समाचार

    Showing ६४१-६५० of २६,७९८ items.
  • झारखण्ड विद्यार्थी आन्दोलन: विद्यार्थि नेता देवेन्द्रनाथ र सरकारबीच वार्ताको तयारी

    काठमाडौं / झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) का भर्ती परीक्षामा कथित अनियमितताको विरोधमा विद्यार्थी नेता देवेन्द्रनाथ महतोले थालेको भोक हडताल १५औँ दिनमा पुगेको छ । आन्दोलनरत विद्यार्थीहरूले शिक्षा प्रणालीमा स्थायी सुधारको माग गरेका छन् । महतोले आइतबार सामाजिक सञ्जाल एक्समार्फत सरकारले सोमबार वार्ताका लागि बोलाएको जानकारी दिँदै वार्ताबाट सकारात्मक निष्कर्ष निस्कने आशा व्यक्त गरेका छन् । उनले आगामी पुस्ताले आफूहरूले जस्तै पीडा, संघर्ष र कठिनाइ भोग्न नपर्ने गरी शिक्षा प्रणालीमा स्थायी सुधार गर्नुपर्ने बताएका छन् ।उनले विद्यार्थीले आफ्ना अधिकारका लाग

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १६६ पटक पढिएको
  • देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

    काठमाडौं / नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो । म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।संघले यसअघि आन्दोलनका चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १७० पटक पढिएको
  • श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २३१ पटक पढिएको
  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २९९ पटक पढिएको
  • श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

    काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ । नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् ।नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३ः०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना गरिन्छ । मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजन लाम लागेका कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिनुभयो ।चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३०६ पटक पढिएको
  • आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको छ । यस्तै स्याङ्जा, नवलपुरलगायत स्थानमा पनि अत्यधिक वर्षा मापन भएको महाशाखाले जनाएको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २३३ पटक पढिएको
  • नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

    दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताउनुभएको छ ।नागपञ्चमी तथा थारू समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको हो ।मुख्यमन्त्री आचार्यले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नागदेवताको पूजाआराधनासँगै प्रकृति, पर्यावरण र जीवजन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्न प

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २३० पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८८ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २१४ पटक पढिएको
  • कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

    कर्णाली। कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।प्रदेश सरकारले पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण सङ्कलन गरी त्यसैका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रदेश सरकारका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिरामा परी मृत्यु भएका परिवारलाई दुर्घटना बिमामार्फत राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर तथा विद्यालयको पुनर्निर्माण र मर्मत गर्ने तथा घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।पहिरोबाट पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन गरी

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २३५ पटक पढिएको
  • ‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’

    काठमाडौँ। प्रतिनिधिसभा सदस्य विदुषी राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको बताउनुभएको छ ।नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आइतबार यहाँ आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा उहाँले नेपालका हरेक क्षेत्रमा सम्भावना भए पनि नीतिगत जटिलताका कारण युवा विदेशिन बाध्य भएको बताउनुभयो ।“युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ, व्यवसाय दर्तादेखि कर तिर्नसम्मका झन्झटिला प्रक्रिया अन्त्य गरी एकद्ध

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.