समाचार

    Showing 551-560 of 19,730 items.
  • धनुषा घटनाको विरोधमा वीरगन्जमा उग्र प्रदर्शन, प्रहरीद्वारा ५ राउन्ड अश्रु ग्यास प्रहार

    वीरगन्ज— धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो ।वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।प्रहरी बिटमा तोडफोड प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच भएको भागदौड र झडपमा प्रदर्शनका

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 385 पटक पढिएको
  • रसुवागढी भन्सार सञ्चालन आएसँगै धमाधम सरसामान तथा सवारीसाधन आयात

    रसुवा— रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ ।चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 385 पटक पढिएको
  • गिरफ्तार गरिएका एक हजारबढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन

    काठमाडौं— जेनजी अर्जुन शाही लगायतका हजारभन्दा बढी गिरफ्तार जेनजीहरुको रिहाईका लागि जेनजेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।सोही क्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले जेनजी आन्दोलनमाा सहभागि भएका कारण थुनामा राखिको व्यक्तिहरु पनि छन् उनीहरुलाई दोषि होइन भनेर प्रमाणसहित जाँदा पनि सुशीला कार्की सरकार कान थुनेर बसिरहेको बताए ।उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागि भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसि

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 355 पटक पढिएको
  • कांग्रेसभित्रको विवादबारे छलफल गर्न देउवाको पहल, निकटका नेताको बैठक आज बस्दै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्। पार्टीभित्र देखिएको विवादबारे परामर्श गर्न देउवाले आफ्नै निवास महाराजगञ्जमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बैठकमा बोलाएका हुन्।देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ। बैठकमा पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र त्यससँग जोडिएका राजनीतिक विषयमा छलफल हुने बताइएको छ।पार्टीभित्र विशेष महाधिवेशन गर्नुपर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन सम्भव नरहेको संस्थापन पक्षको अडानका कारण विवाद चर्किँदै गएको छ। यसैबीच, कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाध

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 366 पटक पढिएको
  • जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड

    काठमाडौं । पछिल्लो समय पूराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन् ।जेनजी आन्दोलनपछि अब नयाँ राजनीतिक दललाई अवसर दिनुपर्ने उनीहरुको धारणा छ । नेपाल न्यूज बैंकले केही युवाहरुसँग लिएको प्रतिक्रिया अनुसार देशलाई नयाँ सोच, नयाँ अनुहार र वास्तविक विकासको खाँचो भएकाले पूराना दलबाट सम्भव नभएको उनीहरुको धारणा छ ।बसन्तपुरमा पसलमा काम गर्दै आएका नारायण हुँमागाईंले राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे । उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए । चुनावको अन्योल र कमज

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 58 पटक पढिएको
  • दलहरूलाई आचारसंहिता अनिवार्य रूपमा पालना गर्न निर्देशन, उल्लङ्घनमा कडा कारबाही हुने चेतावनी

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ। आयोगले सरकारी, अर्धसरकारी निकाय, सार्वजनिक संस्था तथा राजनीतिक दलहरूलाई आचारसंहिता अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो।सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै गतिविधि गर्न नपाउने आयोगको भनाइ छ । सरकारी परियोजना, स्रोत–साधन वा सार्वजनिक सम्पत्तिको चुनावी प्रयोजनमा प्रयोग भए कडा कारबाही गरिने चेतावनी आयोगले दिएको छ।निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा अव

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 348 पटक पढिएको
  • थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ ।मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे ।त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गरे । उनले संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्ष

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 374 पटक पढिएको
  • हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा

    मुगु— मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम स्तरोन्नतीको कामले तिब्रता पाएको छ ।कर्णाली प्रदेश सरकार पूर्वधार बिकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको बिनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपैंयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण ब्यावसायले १८ महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको हो ।एक दशक पहिले गमगढीदेखि सोरु गाँउपालिकाका बिभिन्न बस्तीसम्म सडक सन्जाल जोडिएर यातायातका साधनहरु चलेपनि साँघुरो, छोटा धुम्ती, कच्ची सडकमा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने वाध्यताको अन्त्यका लागि काम

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 364 पटक पढिएको
  • चुनावमा जाँदा सोचे अनुरुप परिणाम नआउने भएपछि दलहरुबीच सहकार्यको खोजी

    काठमाडौं— मुलुक निर्वाचनमा होमिएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल हुन थालेको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।ललितपुरको एक घरमा दुई नेताबीच छलफल भएको हो। सो छलफलमा राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा घोषित प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।राष्ट्रियसभा निर्वाचन माघ ११ मा हुँदैछ। यो निर्वाचनमा मुख्यगरी तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुँदैछ। एक्ला एक्लै चुनावमा जाँदा सोचे अनुरुप परिणाम नआउने भएपछि

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 371 पटक पढिएको
  • आपत–विपतमा सम्झिने आस्थाको केन्द्र खाँडादेवी

    रामेछाप— खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो।स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही आपत पर्यो भने खाँडादेवीलाई नै सम्झिन्छौँ । वर्षभरि समस्या परेमा खाँडादेवीलाई पुकार्ने र कम्तीमा एकपटक पूजा लिएर मन्दिर पुग्ने परम्परा छ ।’दर्शनार्थीहरू आफूसँगको माग पूरा भएपछि पूजा र बलि लिएर मन्दिर आउने गर्दछन्। सर्लाहीको हरिऔनका पिताम्बर ढुंगानाले भने, ‘मागेको कुरा पूरा भएकाले खाँडादेवी दर्शनमा आएको ।’खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ अप्ठेरो पर्दा सबैले खाँडादेवी सम्झने बताउँछन् । उनले भने, ‘ठेस लाग्दा आइया आमा भनेर सम्झिएजस्तै जस्

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 354 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा