जनकपुरधाम । मिटरब्याज तथा अनुचित लेनदेनसम्बन्धी विवादमा धनुषा प्रहरीले पक्राउ गरेका एकै परिवारका तीन जना अब कारागारमै बसेर मुद्दाको सामना गर्ने भएका छन्। धनुषा जिल्ला अदालतले रेखा साह, उनका छोरा हरेराम साह र गोपाल साहलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाउने आदेश दिएको हो।जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, ३२ वर्षीय हरेराम साह र ५३ वर्षीय गोपाल साहलाई प्रहरीले गत १ साउनमा पक्राउ गरेको थियो। उनीहरूमाथि अनुचित लेनदेन तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको थियो।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि इजलास नम्बर ११ की न्यायाधीश हिरामाया अवालले तीन
काठमाडौं । रोल्पामा बाढी र पहिरोले जनधनमा क्षति पुर्याएपछि नेकपाका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटेर तत्काल उद्धार र राहतमा जोड दिएका छन्।शुक्रबार बिहान सिंहदरबार पुगेका पुनले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै रोल्पाको सुनछहरी गाउँपालिका–२ फलवाङलगायतका क्षेत्रमा पहिरोबाट उत्पन्न अवस्थाबारे जानकारी गराएका हुन्।पुनको सचिवालयका अनुसार भेटमा विशेषगरी पहिरोमा परेर बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।सुनछहरी–२ फलवाङमा पहिरोले वीरबहादुर घर्ती मगरको घर पुरिँदा उनीसहित तीन जना बेपत्ता छन
काठमाडौं । पश्चिम नेपालमा लगातारको वर्षा अहिले प्राकृतिक विपद्को गम्भीर रूप लिएर देखिएको छ। गण्डकीदेखि सुदूरपश्चिमसम्म बाढी र पहिरोले सडक, पुल, घर तथा संरचनामा क्षति पुर्याउनुका साथै मानवीय क्षतिसमेत भएको छ।पछिल्लो २४ घण्टामा पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएको छ। लमजुङको गिलुङमा १७९।२ मिलिमिटर, स्याङ्जाको पञ्चमुलमा १५३ र कास्कीका विभिन्न स्थानमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।लगातारको वर्षापछि बागलुङमा सडक अवरुद्ध, कास्कीमा पुल र होटल बगे, जाजरकोटमा झोलुंगे पुलसहित घरमा क्षति पुगेको छ। सडक अवरुद्ध भएपछि कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परेका छन्।कास्
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकाली हिरासतबाट प्रहरी वृत्त महाराजगञ्जमा सारिएको छ। वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा परेको उजुरीपछि पक्राउ परेका श्रेष्ठलाई प्रहरीले हिरासत स्थान परिवर्तन गरेको हो। प्रहरीले उनलाई अहिले महाराजगञ्ज वृत्तमै राखिएको पुष्टि गरेको छ।श्रेष्ठलाई २७ साउन राति कुसुन्तीस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। समाचारमा प्रकाशित विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनीयता भंग भएको दाबी गर्दै उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।पक्राउपछि उनलाई अदालतमा उपस्थित गराउँदा तीन दिन हिरासतमा
एजेन्सी । दैनिक फलफूलको रस वा स्मुदी एक गिलास पिउनाले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ । चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ ।सामान्य आहारमा गरिएको यस्तो सरल परिवर्तनले मानसिक स्वास्थ्यलाई पनि सहयोग गर्न सक्ने संकेत गरेको हो । बेलायतको न्यूकास्टल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको उक्त अध्ययनले दैनिक एक गिलास सय प्रतिशत फलफूलको रस वा स्मुदी सेवनले मानसिक स्वास्थ्यलाई सहयोग गर्न सक्नेछ ।सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरे
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ । प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई नियुक्त गरेको भन्दै चर्को विरोध भइरहेको हो । कतिपय साहित्यकारहरुले उनलाई ‘नैतिक पतन कुलपति’ कुलपतिको संज्ञा दिएका छन् । पूराना राजनीतिक दलहरूले आफ्ना आफन्त र आफू निकटहरूलाई राजनीतिक नियुक्ति गरेको भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिष्ठानका सबै नियुक्ति खारेज गरेको थियो। यससँगै योग्य र क्षमता भएका व्यक्ति प्रज्ञाको नेतृत्वमा पुग्ने सबैको अपेक्षा थियो।सरकारले ‘मेरिटोक्रेसी’ योग्यता र क्षमताका आधारमा राजनीतिक भागबण्डा अन्त्य गर्दै खुला प्रतिस्पर्
काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कारागार तथा हिरासत व्यवस्थापन र फरार कैदीबन्दीको खोजीका विषयमा जानकारी गराएका छन् ।आईजीपी कार्कीले सप्तरी, सिरहा र बाँकेका कारागारमा भएका घटनाका
बाजुरा / बाजुरामा पहिरोमा परि बेपत्ता भएकी प्रतीक्षा थापा मृत भेटिएकी छन् । पहिरोमा परेर बेपत्ता भएकी २० वर्षीय प्रतीक्षा थापाको खोजतलास गर्ने क्रममा मृत भेटिएकी हुन् ।पहिराले पुरिएको अवस्थामा उनको शव भेटिएपछि गाउँ शोकाकुल बनेको छ।अविरल वर्षाले गर्दा बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते भएका थिए । घाइते भएकाहरूलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइएको छ । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी
बाजुरा / बाजुरामा अविरल वर्षाले गर्दा घर माथिबाट पहिरो गएको छ । पहिरो जाँदा त्रिवेणी नगरपालिका ९ बस्ने कर्ण बहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा बेपत्ता भएकी छन् ।सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षका धर्म थापा र धौली देवी रावल घाइते छन् । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोले घर पुरिँदा सोही घरका दुई जना घाइते भएका छन् । भने एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।घाइते भएका
काठमाडौं / नेपाल प्रज्ञा प्रतिष्ठानसहित तीनवटै प्रज्ञा प्रतिष्ठानमा भएका पछिल्ला नियुक्तिलाई लिएर सरकारमाथि प्रश्न उठ्न थालेको छ। नियुक्तिमा योग्यता, पारदर्शिता, प्रतिनिधित्व र छनोट प्रक्रियालाई लिएर साहित्यकार तथा बौद्धिक क्षेत्रबाट असन्तुष्टि व्यक्त गरिएको हो। सरकारले पुरानो राजनीतिक भागबण्डा अन्त्य गर्दै योग्यता र क्षमताका आधारमा प्राज्ञिक नेतृत्व चयन गर्ने दाबी गरेको थियो। त्यसका लागि खुला प्रतिस्पर्धाबाट कुलपति छनोट गर्ने प्रक्रिया अघि बढाइएको थियो। तर नियुक्तिपछि भने सरकारले आफैंले घोषणा गरेको मेरिटोक्रेसीको मापदण्ड पूरा गर्यो कि गरेन भन्ने बहस सुरु भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.