काठमाडौं— अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।शुभकामना सन्देशमार्फत उनले नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्पसहित देशलाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन् ।उनले विभिन्न कालखण्डका संघर्षमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्न अपील गरेका छन्।संयोजक प्रचण्डले सन् २०२५ मा देखिएको जेनजी युवापुस्ताको आन्दोलनल
रौतहट— नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो ।आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिलिटर ६ रुपैयाँले कटौती गरेको छ। बिहिवार बिहान देखि घटेको नयाँ मूल्य लागु हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो।मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल÷मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको फ
काठमाडौं— आजदेखि इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। सन् २०२५ को बिदाइसँगै विश्वभर नयाँ वर्षको स्वागत गर्दै शुभकामना आदान–प्रदान भइरहेको छ।नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मुलुकमा उत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोह आयोजना गरिएको छ।नेपालमा पनि राजधानी काठमाडौंसहित पोखरा, सौराहा, ठमेल, बौद्धलगायत स्थानमा नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। सर्वसाधारण, युवा तथा पर्यटकहरू उत्साहका साथ नयाँ वर्ष मनाइरहेका छन्।नयाँ वर्षको अवसरमा सामाजिक सद्भाव, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ। विभिन्न संघसंस्था, राजनीतिक दल तथा व्यक्तित्वहरूले शुभक
काठमाण्डौ । सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ । बुधबार राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरी बाताएको छ। सुनसरीका डीएसपी चन्द्र खड्काको अनुसार घटनास्थलमा गोलीका खोका फेला परेको छ । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको र साहको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ । साहको मृत्यु भएपछि आक्रोशित भिडले शव उठाउन दिएको छैन । साहले सिटी रिक्सामा चिनी,
काठमाण्डौ । हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने नारासहित विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरूवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक हो। ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन था
काठमाण्डौ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउछन् । ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भ
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। प
फिक्कल । सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं.२० गण हे.क्वा. काठमाण्डौ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा. पशुपतिनगरका गुल्मपतिको रुपमा कार्यरत कोईराला बुधबार बिहान करिब ११:०० बजे अचानक चक्कर लागेर आफ्नै निवासको बेडरुममा बेहोस भएका थिए ।कोइराला बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरी फर्केका उनी कार्यालय आएपछि अकास्मात् ढलेका थिए । उपचारका लागि उनलाई स्थानीय पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल लगिएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.