समाचार

    Showing ६५१-६६० of २६,७९८ items.
  • धर्ममा राजनीति जहर : देउवाको नयाँ लाइनले जन्माएको गम्भीर प्रश्न

    देवेन्द्र के. ढुङगाना: नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिले एउटा गम्भीर प्रश्न उठाएको छ—लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता र बहुलवादी लोकतन्त्रको राजनीतिक विरासत बोकेको कांग्रेस अब धर्मलाई राजनीतिक ध्रुवीकरणको औजार बनाउने बाटोतर्फ त अग्रसर हुँदै छैन? देउवा पक्षको राष्ट्रिय भेलामा अन्तिम समयमा सनातन धर्मलाई ‘राष्ट्रिय पहिचान’सँग जोडेर पाँचबुँदे घोषणापत्र पारित गरिएको प्रसंगले यही प्रश्नलाई थप पेचिलो बनाएको छ।उपलब्ध विवरणअनुसार भेलाका लागि तयार गरिएको २० बुँदे निष्कर्षमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकका रूपमा स्वीकार गर्दै सबै धर्म–सम्प्रदायलाई आफ्नो

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३४२ पटक पढिएको
  • दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

    काठमाडौं / एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका बर्दिया र पाल्पा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ । एनसेलले

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २३८ पटक पढिएको
  • चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

    चितवन / चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो । आइतबार बिहान साढे ६ बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । त्यस्तै दिला कुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ । बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ । घटना लगत्तै स

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २३३ पटक पढिएको
  • सर्वोच्चको आदेशपछि रेसुङ्गाको धर्मशाला व्यवस्थापनमा नयाँ तयारी

    गुल्मी / सर्वोच्च अदालतले रेसुङ्गा क्षेत्रमा व्यावसायिक रिसोर्ट सञ्चालनसम्बन्धी सम्झौता बदर गरेपछि अब त्यहाँको धर्मशाला व्यवस्थापन र धार्मिक पर्यटनको भविष्यबारे नयाँ बहस सुरु भएको छ। रेसुङ्गा संरक्षण समितिले धर्मशालालाई गैरनाफामूलक रूपमा सञ्चालन गर्ने तयारी थालेको जनाएको छ। रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार धर्मशालाको व्यवस्थापनका लागि नौ सदस्यीय समिति गठन गरिएको छ। समितिले धार्मिक तथा आध्यात्मिक गतिविधिलाई केन्द्रमा राखेर धर्मशाला सञ्चालन गर्ने योजना बनाएको छ। सर्वोच्च अदालतले रेसुङ्गा नगरपालिका र होटल पौवा प्रालिबीच भएको रिसोर्ट सञ्चालन सम्झौता बदर गर्दै आवश्यक

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १८४ पटक पढिएको
  • निजी लगानी संरक्षणका लागि सरकारको नयाँ रणनीति, उद्योगमैत्री वातावरणमा जोड

    काठमाडौं / सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्दै उद्योग–व्यवसाय सञ्चालनका लागि स्थिर र विश्वासिलो वातावरण निर्माण गर्ने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। रणनीतिले लगानी सुरक्षादेखि कानुनी सहजीकरण, कर छुट, राहत सुविधा र उद्योगमैत्री प्रशासनिक प्रणालीसम्मका विषयलाई प्राथमिकतामा राखेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विगतका राजनीतिक आन्दोलन र प्राकृतिक विपद्का कारण उद्योग तथा व्यवसायमा पुगेको ठूलो क्षतिलाई मध्यनजर गर्दै यस्तो रणनीति तयार गरिएको हो। सरकारले रणनीति कार्यान्वयनपछि निजी क्षेत्रको मनोबल बढ्ने, लगानीको वातावरण सुधा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १८४ पटक पढिएको
  • काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री

    काठमाडौं / नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १८४ पटक पढिएको
  • कम्युनिष्टहरू संघर्ष र विद्रोहमा सफल, सत्ता सञ्चालनमा कमजोर : महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू सङ्घर्ष र विद्रोहका मोर्चामा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन् ।माजिक सञ्जालमार्फत पोखरेलले कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यबारे प्रश्न उठाउँदै ‘निर्मम समीक्षा’ को खाँचो औंल्याए । उनले क्रान्तिपूर्व सरकारलाई शक्ति सञ्चयको आधार मान्ने कम्युनिष्ट मान्यता व्यवहारमा लागू हुन नसकेको स्वीकार गरेका छन् । सरकारमा रहँदा जनमत र शक्ति बढ्नुको साटो उल्टै क्षयीकरण हुनु कम्युनिष्ट आन्दोलनको चुनौती बनेको उनको भनाइ छ ।पोखरेलले भनेका छन्, ‘कम्युनिष्ट नेतृत्वको सरकार हुँदा देशभक्ति, पूर्व

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २३१ पटक पढिएको
  • पहिरो हटाएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

    चितवन— चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको हो ।सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएका तथा नियमित आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २०२ पटक पढिएको
  • स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २६४ पटक पढिएको
  • सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस

    धनगढी— नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् ।नेकपामा रहेका साविकका तीन पार्टी (नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी)ले आफ्नो समुहको सम्मानजनक सहभागिताको दवाव बढाएपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न नसकेको हो । केन्द्रमा भएको राजनीतिक फेरबदल र नेपाली कांग्रेस–एमाले गठबन्धन टुटेपछि सुदूरपश्चिममा नेकपा र नेकपा एम

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २०९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.