समाचार

    Showing ५६१-५७० of २६,७९८ items.
  • जाजरकोटमा डोग्रा खोलाले बगाउँदा दुई जना बेपत्ता

    जाजरकोट / जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्।३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् । प्रहरीका अनुसार डोग्रा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्। प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो । सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।लगातारको वर्षाका कारण खोजी तथा उद्ध

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२४ पटक पढिएको
  • गरिमा चौधरीको न्यायका लागि माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसीको माग

    काठमाडौं / तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए । प्रदर्शनमा सहभागी खोटाङकी निरीक्षा खनालले गरिमा चौधरीको न्यायका लागि आफूहरू सडकमा आएको बताइन् । उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिन् ।‘गरिमा चौधरी तीन वर्षी

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २५३ पटक पढिएको
  • भूतनाथ मन्दिरमा चोरी गरी भाग्ने क्रममा भारतीय युवक पक्राउ

    जनकपुर / जनकपुरधामको प्रशिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ ।  गएराति ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब ४ स्थित भूतनाथ मन्दिरमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  मन्दिरमा रहेको चाँदीको नागदेवता, चाँदीको एउटा ठूलो मुकुट र चारवटा सानो मुकुट चोरी गरी कपडामा लुकाएर भाग्ने क्रममा धनुषा प्रहरीको टोलीले भारतको मोतिहारी जिल्ला विहार इनर्वा फुलवार थाना लखौरा वडा नं. ७ इस्लाम टोलका २६ वर्षीय मोतिउर रहमानलाई पक्राउ गर्न सफल भएको छ ।पक्राउ परेको भारतीय नागरिक रहमानलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अ

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १७७ पटक पढिएको
  • गाजाको बन्दरगाह क्षेत्रमा हवाई आक्रमण, आठ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी /  गाजा सहरको पश्चिमी समुद्री बन्दरगाह क्षेत्रमा रहेको एक क्याफेलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार हमास सदस्यसहित कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्, जसमा महिला र बालबालिकासमेत रहेका जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमण अचानक भएको थियो। समुद्री किनारमा गर्मीबाट राहत लिन र आश्रय लिएर बसेका सर्वसाधारणमाथि क्षेप्यास्त्र खस्दा घटनास्थलमा ठूलो मानवीय क्षति भएको उनीहरूको भनाइ छ। उक्त क्षेत्रमा लामो समयदेखि सयौँ विस्थापित परिवार अस्थायी रूपमा बसोबास गर्दै आएका थिए।स्थानीय बासिन्दाले विस्फोटपछि उद्धार कार्य निकै कठिन बनेको

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२७ पटक पढिएको
  • गरिमाका लागि न्यायको लडाइँ : सडकमा आमाबुबा, सरकारसँग कठोर जवाफ माग्दै

    बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याविरुद्ध सुरु भएको आन्दोलन झन् चर्किँदै गएको छ। न्यायको माग गर्दै उनका आमाबुबा र आफन्त तीन दिनदेखि वीरगञ्ज-पथलैया सडकखण्डमा धर्ना बसेका छन्। प्रशासनले स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिसँग गरेको सहमति पीडित परिवारले अस्वीकार गरेपछि सडक अझै खुल्न सकेको छैन।गरिमाको हत्या केवल एउटा आपराधिक घटना बनेर सीमित रहेन, यो अहिले राज्यको न्याय प्रणालीमाथिको गम्भीर प्रश्न बनेको छ। छोरी गुमाएका आमाबुबाले राहत वा आश्वासनभन्दा पनि न्यायको सुनिश्चितता मागिरहेका छन्। परिवारको स्पष्ट अडान छ- “सहमति होइन, न्याय चाहिन्छ।”बिहीबार राति प्रशासनल

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २०९ पटक पढिएको
  • जीतपुर सिमरा बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित

    रौतहट / बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ । पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन् । भाद्र २ गते घटेको उक्त अमानवीय घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो ।वार्तामा पीडित परिवार, आफन्त, स्थानीय जनप्रति

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १७९ पटक पढिएको
  • कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता

    हुम्ला / खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बगेर बेपत्ता भएका छन् ।बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन् । उनीहरू दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।कर्णाली प्रदेश स्थापना दिवसको सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए । नदी किनारमा खेल्ने क्रममा दुवै जनालाई कर्णा

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १६० पटक पढिएको
  • फेसबुकमा बन्दूक बोकेको फोटो आख्दा २ जना पुगे प्रहरी हिरासतमा

    गोरखा । फेसबुकमा भरुवा बन्दूक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एकजनालाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ ।सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१, खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन् ।प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए । उक्त फोटोका आधारमा उनलाई खोजी गर्ने क्रममा लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३५० पटक पढिएको
  • बाँसबारीमा भासियो साढे २ तले घर

    काठमाडौं । राजधानीको बाँसबारीमा साढे २ तले घर एक्कासि भासिएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। न्यूरो अस्पताल नजिकै रहेको उक्त घर बिहीबार साँझ भासिएको हो।प्रहरीका अनुसार घर भासिँदा त्यहाँ कोही मानिस थिएनन्। तीन दिनअघि मात्रै घरमा सञ्चालन हुँदै आएको न्यू गण्डकी गेस्ट हाउसबाट मानिसहरू अन्यत्र सारिएका थिए। त्यसैले सम्भावित ठूलो मानवीय क्षति टरेको छ।घर भासिएको घटनामा अहिलेसम्म मानवीय क्षति भएको विवरण आएको छैन। तर, व्यस्त सहरी क्षेत्रमा घरको ठूलो संरचना भासिएपछि यसको कारणबारे प्रश्न उठेको छ।प्रारम्भिक विवरणअनुसार उक्त घरमा गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो। मानिसहरू हटाइएको केही दिनमै संरचना भा

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ७० पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    भद्रपुर। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको  सङ्ख्या छ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उह

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.