समाचार

    Showing ५९१-६०० of २६,७९८ items.
  • सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

    काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक वक्तव्य जारी गर्दै सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगलगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ । राष्ट्र

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २४३ पटक पढिएको
  • झापामा विपद्का २५ घटना, ३४ लाखको क्षति

    भद्रपुर। झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन् ।  ती घटनाका कारण रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरेको छ । प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन् । विभिन्न स्थानमा भएका पाँचवटा आगलागीका कारण रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ । त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन् । आक्रमणबाट द

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २६१ पटक पढिएको
  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २३० पटक पढिएको
  • किशोर श्रेष्ठलाई तत्काल पक्राउ नगर्न उच्च अदालतको आदेश

    काठमाडौं । सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर पक्राउ पर्ने जोखिममा रहेका जनआस्था प्रकाशन प्रालिका अध्यक्ष एवं सम्पादक किशोर श्रेष्ठलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठलाई धरपकड नगर्न, पक्राउ नगर्न र थुनामा नराख्न अन्तरिम आदेश जारी गरेको हो। यो आदेशसँगै प्रकाशित सामग्रीलाई लिएर श्रेष्ठमाथि तत्काल प्रहरी कारबाही अघि बढाउने बाटो रोकिएको छ।श्रेष्ठले आफ्नो व्यक्तिगत स्वतन्त्रतामा असर पर्ने भन्दै निषेधाज्ञाको माग गरेर उच्च अदालतमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइपछि अदालतले रिटको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्न प्र

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २२७ पटक पढिएको
  • ३ वर्षीया बालिकाको हत्या प्रकरण : शव खोज्न प्रहरीलाई सघाउने व्यक्ति नै पक्राउ

    बारा । सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणले नयाँ मोड लिएको छ। बालिका हराएपछि प्रहरीसँगै खोजीमा सक्रिय देखिएका युवक नै हत्याको आरोपमा पक्राउ परेका छन्।जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी गरिमा आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन्। दुई दिनको खोजीपछि मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढाको खाली घरमा कपडामा पोको पारिएको अवस्थामा उनको शव फेला परेको थियो।शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनास्थलमै रहेका जीतपुरसिमरा–२ का सुमन थापामाथि शंका भएपछि प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार थापाले घटनामा आ

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २९० पटक पढिएको
  • साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

    भैरहवा /  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका १५९ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनअन्तर्गत ४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादीबाट १२ वर्ष ६ महिना ११ दिन कैद सजाय कार्यान्वयन गराउनुका साथै १७ लाख ९१ हजार ३५० जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । साउनमा दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी ३५, संगठित तथा आर्थिक अपराधसम्बन्धी ८१, आत्महत्यासम्बन्धी २६, सामाजिक अपराध

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १९८ पटक पढिएको
  • झापामा ११ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन पक्राउ

    झापा / झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीबाट कमलतर्फ आउँदै गरेको मे।११ प ८१७७ नम्बरको मोटरसाइकल रोकी तलासी गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ का २४ वर्षीय निराज तामाङ, २० वर्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २२८ पटक पढिएको
  • झापामा गाँजासहित एक महिला पक्राउ

    झापा / झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–६ निवासी ३६ वर्षीया गीता महतो रहेकी छन्। उनको घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले राति करिब ८ः५० बजे घर तलासी गर्दा कोठाभित्र लुकाइराखिएको गाँजाजस्तो पदार्थ बरामद गरेको थियो।बरामद पदार्थको डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिकबाहेक ५२८ ग्राम रहे

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २५९ पटक पढिएको
  • १३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

    काठमाडौं / नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् । हिमालयन र्याम्बलरका अनुसार आरोहणमा सहभागी १३ जना शेर्पाले विभिन्न आरोहण टोलीलाई शिखरसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।उनीहरूको नेतृत्वमा करिब ३० जना आरोहीले लेनिन पिकको शिखर सफलतापूर्वक पुग्न सकेको कम्पनीले जनाएको छ । यस अभियानमा हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पासाङ गेल

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १८६ पटक पढिएको
  • राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ ।केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो ।बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ ।उक्त निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ । बोलकबोलमा न्यूनतम रु १० करोड र त्यसपछि रु १० करोडले भाग जाने गरी अधिकतम आह्वान रकमसम्मको रकम बोल गर्न सकिने व्यवस

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २५३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.