समाचार

    Showing 671-680 of 19,751 items.
  • खोलानदी मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

    काठमाडौं— गैर–न्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले खोलानदी अतिक्रमण गर्न नपाइने  मापदण्डको नाममा सर्वसाधारणलाई विस्थापित गर्न  पाइदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।प्रदर्शनकारीहरूले “खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन” लगायतका नारासमेत लगाएका थिए। हाल लागू गरिएको खोलानदी मापदण्ड गैर–न्यायिक र जनविरोधी रहेको भन्दै नागरिकको आवास र जीविकोपार्जनमा गम्भीर असर पारेको उनीहरूको भनाइ छ।संघर्ष समितिले प्रभावित नागरिकहरूसँग पर्याप्त परामर्श नगरी मापदण्ड ल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 353 पटक पढिएको
  • नेपाल प्रहरीमा १० एसएसपी बढुवाको तयारी, १७ अधिकृतबीच कडा प्रतिस्पर्धा

    काठमाडौं— नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले ३ एसएसपीको दरबन्दी थप गर्न स्वीकृति दिएसँगै बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट उक्त दरबन्दी स्वीकृत हुने तयारी छ। हाल नेपाल प्रहरीमा ७ एसएसपी पद रिक्त छन्। ती रिक्त पदसँगै थपिने ३ दरबन्दी जोडिँदा कुल संख्या १० पुगेको हो। यी पदका लागि हाल १७ जना वरिष्ठ अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवाको दौडमा को–को ? बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी रहेका छन्।शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 377 पटक पढिएको
  • गस्ती सकिएर फर्किएलगत्तै सशस्त्र डीएसपी कोइरालाको निधन

    काठमाडौं—  सशस्त्र प्रहरी बल (एपीएफ) का नायब उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको हृदयाघातका कारण बुधबार साँझ निधन भएको छ । इलामको पशुपतिनगर गुल्मका इन्चार्ज समेत रहेका कोइरालाको उपचारका क्रममा काठमाडौंस्थित एपीएफ अस्पतालमा मृत्यु भएको हो ।घटना विवरण अनुसार, बुधबार सीमावर्ती नाका मानेभञ्ज्याङ क्षेत्रको गस्ती सकेर गुल्ममा फर्किनासाथ डीएसपी कोइराला एक्कासी अचेत भएर ढलेका थिए । कार्यालय परिसरमै ढलेपछि उनलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो ।उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन । अस्पताल स्रोतका अनुसार साँझ ६ बजे चिकित

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 385 पटक पढिएको
  • अंग्रेजी नयाँ वर्षः काठमाडौंका भित्रि बजारमा व्यापार न्यून, चहलपहल उच्च

    काठमाडौं— काठमाडौंका प्रमुख बजार क्षेत्रहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ ।स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भीडभाड बढेपनि अवस्था असाधारण भने छैन् । इन्द्रचोक, असन, न्यूरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ ।नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन् । इन्द्रचोकका व्यवसायी मनोज चौधरीका अनुसार अंग्रेजी नयाँ वर्ष नेपालीहरूको मौलिक पर्व नभएपनि नेपालीहरूले यसलाई रमाइलोका रूपमा मनाउने गरेका छन् ।उनका अनुसार दिन ढल्दै जाँदा अझै भीडभाड बढ्ने सम्भावना छ । ठाउँ–ठाउँमा मानिस

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 383 पटक पढिएको
  • तराईमा हुस्सु, उच्च पहाडमा हल्का वर्षा वा हिमपातको सम्भावना

    काठमाडौं— हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्।आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ।यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 363 पटक पढिएको
  • बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन

    काठमाडौं— थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु¥याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हु

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 368 पटक पढिएको
  • बिहीबार सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 354 पटक पढिएको
  • गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

    सिरहा। दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिनुभएको छ—अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उहाँले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ ।हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–सा

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 177 पटक पढिएको
  • युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) र अस्ट्रेलियाले २०२६ नयाँ वर्षलाई भव्य बत्ती र आतसबाजी प्रदर्शनसहित स्वागत गरेका छन् । जनवरी १ को मध्यरातमा विश्वप्रसिद्ध स्थलहरूमा गरिएको आकर्षक उत्सवले आकाश उज्यालो बनाएको देखिएको थियो ।युएईको दुबईस्थित ८२८ मिटर अग्लो बुर्ज खलिफाले नयाँ वर्षको अवसरमा विशेष आकर्षण प्रस्तुत ग¥यो । मध्यरातको काउन्टडाउनसँगै टावरका एलईडी स्क्रिनहरूमा अरबी, अंग्रेजी र चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ सन्देश झल्काइएको थियो ।करिब आठ मिनेट लामो यस दृश्यात्मक कार्यक्रममा ड्रोन प्रदर्शन र थ्रीडी प्रोजेक्सन म्यापिङमार्फत दुबईको सांस्कृतिक सम्पदा र अत्याधुनिक प्रविधिको झलक प्रस्तुत

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 400 पटक पढिएको
  • सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटना स्थलमा प्रदर्शन

    विराटनगर— सुनसरीको सिमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार, नेपाल–भारत सीमा नजिकैको घटनास्थलमा सिटी सफारीमार्फत सामान ल्याउने क्रममा चालकलाई लक्षित गरी गोली चलाइएको देखिएको छ ।घटनास्थलमा गोलीको खोका फेला परेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ। प्रहरीले घटनास्थ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 340 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा