समाचार

    Showing 631-640 of 19,745 items.
  • काठमाडौं–१ मा जेनजी अगुवा सन्दिप लुँइटेल नेकपाबाट उम्मेदवार सिफारिस

    काठमाडौं— एमाले र कांग्रेसको परम्परागत प्रतिस्पर्धाले चिनिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ राजनीतिक चरित्र देखिन थालेको छ ।जेनजी आन्दोलनका अगुवा लुँइटेललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेसँगै यस क्षेत्रमा ‘जेनजी फैक्टर’ प्रवेश गरेको हो ।लुँइटेलको सिफारिसलाई पार्टीगत निर्णयभन्दा बढी पुस्तागत राजनीतिक सन्देशका रूपमा लिइएको छ । सडक, क्याम्पस र सामाजिक सञ्जालमा सीमित रहँदै आएको जेनजी आन्दोलन अब प्रत्यक्ष रूपमा संसद प्रवेशको प्रयासमा देखिएको छ, जसले परम्परागत चुनावी बहसलाई चुनौती दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।कोरोना महामारीका ब

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 358 पटक पढिएको
  • नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो

    काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन् ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको स्पष्ट पारे ।पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले नेपाली कांग्रेसका लागि महाधिवेशन नियमित प्रक्रिया मात्र नभई पार्टीको ‘जीवनधारा’ भएको उल्लेख गरे ।पछिल्

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 360 पटक पढिएको
  • डा. टीका ढकाल भन्छन महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ

    काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठूलो जिम्मेवारी आएको अनुभूति भएको बताएकी छन् । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षा भन्दा धेरै विश्वास प्राप्त भएको उनको भनाइ छ ।पार्टीको मूलधारमा नयाँ भए पनि देशभरिका प्रतिनिधिहरूले दिएको लोकप्रिय मतले आफूलाई अझ गम्भीर र जिम्मेवार बनाएको उनले उल्लेख गरिन् ।नतिजा सार्वजनिक भएको दिन महाधिवेशन स्थलमै देखिएको बधाई र समर्थनले आफ्नो काँधमा ठूलो दायित्व थपिएको महसुस भएको डा. ढकालको भनाइ छ ।पार्टीको विधि, विधान र अनु

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 366 पटक पढिएको
  • नेपालको निर्यात अझै आयातमुखी, उत्पादन र रोजगारीमा अपेक्षित प्रभाव नपरेको निर्यात परिषद्को निष्कर्ष

    काठमाडौं— नेपाल निर्यात परिषद्ले नेपालको निर्यात बढे पनि त्यसको ठूलो हिस्सा भटमास र तेलजस्ता सीमित वस्तु तथा भारत केन्द्रित बजारमा निर्भर रहेको जनाएको छ । परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्यात वृद्धिले स्वदेशी कच्चा पदार्थको उपयोग र पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको बताएका हुन् ।परिषद्को २८औँ वार्षिक साधारण सभा तथा परिषद र व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको लागत साझेदारीमा आयोजना हुन लागेको १०औँ निर्यात दिवस २०८२ को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले निर्यातलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न सरकारी–निजी क्षेत्रको सहक

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 368 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— सुनचाँदीको मूल्य बढेको छ । केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आए पनि आज बढेको हो ।आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० र चाँदीको मूल्य चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र चाँदीको मूल्य चार हजार ४१५ कायम भएको थियो ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 385 पटक पढिएको
  • भृकुटीमण्डपमा बेवारिसे अवस्थामा थुप्रै गाडी अलपत्र

    काठमाडौं— राजधानीको भृकुटीमण्डप परिसरमा विभिन्न ब्राण्डका गाडीहरू बेवारिसे अवस्थामा राखिएका छन्। ती गाडीहरू वर्षौंदेखि त्यहीँ थन्किएर बसेका भए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन।परिसरमा राखिएका अधिकांश गाडी पुराना भइसकेका छन् भने कतिपय त प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेका छन्। लामो समयदेखि खुला ठाउँमा राखिँदा गाडीमा जंग लागेको, टायर पञ्चर भएको र संरचनात्मक रूपमा क्षति पुगेको देखिन्छ।यी गाडीहरू कुन उद्देश्यका लागि त्यहाँ राखिएको हो भन्नेबारे स्पष्ट जानकारी नहुँदा स्थानीय तथा सर्वसाधारणमा अन्योल पैदा भएको छ। सार्वजनिक स्थलमा यसरी गाडी अलपत्र राखिँदा वातावरणीय सौन्दर्यमा असर परेको र स्था

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 378 पटक पढिएको
  • सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छः अध्यक्ष ओली

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् ।नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद बर्ष भएको बताए ।नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भन्दै नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्याउन भने नसकेको

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 349 पटक पढिएको
  • निर्वाचन सामग्री ढुवानीका लागि आयोगद्वारा आवेदन आह्वान

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न इच्छुक सेवा प्रदायकलाई आवेदन दिन आग्रह गरेको छ। निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक तथा कन्टेनर प्रयोग गरिने आयोगले जनाएको छ।यसका साथै कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई पनि सूचीकृत हुन आयोगले आह्वान गरेको छ। इच्छुक सेवा प्रदायकले आयोगले तोकेको मापदण्ड पूरा गरी आवेदन पेस गर्नुपर्नेछ।आवेदनका साथ सम्बन्धित निकायबाट प्राप्त सेवा सञ्चालन अनुमति पत्र, मूल्यअभिवृद्धिकर (भ्याट) दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र तथा विगत तीन आर्थिक वर्षको का

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 369 पटक पढिएको
  • डा.जीवन बानियाँ भन्छन वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्नसक्ने धेरै काम छन्

    काठमाडौं— वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा व्यवस्था नेपाल सरकारको एक महत्वपूर्ण पहल भए पनि यसको कार्यान्वयनमा अझै धेरै चुनौती र सुधारका सम्भावना देखिएका छन् ।अनुसन्धानकर्ता तथा श्रम आप्रवासन विज्ञ डा.जीवन बानियाँसँग गरेको कुराकानीका आधारमा सामाजिक सुरक्षा कोष, यसको बाध्यकारी व्यवस्था, खर्चको बोझ, अन्तरदेशीय समन्वय र ‘पोर्टेबिलिटी’ जस्ता विषयमा महत्वपूर्ण पक्षहरू बाहिर आएका छन् ।डा. बानियाँका अनुसार नेपाल सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिन सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता गराउने व्यवस्था लागू गरेको छ । यसले वैदेशिक रोजगारमा जाने प्रत्येक नेपाली

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 357 पटक पढिएको
  • विरुवा उत्पादन गर्दै महिला कामदार

    बाँके— डिभिजन वन कार्यालय बाँकेको नर्सरीमा यस वर्षको वृक्षारोपण कार्यक्रमका लागि विरुवा उत्पादनको काम तीव्र गतिमा अघि बढाइएको छ । सोही क्रममा नर्सरी परिसरमा महिला कामदारहरू पोलिब्यागमा माटो भर्ने, बेड तयार गर्ने तथा बिरुवा रोप्ने कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् ।कार्यालयका अनुसार यस वर्ष आठ वटा नर्सरीमार्फत विभिन्न जातका फलफूल, काठ तथा बहुउपयोगी प्रजातिका बिरुवाहरू उत्पादन गरी स्थानीय उपभोक्ता, सामुदायिक वन तथा विभिन्न सार्वजनिक संस्थालाई वितरण गर्ने तयारी गरिएको छ ।विरुवा उत्पादन अभियानमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले उनीहरूको जीविकोपार्जनमा समेत टेवा पु¥याउने विश्वास

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 347 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा