महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए ।चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । गत साउनमा मात्रै ट्राफिक कारबाहीबाट
देवेन्द्र के. ढुङगाना \ नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिले एउटा गम्भीर प्रश्न उठाएको छ—लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता र बहुलवादी लोकतन्त्रको राजनीतिक विरासत बोकेको कांग्रेस अब धर्मलाई राजनीतिक ध्रुवीकरणको औजार बनाउने बाटोतर्फ त अग्रसर हुँदै छैन? देउवा पक्षको राष्ट्रिय भेलामा अन्तिम समयमा सनातन धर्मलाई ‘राष्ट्रिय पहिचान’सँग जोडेर पाँचबुँदे घोषणापत्र पारित गरिएको प्रसंगले यही प्रश्नलाई थप पेचिलो बनाएको छ।उपलब्ध विवरणअनुसार भेलाका लागि तयार गरिएको २० बुँदे निष्कर्षमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकका रूपमा स्वीकार गर्दै सबै धर्म–सम्प्रदायलाई आफ्न
देशबन्धु बिश्वामित्र / सुनसरी देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको सामुदायिक झडप र त्यसक्रममा सुरक्षाकर्मीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनाले नेपालको सामाजिक सद्भाव, सीमा सुरक्षा, राज्यको सुरक्षा संयन्त्र र राजनीतिक दलहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक रूपमा डिजेको आवाजलाई लिएर सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भयो। गोली लागेर ओमप्रकाश मेहता र उपचारका क्रममा जयप्रकाश मेहताको मृत्यु भएको सार्वजनिक विवरण छ।घटनापछि सरकार र पीडित परिवारबीच सहमति भएको छ। मृतक परिवारलाई राहत, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन तथा सम्बन्धित मदरसाक
काठमाडौं । पीडित नागरिकहरूले १८ दिनको पैदल यात्रा पूरा गरेर राजधानी आइपुगी न्यायको माग गर्दै आन्दोलन गरिरहेका बेला सरकारले देखाएको रवैयाप्रति अभियन्ता दुर्गा प्रसाईंले कडा आपत्ति जनाएका छन्।प्रसाईंले सामाजिक सञ्जालमार्फत पीडित नागरिकहरू विगत चार दिनदेखि सडकको चिसो भुइँमै बसेर न्यायको माग गरिरहेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सरकारले एक दिन वार्ता समिति गठन गर्ने र अर्को दिन वार्ताका लागि बोलाउने तर वार्तामा सहभागी अभियानका प्रतिनिधिहरूलाई सिंहदरबारभित्रै लामो समयसम्म राखेको भन्दै उनले यसलाई ‘दमनको पराकाष्ठा
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प
काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ ।“काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ”, निगमका निर्देशक विनितमणि उपाध्यायले भन्नुभयो ।निगमका अनुसार आज भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गर्दैछन् । साथै भद
काठमाडौं / फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई जना सुरक्षा गार्ड र दुई जना विद्यार्थी रहेका छन् । मृतकमध्ये एक जना घटनामा संलग्न भएको आशंका गरिएको गोली चलाउने विद्यार्थी रहेको बताइएको छ । उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति हाइस्कुलका चौथो वर्षमा अध्ययनरत पुरुष विद्यार्थी हुन् ।उनका बुबा जाम्बोआंगा सिटी कस्टम्स कार्यालयमा कार्यरत रहेको बताइएको छ । प्रहरीले उनले क्याम्पसमा
इलाम। झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन । झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच मार्गको रुपमा २०४९ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ ।झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर सडकमध्ये करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ । एक किलोमिटर कालोपत्रको चरणमा छ भने करिब २६ किलोमिटरको यात्रा अझै सहज छैन । जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्म
गोरखा। साउन १८ गते सोमबार बिहान करिब ११ः०० बजेको थियो । बिहानैदेखि अविरल वर्षा भइरहेको थियो । सदाझैँ मानसिंह गुरुङ र उनकी श्रीमती चित्रकुमारी बिहानको खाना खाइवरी आराम गर्दै थिए । दुईवर्षका नाति पनि थिए साथमा । बुहारी जागिरमा गएकी थिइन्, नातिनी विद्यालय । मानसिंहका छोरा आकाश भने मनकामनामा जागिरे छन् । उतै बस्थे । गोरखा नगरपालिका–९ लक्ष्मीबजारको दिवामार्गस्थित मानसिंहको घरमा एक्कासी चट्चट् केही चुँडिएको जस्तो आवाज आयो । उनीहरु झसङ्ग भए । केही सेकेन्डपछि फेरि पनि चट्चट् गर्दै झनै चर्को आवाज दोहोरियो । फटाफट बाहिर निस्कदा आँगन चिरिन र छापिएका ढुङ्गाहरु भत्कन थाले । दायाँबायाँका इट्टाका गाह्र
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र सङ्घ सरकारबीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो । सो अवसरमा सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.