समाचार

    Showing ७०१-७१० of २६,७९८ items.
  • पोखरामा लागूऔषध कारोबारको जालो फेला, ठूलो परिमाणमा चक्की र गाँजा बरामद

     पोखरा / प्रहरीले पोखराका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटाका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी ६१ एम्पुल लागूऔषध बरामद भएको छ। साथै उनको साथबाट मोबाइल एक थान र नगद २१ हजार रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी पोखरा–९ नागढुंगा क्षेत्रमा लागूऔषध बिक्री भइरहेको सूचनाका

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १७२ पटक पढिएको
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटको आज सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतमा न्यायाधीश बालकृष्ण ढकालको इजलासमा उक्त रिटको पेशी चढेको हो । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरेकी छन् ।दीपिका सिंहको जाहेरीले व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हिजो अदालते ३ दिनको म्याद थप गरेको थियो ।

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ३०४ पटक पढिएको
  • सात दशकमा नेपाल–चीन साझेदारी विस्तार

    काठमाडौँ। परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभएको छ । उहाँले नेपाल र चीनबिचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो ।नेपाल र चीनबिचको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव समारोह तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रसचिव राईले यो वार्षिकोत्सव ‘हाम्रो कूटनीतिक पात्रोको एउट

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २५७ पटक पढिएको
  • आजदेखि कांग्रेस इतर पक्षको भेला, देउवाले उद्घाटन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू हुँदैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ ।भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनले नै भेला उद्घाटन गर्ने छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ ।आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र छ । उपस्थिति ५ हजार नाघ्ने उनको दाबी छ ।भेलामा राजनीतिक प्रतिवेदन पनि पे

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २५२ पटक पढिएको
  • बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो

    बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ ।बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन् । पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा र शरीरमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उहाँले बताउनुभयो ।अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोले पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता छिन् । उ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २८२ पटक पढिएको
  • पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

    काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् ।नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै राति १८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति सवारीसाधनको आवतजावत रोकिएको छ । उक्त सडकमा ब

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २८५ पटक पढिएको
  • खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

    काठमाडौँ। खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ ।विभागले आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५९ करोड राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०८२/८३ मा रु ८९ करोड ४८ लाख मात्र सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व सङ्कलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ ।विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायतबाट विभागले राजस्व सङ्कलन गर्दै आएको छ ।उहाँका अनुसार देशमा औद्योग

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २२२ पटक पढिएको
  • चट्याङ लागेर एक जनाको मृत्यु

    रोल्पा। रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।    

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २२३ पटक पढिएको
  • धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    सुनसरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ ।आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख, प्रदेश सरका

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २४० पटक पढिएको
  • खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    खोटाङ। जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट भएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो ।प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्रर्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कस

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २२३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.