समाचार

    Showing ५५१-५६० of २६,७९८ items.
  • होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

    काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न भएको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का स्थायी बासिन्दा २२ वर्षीय वसन्त कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगर

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • २५० पटक पढिएको
  • पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

    काठमाडौँ। पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ः०० बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध  दुवै सडक खुलाउने प्रयास जारी छ । 

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • २२२ पटक पढिएको
  • चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

    काठमाडौँ। बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन् ।यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन् । यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन् ।प्राधिकरणका अन

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • २४४ पटक पढिएको
  • बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन

    विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमित मैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ ।कोशी प्रदेश कार्यालयमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायका चुनौती र सेवा सुधारका विषयमा छलफल गरिएको हो ।  कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिको सहभागिता थियाोकार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले बीमा क्षेत्रमा दे

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३३१ पटक पढिएको
  • ग्यासको सङ्कट : आपूर्ति बढेर मात्र पुग्दैन, वितरण प्रणाली पनि भरपर्दो हुनुपर्छ

    देवेन्द्र के ढुङगाना \ नेपालमा खाना पकाउने एलपी ग्यासको अभावले पछिल्लो समय नागरिकको दैनिक जनजीवन नै प्रभावित बनाएको छ। खाना पकाउने अत्यावश्यक इन्धनका लागि घण्टौँ लाइन बस्नुपर्ने, डिपो चहार्नुपर्ने र कतिपय अवस्थामा ग्यास नपाई फर्किनुपर्ने वाध्यता सामान्यजस्तै बनेको छ। बजारमा ग्यासको आपूर्ति बढिरहेको सरकारी दाबी भइरहँदा पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर नपाउनु आफैँमा आपूर्ति तथा वितरण व्यवस्थापनमाथि गम्भीर प्रश्न हो।नेपाल आयल निगमका अनुसार साउन महिनामा मात्रै ५७ हजार ३१६ मेट्रिक टनभन्दा बढी एलपी ग्यास नेपाल भित्रिएको छ। सामान्य अवस्थामा नेपालको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन रहेको निग

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३२३ पटक पढिएको
  • कारागारभित्र इमरान खान, बाहिर पाकिस्तानको सत्ता संघर्ष

    देशबन्धु  बिश्वामित्र \ पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान तीन वर्षभन्दा लामो समयदेखि जेलमा छन्। उनको बन्दी जीवन अब केवल एउटा पूर्वप्रधानमन्त्रीको कानुनी संकट रहेन, यो पाकिस्तानमा नागरिक सर्वोच्चता, सेनाको राजनीतिक प्रभाव, न्यायपालिकाको स्वतन्त्रता र जनमतबीचको संघर्षको प्रतीक बनेको छ। पछिल्लो समय उनको स्वास्थ्यलाई लिएर बढेको चिन्ता र सर्वोच्च अदालतले अस्पतालमा उपचारका लागि स्थानान्तरण गर्न दिएको आदेशले यो संकटलाई फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याएको छ।अहिले सबैभन्दा धेरै चर्चा भइरहेको प्रश्न हो—इमरान खानको जेल जीवन अन्त्यतर्फ

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३२४ पटक पढिएको
  • कांग्रेस विवाद फेरि चर्कियो, देउवा समूह अदालतमा–संस्थापनको चेतावनी ‘कानुनी झमेलाले पार्टी कमजोर नबनाऊ’

    काठमाडौं । नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद अब पार्टीभित्रको राजनीतिक मतभेदबाट अदालतको कानुनी लडाइँमा पुगेको छ। पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले १५औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गरेपछि कांग्रेसको आन्तरिक संघर्ष थप पेचिलो बनेको हो।देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्चमा पुनः सुनुवाइको प्रक्रियामा रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म असोज १६–१९ का लागि तय गरिएको महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गरेको छ। अदालतमा पुगेको यो कदमले कांग्रेसको महाधिवेशनको भविष्यलाई समेत न्यायिक निर्

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २४१ पटक पढिएको
  • सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन् । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो । बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गरे । उनले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिन

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २१२ पटक पढिएको
  • काठमाडौं प्रहरीको सफलता : नागढुंगाबाट ५३ लाखको भन्सार छलीको सामान बरामद

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट भन्सार छली गरी ल्याइएको करिब ५३ लाख रुपैयाँ बराबरको सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ः४५ बजे नागढुंगास्थित चेक प्वाइन्टमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा लुकाएर राखिएका विभिन्न सामान फेला पारेको हो। बा.प्र.०३–००१ ख ३५३६ नम्बरको बसको भित्री पछाडिको भाग (ड्यासे)मा गोप्य स्टोर बनाएर बिल–बिजकबिनाका मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा र जुत्तालगायत सामान लुकाइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद सामानको प्रारम्भिक मूल्य कर

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २६४ पटक पढिएको
  • शंखमुलको होस्टलमा युवकको निर्मम हत्या, एक जना प्रहरी नियन्त्रणमा, अर्काको खोजी जारी

    काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलभित्रै भएको कुटपिट र धारिलो हतियार प्रहारको घटनाले एक युवकको ज्यान गएको छ । होस्टलमै बस्दै आएका युवाबीच भएको विवाद हिंसामा परिणत हुँदा २२ वर्षीय बसन्त कालाथोकीको मृत्यु भएको हो ।दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाथोकीमाथि सोही होस्टलमा बस्ने बारा कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई तत्काल उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.