रेसको ह्विप, विपक्षमा मतदान गर्न निर्देशन

    काठमाडौं— नेपाली कांग्रेसले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।कांग्रेसको बागमती प्रदेश संसदीय दलले सूचना जारी गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पार्टीका सबै सांसदलाई अनिवार्य रूपमा प्रदेशसभा बैठकमा उपस्थित हुन भनेको छ । प्रदेशसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ ।कांग्रेसले आफ्ना सांसदलाई मतदानका क्रममा तटस्थ नबस्न र मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको छ । यससँगै

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४८७ पटक पढिएको
  • प्रदेशलाई अन्वेषणको अधिकार, उत्खननमा संघको अनुमति

    काठमाडौं— सरकारले ल्याएको खानी तथा खनिज पदार्थ विधेयक, २०८३ ले प्रदेश सरकारलाई खानी तथा खनिज पदार्थको अन्वेषण गर्ने अधिकार दिने प्रस्ताव गरेको छ। विधेयकअनुसार प्रदेश सरकारले आफ्नो कानूनबमोजिम अन्वेषण गर्न सक्नेछ भने दुई वा दुईभन्दा बढी प्रदेशमा फैलिएको खानीको अन्वेषण आपसी सहमतिमा गर्नुपर्नेछ। सहमति हुन नसकेमा नेपाल सरकारको खानी तथा भूगर्भ विभागले अन्वेषण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।विधेयकले विशेष प्रविधि तथा सीप आवश्यक पर्ने खानीको अन्वेषणसमेत विभागमार्फत गर्न सकिने व्यवस्था गरेको छ। त्यस्तै, नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कुनै खनिज पदार्थको अन्वेषण विभागमार्फत गराउन सक्नेछ। न

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४५३ पटक पढिएको
  • नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा

    काठमाडौं । सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् । आइतबार सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद शेर्पाले आरोहण तथा पर्यटन क्षेत्रमा राजनीतिक र नीतिगत तहबाट भएका कमजोरी सुधारका लागि आफूले आवाज उठाउने बताए।उनले भने, ‘आरोहण र पर्यटन क्षेत्रमा राजनीतिक तथा नीतिगत तहबाट कुनै गल्ती वा कमजोरी भएको छ भने तपाईँहरूको लागि र मेरो आफ्नो लागि आवाज उठाउनेछु ।’नेपालको पर्यटन र यसको सम्भावनाका साथै नेपाली आरोहीलाई स्

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ९५ पटक पढिएको
  • गृहमन्त्री गुरुङ नागरिकसँग प्रत्यक्ष संवादमा

    काठमाडौँ / गृहमन्त्री सुदन गुरुङ नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने कार्यक्रममा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममार्फत मन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। रास्वपा केन्द्रीय कार्यालयका अनुसार कार्यक्रम सोमबार साँझ आयोजना हुनेछ। कार्यक्रममा नागरिकका दैनिक समस्या, सार्वजनिक सेवा तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा नागरिकले आफ्ना समस्या, गुनासा र सुझाव प्रस्तुत गर्नेछन्। त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीक

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १२४ पटक पढिएको
  • काठमाडौंका होस्टेललाई प्रशासनको कडा चेतावनी, एक महिनाभित्र सुधार नभए शिलबन्दी

    काठमाडौं । काठमाडौंका निजी होस्टेललाई जिल्ला प्रशासन कार्यालयले एक महिनाभित्र २१ बुँदे मापदण्ड पूरा गर्न अल्टिमेटम दिएको छ । तोकिएको अवधिभित्र सुधार नगर्ने होस्टेललाई कानुनअनुसार शिलबन्दीसहित कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, अस्वस्थकर खाना, सुरक्षा कमजोरी तथा होस्टेलभित्रै लागुऔषधको प्रयोगजस्ता गुनासा बढेपछि प्रशासनले कडाइ गरेको हो । अनुगमनका क्रममा केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना तथा शिलबन्दीसमेत गरिएको प्रशासनले जनाएको छ ।अब होस्टेलले अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ भने शुल्क र दररेट सार्वजनिक गरी तोकिएकै र

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १८३ पटक पढिएको
  • वार्षिकोत्सवको अवसरमा महानगर प्रहरीद्वारा स्वयम्भूनाथमा विशेष सरसफाइ

    काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले आफ्नो ३४औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार स्वयम्भूनाथ क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।भदौ १४ गते मनाइने महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा महानगर प्रहरीका अधिकारी तथा सुरक्षाकर्मी सहभागी भएर स्वयम्भूनाथ आसपासका सडक, सार्वजनिक स्थल र धार्मिक क्षेत्रको सरसफाइ गरेका हुन ।स्वयम्भूनाथ विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रको स्वच्छता र सौन्दर्य संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको महानगर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १७२ पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ७७, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १३७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.