समाचार

    Showing 5,581-5,590 of 26,594 items.
  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाले प्रहरी सङ्गठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारको

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 279 पटक पढिएको
  • समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको ११ः२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४८ लाख एक हजार २७२ मत प्राप्त गरेको छ ।त्यस्तै, नेपाली कांग्रेसले १६ लाख १३ हजार ४७०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ४४ हजार ८५८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख २९ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख ४० हजार ३४०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रसा)ले तीन लाख १४ हजार ५३२ मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ६४ हजार ४७७, राष्ट्रिय परिवर्तन पार्टील

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 380 पटक पढिएको
  • निर्वाचन सुरक्षामा उत्कृष्ट कार्य गरेकोमा महानिरीक्षक अर्यालद्वारा कर्मचारीहरुलाई धन्यवाद

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा सफलतापूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन्।सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभाग प्रमुख, अनुगमनमा खटिएका अधिकृत तथा भर्चुअल माध्यमबाट सहभागी प्रदेशका बाहिनीपति र कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा देखाएको सक्रियता र जिम्मेवारीको प्रशंसा गरे।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा फौजका लागि अग्नि परीक्षा सरह भए पनि सशस्त्र प्रहरीको पेशागत दक्षताका कारण सफलतापूर्वक सम्पन्न भएको उनले बताए।महानिरीक्षक

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 541 पटक पढिएको
  • कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

    काठमाडौं— इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। योसँगै कांग्रेसको १८ सीट पुगेको छ।कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन्।लिम्बु १३ हजार ६३२ मतमा रोकिए। नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 534 पटक पढिएको
  • कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

    काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही २४ गते सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाले गम्भीर ध्यानाकर्षण गराएको हो ।‘अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा मिति २०५२ फागुन २४ गते, सार्वजनिक विदाको दिन सदस्य संस्था ‘नेपाल फुटबल खेलाडी संघ’ बाट कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाको गम्भीर ध्यानाकर्षण भएको छ

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 552 पटक पढिएको
  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

    काठमाडौं— सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए ।कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, र

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 494 पटक पढिएको
  • रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

    काठमाडौं— प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न नवनिर्वाचित पार्टीका उम्मेद्वारहरुलाई सुझाव दिएका छन् ।सोमबार सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत नेकपाबाट विजयी भएका गोपाल शर्मालाई बधाई दिँदै उनले सुशासनयुक्त रुकुम बनाउन र रुकुमका जनताको सपनालाई पुरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न सुझाव दिएका हुन् ।उनले भिडियोमा भनेका छन्, ‘रुकुम पश्चिमको जनताको आवश्यकता पुरा गर्ने, निर्माणाधीन योजनाहरु सम्पन्न गर्ने र गरिब वा बेरोजगारमुक्त, विभेदरहित, सुशासनयुक्त रुकुम बनाउन साथै रुकुमेलीको सपनालाई पुरा गर्

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 475 पटक पढिएको
  • नेपालगञ्जबाट नेपाल एयरलाइन्सको दैनिक सेवा सुरु, दुर्गम क्षेत्रका नागरिकलाई राहत

    नेपालगञ्ज— कर्णाली तथा दुर्गम जिल्लाका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायातको समस्या केही सहज हुने संकेत देखिएको छ। केही दिनअघि नेपालगञ्जमै जहाज राखेर नियमित हवाई सेवा सञ्चालन गर्न माग उठाएका जेनजी अनिल बानियाको पहलपछि यसतर्फ महत्वपूर्ण कदम अघि बढाइएको हो।उक्त पहलपछि नेपाल एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट दैनिक उडान सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको जानकारी दिइएको छ। यस निर्णयसँगै दुर्गम क्षेत्रका हजारौँ नागरिकलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।कर्णाली र आसपासका दुर्गम जिल्लाका बासिन्दाले लामो समयदेखि स्वास्थ्य उपचार, शिक्षा तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गर्दा ठूलो कठिनाइ

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 543 पटक पढिएको
  • रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत

    मुगु— मुगु जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका सात राजनीतिक दल मध्ये रास्वपाका उम्मेद्वार भुवन टमटासहित चार राजनीतिक दलका उम्मेदवारको धरौटी जफत हुने भएको छ ।प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका सात राजनीतिक दलमध्ये कुल खसेको सदर मतको १० प्रतिशत कम मत प्राप्त गर्ने चार राजनीतिक दलको धरौटी जफत हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।मुगुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी (विप्लव) र प्रगतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ गते सम्पन्न निर्वाचनमा भाग लि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 486 पटक पढिएको
  • दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर होः चिनियाँ विदेशमन्त्री

    एजेन्सी— चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानी लेनहरूको घर भएको उल्लेख गरेका छन् ।आइतबार १४ औं राष्ट्रिय जन कांग्रेस ९एनपीसी०को चौथो सत्रका क्रममा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा वाङले शान्ति, सहयोग र मित्रता चीनको अवधारणा हुनुपर्नेमा पनि जोड दिए ।दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानी लेनहरूको घर हो। विगत एक वर्षमा, दक्षिण चीन सागरमा सहयोगले राम्रो गति कायम राखेको छ। चीनले इन्डोनेसियासँग संयुक्त समुद्री विकासमा गहन छलफल गरेको छ। समुद्री मुद्दाहरूमा मलेसियासँग द्विपक्षीय वार्ता गरेको छ र दिगो माछा मार्

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 534 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.