हेटौँडा। लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य यही थियो । जीर्ण देखिएका मेसिन नियाल्दा उहाँका आँसु झरे । तर अहिले त्यही उद्योगमा फेरि लुम (तान)को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ ।“हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो”, अमात्यले भन्नुभयो, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ ।”सरकारले उद्योग पुनःसञ्चालनको तयारी थालेपछि अमात्य काठमाडौँबाट हेटौँडा आउनुभएको हो । आफ्नै कपडा उद्योग सञ्चालन गर्दै आउनुभएका उहाँ सरकारी उद्योग पुनः सञ्चालनमा योग
झापा। पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२÷८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना
खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिकाका–२ डिकुवाका देशवीर राई र हलेसी तुवाचुङ नगरपालिकाका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपाल
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११
देवेन्द्र किशोर ढुङगाना \ नेपालको अर्थतन्त्रले अहिले एउटा महत्वपूर्ण प्रश्नको सामना गरिरहेको छ—राष्ट्रिय उत्पादन र रोजगारी विस्तारका लागि राज्यले उद्योग सञ्चालनमा कस्तो भूमिका खेल्ने? नवउदारवादी दृष्टिकोणले “सरकारको काम व्यापार गर्नु होइन, निजी क्षेत्रलाई अवसर दिनु हो” भन्ने तर्क गर्छ। बजार र निजी क्षेत्र आर्थिक विकासका अपरिहार्य आधार हुन् भन्ने कुरामा दुईमत छैन। तर नेपालको जस्तो औद्योगिक आधार कमजोर, पूँजीको अभाव र आयातमा उच्च निर्भरता भएको अर्थतन्त्रमा सबै रणनीतिक लगानी बजारले आफैं गर्ने अपेक्षा व्यवहारतः यथार्थपरक देखिँदैन। त्यसैले नेपाललाई राज्यको सक्रिय भूमिका र प्रतिस्पर्धी निजी क्षे
देवेन्द्र के ढुङगाना \ नेपाली कांग्रेसभित्र चुलिएको पछिल्लो नेतृत्व तथा वैधानिकताको विवाद एउटा दलको आन्तरिक झगडामा मात्र सीमित विषय होइन। यो विवादले नेपालको लोकतान्त्रिक अभ्यास, राजनीतिक दलहरूको संस्थागत चरित्र, निर्वाचन प्रणालीप्रतिको विश्वास र राज्य सञ्चालनमा प्रमुख दलहरूको भूमिकामाथि नै गम्भीर प्रश्न उठाएको छ। विशेषतः शेरबहादुर देउवा पक्षले मध्यअसोजका लागि तय गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेपछि पार्टीभित्रको विवाद थप संवैधानिक तथा कानुनी मोडमा पुगेको देखिन्छ।देउवा र भूतपूर्व कार्यवाहक सभापति पूर्णबहादुर
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सडकमार्ग हुँदै मुस्ताङतर्फ लागे। प्रधानमन्त्री राजधानीबाट बाहिरिएलगत्तै मन्त्रीहरूको पनि जिल्ला दौडाहा सुरु भयो। कोही सुदूरपश्चिम पुगे, कोही कोशी प्रदेशतिर लागे भने कोही अर्को दिनदेखि पश्चिमका जिल्लामा जाने तयारीमा छन्।शिक्षामन्त्री सस्मित पोखरेल शुक्रबार बिहानै धनगढी पुगे। संघीय शिक्षा ऐनको मस्यौदा तयार पार्न देशव्यापी सुझाव संकलन गर्ने क्रममा ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन उनी धनगढी गएका हुन्। प्रधानमन्त्री मुस्ताङतिर लागेकै दिन मन्त्री पनि जिल्ला पुगेपछि सरकारको जिल्ला दौडाहा एकैपटक बाक्लिएको देखिन्छ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्र
बैतडी। बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् ।“गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पु¥यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भन्नुभयो ।मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । “शौंचालय र भान्सा घरमा क्षतिमा पु¥याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भन्नुभयो, “डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।”गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टो
पाँचथर। जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा अघिल्ला आव २०८१/०८२ बाट २४६ मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचिमा परेका थिए । जसमध्ये १६७ मुद्दा मेलमिलापबाट टुङ्गिएका छन् । मेलमिलाप भएका अधिकांश मुद्दा
काठमाडौँ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।मकवानपुरको कान्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.