समाचार

    Showing 641-650 of 19,745 items.
  • प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

    हेटौँडा— मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 381 पटक पढिएको
  • राजपुर नगरपालिकामा स्वचालित साइरनः विपद्को पूर्वसूचना अब छिटो पाइने

    रौतहट— रौतहटको राजपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो प्रशासकीय भवनमा आधुनिक स्वचालित साइरन सेट जडान गरेको छ ।रेन परियोजनाको सहयोगमा स्थापित यो प्रणालीले बाढी, आगलागी र चट्याङ जस्ता आपतकालीन अवस्थामा नगरवासीलाई समयमै सचेत गराउनेछ ।बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङका लागि छुट्टाछुट्टै आवाज (साइरन कोड) निर्धारण गरिएको छ ।नगरपालिकाले मेसेज बक्स, फोन डायल वा एस.एम.एस. मार्फत तत्कालै साइरन सक्रिय गर्न सक्ने प्रविधि मिलाएको छ । ‘एक नम्बर, एक आवाज—सयौंको सुरक्षा’ भन्ने नाराका साथ आकस्मिक सूचना प्रवाह गरी धनजनको क्षति कम गर्ने लक्ष्य राखिएको छ ।प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 367 पटक पढिएको
  • तीन महिनामै ८५ गाई–गोरु नियन्त्रण, तस्करीविरुद्ध मकवानपुर प्रहरीको कडा कारबाही

    हेटौंडा— मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा जेन्जी आन्दोलनपश्चात् पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया (गाई–गोरु) नियन्त्रणमा लिइएका छन् ।प्रहरीका अनुसार यस अवधिमा ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका गाई–गोरुसहित व्यक्ति र

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 418 पटक पढिएको
  • बाजुरामा बालविवाह मुद्धामा फरार र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति पक्राउ

    बाजुरा— बाजुरामा बालविवाह मुद्धामा फरार युवक सहित ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बालविवाह मुद्धामा फरार रहेका जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका ३४ बर्षिय हर्क बहादुर बडुवाल रहेका छन् ।वडुवाल ९ बर्षपछि पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत बाजुराले २०७३ चैत्रमा बालविवाह मुद्धामा दोषी ठहर गरेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।जिल्ला अदालतले बडुवाललाई उक्त मुद्धामा ५ महिना ७ दि

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 349 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 344 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

     काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका धेरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराई भूभागका धेरै स्थानहरूमा हुस्सु  रहनेछ।राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 228 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०५ रुपैयाँ १० पैसा,

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 167 पटक पढिएको
  • आज २०८२ साल पुस १८ गते शुक्रवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरू

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 292 पटक पढिएको
  • द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला

    काठमाडौं—  नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।महासंघ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 411 पटक पढिएको
  • मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियानः जोखिम घट्दो

    बाँके— बाँके जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय बाँकेले पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रमले जिल्लामा द्वन्द्वका घटनामा उल्लेख्य कमी ल्याएको कार्यालयले जनाएको छ ।सिनियर डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्वका एक दर्जनभन्दा बढी घटना दर्ता भएका छन्, जसमा अधिकांश घटनालाई समयमै उद्धार र व्यवस्थापनमार्फत नियन्त्रणमा लिन सफल भएको कार्यालयको दाबी छ ।गुप्ताका अनुसार जोखिमयुक्त क्षेत्रमा फायर लाइन निर्माण, सोलार फेन्स जडान, नियमित उद्धार टोली परिचालन तथा जनचेतनामूलक कार्यक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 385 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा