समाचार

    Showing ६६१-६७० of २६,७९८ items.
  • जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

    कर्णाली। अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार रिसाङका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो । पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।  घाइतेमध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज, तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ । अन्य तीन जना स्वास्थ्य लाभ गरेर घर फर्केका छन् ।  प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टि

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २५० पटक पढिएको
  • तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

    काठमाडौं— बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ ।२० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत अधिकतम दर ०.०३१५ प्रतिशतविन्दुले घटेको हो ।संस्थागत निक्षेपमा पनि ब्याजदर घटेको छ । साउनमा औसत ३.११६ प्रतिश

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १६४ पटक पढिएको
  • पहिरोमा पुरिएर एक जनाको मृत्यु

    रोल्पा। लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।  

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २१० पटक पढिएको
  • टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    भद्रपुर। टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो । शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो । दुर्घटनापछि  भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २६३ पटक पढिएको
  • विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं— अमेरिकाको भर्जिनिया राज्यस्थित भर्जिनिया स्टेट युनिभर्सिटीको परिसरमा गोली चल्दा कम्तीमा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विश्वविद्यालय प्रहरीले जनाएको छ ।भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी विभागका अनुसार विश्वविद्यालयको क्वाड एनेक्सेस क्षेत्रमा गोली चलेको हो । घटनापछि विश्वविद्यालयमा लगाइएको लकडाउन हटाइए पनि अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।विश्वविद्यालयका अनुसार शनिबार बिहान करिब १ः२८ बजे बोइसाउ स्ट्रिटको ३३००० ब्लकमा रहेको विश्वविद्यालयका छात्रावासबाहिर गोली लागेका पाँच जना फेला परेका थिए । उनीहरू सबैलाई उपचारका लागि नजि

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ४३७ पटक पढिएको
  • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।मकवानपु

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २७२ पटक पढिएको
  • उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही

    काठमाडौं— काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२७ सवारीसाधनमाथि कारबाही गरिएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन ३१ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त संख्यामा कारबाही गरिएको हो।कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १६८, मादक पदार्थ सेवन गरी सवारी चलाउने ८३, सीसीटीभीमार्फत ६६, रेड लाइट उल्लङ्घन गर्ने ५५, हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने ७, लेन अनुशासन उल्लङ्घन गर्ने ४ र सवारीको अवस्था ठीक नभएका २० सवारीसाधन रहेका छन्।यस्तै, वन वे नियम उल्लङ्घन गर्ने ४ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ४२० सवारीसाधन कारबाहीमा परेका छन्।ट्राफिक प्रहरीले सडक अनुशासन क

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ३५५ पटक पढिएको
  • विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ आज जनकपुरमा हुँदै

    विराटनगर— शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।कार्यक्रममा शिक्षाविद् डा। विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ४२९ पटक पढिएको
  • महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

    भोजपुर। पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ   । गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन् ।पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन थालेको बताउनुहुन्छ । हाल उहाँले उन्नत जातका १० वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गर्नुभएको छ ।अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनतर्फक

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २०० पटक पढिएको
  • स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

    लहान— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् । उनले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी हुन् ।पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै उनले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताएकी हुन् ।यसै क्रममा मन्त्री मेहेताले सगरमाथा चौध

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ४५२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.