समाचार

    Showing 701-710 of 19,751 items.
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ ।  नेपाल निगमले मूल्य स्थीरिकरण कोषको सदुपयोग गर्दै उपभोक्ता वर्गलाइ मूल्य वृद्धिको चाप कम पर्ने गरी मूल्य समायोजन गरेको छ। सोहिअनुसार २०८२ पौष १६ गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोनलयम पदार्थको मूल्यअनुसार निगमका अनुसार प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ  । एल. पि. ग्यासमा प्रति सिलिण्डर रू.१००।३५ ले बढेर आएको भएता पनि निगमले उपभोक्ताको हितलाइ ध्यानमा राखी बिक्री मूल्य यथावत राखेको

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 281 पटक पढिएको
  • जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् ।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समान

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 214 पटक पढिएको
  • पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

    काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ ।पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 198 पटक पढिएको
  • सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समुह पक्राउ

    जनकपुर । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समुहलाई पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समुहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ ।पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमइ) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम ९ घर भइ हाल धारापानी चोकमा मोबाईल पसल सञ्चालन गरेर बसेका ३७ वर्षिय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका २ का २५ वर्षिय साधु राम, सोही स्थानमा घर भई हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२ वर्षिय बलराम मण्डल, धनौजी गाउँपालिका २ का २० वर्षिय रुपेश

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 217 पटक पढिएको
  • भारतको विहारबाट ७ जना नेपालीको उद्यार

    जनकपुर— भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ ।५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ ।उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो।अजिज मिया, सप्तरीकै सम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर २ का १४ वर्षीय निमेष माझि, धनुषाको केल्पुर १ का १४ वर्षिय विष्णु सदा, सोही स्थानका १० वर्षिय सुरज सदा, सप्तरीको मनराजा ५ का ११ वर्षिय बचन कुमार सदा र बाराको कलैया १४ की ३३ वर्षिया संगीता कु

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 294 पटक पढिएको
  • युवराज सफल द्वारा ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध पदर्शन

    काठमाडौं— सामाजिक अभियन्ता युवराज सफलले आज ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध पदर्शन गरेका छन् ।बुधबार ललित कला प्रज्ञा प्रतिष्ठान केन्द्र अगाडी प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध अभियन्ता युवराज सफलले भण्डाफोर कार्यक्रम गरेका हुन् । उनले प्रतिष्ठानले ४१ वटा मूर्तिहरु बनाउन लुम्बिनी प्रदेशसँग सम्झौता गरेको जानकारी दिँदै ललितकला प्रतिष्ठान आफूपनि ठेकेदार भएको बताए ।‘ललित कला प्रज्ञा प्रतिष्ठानले ४१ वटा मूर्तिहरु बनाउन पर्ने त्यसका लागि कुल १ करोड ३६ लाख बराबरको लागत अनुमान गरिएको छ । यो कार्य लुम्बिनी प्रदेश सरकार र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानबीचको सम्झौता र सहकार्यबाट अघ

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 142 पटक पढिएको
  • क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा

    काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ ।पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो ।पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी आन्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए ।‘२०१५ सालदेखि अहिलेसम्म चुनाव भए अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखि

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 300 पटक पढिएको
  • मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार,६ जना मन्त्रीले लिए सपथ

    जनकपुर— मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्ण यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दै ६ जना मन्त्री थपेका छन् ।श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मनिष सुमनलाई दिइएको छ ।राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेललाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपणियताको सपथ लिएका छन् ।

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 123 पटक पढिएको
  • पर्यटन बोर्डको २७औँ वर्षमा नयाँ पहलः ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ घोषणा

    काठमाडौं— नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ। आसियान मुलुकलाई लक्षित गरी नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो पहल अघि सारिएको हो।बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले सन् २०२६ लाई केन्द्रमा राखेर विशेष रणनीति सार्वजनिक गर्दै हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेको जानकारी दिए। उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको पहिचान सुदृ

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 343 पटक पढिएको
  • विशेष अदालतमा पूर्वमन्त्री राजकुमार गुप्ताको बयान सुरु

    काठमाडौं— पोखराको लिचीघारी जग्गासँग सम्बन्धित घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा गुप्तासँग बयान भइरहेको हो। बयान सकिएलगत्तै आजै थुनछेक बहस हुने बताइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गराइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ। साथै, पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग मिलेमतो गरी थप २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि आयोग

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 387 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा